fbpx

मिस तामाङ पोखराको ट्यालेण्ट राउण्ड सकियो, माघ १२ मा ग्राण्ड फिनाले

author

समाचारपाटी

३ हप्ता अगाडि

पोखरा । मिस तामाङ पोखराको ट्यालेण्ट राउण्ड सम्पन्न भएको छ । बैदाम तामाङ सेवा समाजको आयोजनामा नवौं संस्करणको मिस तामाङ पोखरामा सहभागि प्रतियोगीहरुले बिभिन्न बिधामा आफ्नो प्रतिभा प्रस्फुटन गरेका थिए ।

प्रतिभा प्रस्फुटन कार्यक्रममा आकृति तामाङले वुवाको बारेमा कविता , मञ्जिता पाख्रिनले आमाको बारेमा कविता प्रस्तुत गरेका थिए । प्रिन्सेस घिसिङ तामाङले कौरा नृत्य, पुर्णिमा थिंङ्ग तामाङले लिम्वु जातीले प्रयोग गर्ने सिलामसात्मा बुनेर देखाएका थिए ।

यसैगरि अर्का प्रतियोगी सुनिता तामाङले आफुले उनीको धागोबाट तयार पारेका बिभिन्न हस्तकलाका सामाग्री प्रर्दशनी गर्नुका साथै प्रत्यक्ष बुनेर देखाएका थिए । शिशा लामाले आफै गिटा बजाउँदै गित गायकी थिइन् भने सुप्रिया गोले तामाङले नृत्य प्रस्तुत गरेका थिए । यसैगरि अर्का प्रतियोगी पुर्णिमा लामाले कविता वाचन, सुमिना तामाङ नृत्य, जमुना लामाले सेल्फ मेकअप र सोनिका तामाङले नृत्य प्रस्तुत गरेका थिए ।

यस अघि कार्यक्रमको उदघाटन गर्दै नेपाल तामाङ घेदुङ गण्डकीका उपाध्यक्ष रामबहादुर ब्लोन शिबुले तामाङ समुदायका चेलीहरुलाई भाषा, धर्म, संस्कार र संस्कृतिका बारे जानकारी गराउँदै ब्यक्तित्व विकासका लागि यो कार्यक्रमलले महत्वपुर्ण भुमिका निर्वाह गर्ने बताए । नेपाल पत्रकार महासंघ कास्कीका उपाध्यक्ष कन्चन थापाले महिला सशक्तीकरण तथा युवा पुस्तामा संस्कार संस्कृति हस्तान्तरणका लागि मिस तामाङ पोखरा लोकप्रिय रहेको बताए । गीतकार तीर्थ तामाङले कुनै पनि समुदायको पहिचान उसको भाषा र संस्कृति हुने भएकाले यसको जगेर्नामा युवा पुस्ताको चासो रहन पर्नेमा जोड दिए ।

बैदाम तामाङ सेवा समाजका अध्यक्ष ज्याक तामाङको अध्यक्षतामा भएको कार्यक्रममा प्रतियोगिताका तालिम तथा मिडिया संयोजक सन्जय मल्ल, राम लामा, मिस तामाङ पोखरा २०२४ का विजेता रोशिला ब्लोन तामाङ, कार्यक्रम संयोजक रोश्मा तामाङ, कोरियोग्राफर जिता तामाङले बोेलेका थिए । प्रतिभा प्रस्फुटन कार्यक्रममा निर्णायकहरुमा गीतकार तीर्थ तामाङ, नेपाल पत्रकार महासंघ कास्की उपाध्यक्ष कन्चन थापा, एसके डान्स स्कुलका सन्चालक एवम सुपरमम् २०७१ एपविजेता माया लामा रहेका थिए ।

सोनाम ल्होसारको अवसरमा माघ १२ गते पोखरा सभागृहमा हुन लागेको प्रतियोगिहरुलाई बिभिन्न बिषयमा तालिम प्रदान गरिएको छ । तालिममा पोखरेली युवा साँस्कृतिक परिवारका निवर्तमान अध्यक्ष उपेन्द्र पौडेल, रेडियो अन्नपुर्णका स्टेशन म्यानेजर सन्जय मल्ल, नेपाल जेसिसका पुर्व अध्यक्ष राजु केसी, भाषाविद अमृत योञ्जन, पुर्व मिस तामाङ पोखरा कविता योञ्जन, नेपाल तामाङ घेदुङका केन्द्रिय उपाध्यक्ष दीपक वाइवा तामाङ, मिङमार तामाङ, पुर्व मिस नेपाल अनुष्का श्रेष्ठ, गण्डकी प्रदेशका प्रेस रजिष्टार विमला भण्डारी, बैदेशिक अध्ययनका चुनौतीका बारेमा नैना थिङ्ग लामा ताम्राकारले सहजीकरण गरेका थिए ।

यसैगरि अधिवक्ता जुना गुरुङ, गुरु लामा पाल्देन, फिटनेसका बारेमा आभ्या क्लब, तामाङ समुदायको रितिरिवाजका बारे नेपाल तामाङ घेदुङका पुर्व केन्द्रिय अध्यक्ष धनप्रसाद तामाङ, एभिन्युज टेलिभिजनका अध्यक्ष भाष्करराज कर्णिकार, नेपाल चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी, नेपाल पत्रकार महासंघ कास्कीका उपाध्यक्ष कन्चन थापा, एस के डान्स स्कुलका संचालक राम लामाले नृत्य कला सिकाएका थिए । यसगरि विद्याज डाइटका संचालक डाइटिसियन श्रीविद्या कायस्थले सन्तुलित आहार, गुरुङ व्युटी एकेडेमीका सौन्दर्यविद चिनु गुरुङले सौन्दर्यकला, खोजमिडियाका संचालक एवम फोटो पत्रकार गणेश ब्लोन लामाले फोटोग्राफी र नेपाल पत्रकार महासंघ कास्कीका पुर्व अध्यक्ष तथा एभरेष्ट रेडियोका प्रबन्ध निर्देशक दीपेन्द्र श्रेष्ठले लिडरसिपका बारेमा प्रशिक्षण प्रदान गरेका थिए ।

माघ १२ शनिबार हुने ग्राण्ड फिनालेमा विशाल काल्तान लगायतका कलाकारको प्रस्तुती रहनेछ । बैदाम तामाङ सेवा समाज कास्कीले हरेक वर्ष ल्होसारको अवसरमा मिस तामाङ पोखरा तथा ल्होसार म्युजिकल फेष्टिभल गर्दै आएको छ ।


काठमाडौं

मङ्लबार, माघ २९, २०८१

१७.१५°

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

निर्वाचन अगाडि गठबन्धन गरौँ भन्ने व्यक्ति अब काँग्रेस रहँदैनः...

देउवाजीले पार्टी चलाउन सक्नुभएन, देश ओलीजीले हाँकिरहनुभएको छः सुजता...

सामाजिक सञ्जाल विधेयक राष्ट्रिय सभाबाट पारित

निर्वाचन अगाडि गठबन्धन गरौं भन्ने व्यक्ति कांग्रेसमा रहँदैन :...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

भ्यालेन्टाइन सप्ताह आजबाट सुरु, पहिलो दिन रोज डे

जनकपुर अन्तर्राष्ट्रिय चलचित्र महोत्सव फागुन १६ देखि

चलचित्र ‘हरिबहादुरको जुत्ता’को शुभ मुहूर्त

एलिना चौहानद्धारा सम्बन्धविच्छेदको मुद्दा दायर