‘मिस इन्टरकन्टिनेन्टल’नेपालको प्रतिनिधित्व गर्न इजिप्ट उडिन् आयुष्नोभा

author

समाचारपाटी

८ महिना अगाडि

काठमाडौँ । 'मिस इन्टरकन्टिनेन्टल नेपाल’ विजेता डाक्टर आयुष्नोभा ढुंगाना इजिप्ट उडेकी छन् । इजिप्टको शर्म अल शेख स्थित सनराइज रिमल होटलमा २१ नोभेम्बर (आज)देखि आयोजना हुने अन्तराष्ट्रिय प्रतियोगीता 'मिस इन्टरकन्टिनेन्टल’मा नेपालको प्रतिनिधित्व गर्न उनी बिहिबार मध्यान्न इजिप्ट उडेकी हुन् ।

उनी टर्कीको स्तानबुल हुँदै इजिप्ट पुग्नेछिन् । इजिप्ट उड्नु अगाडि त्रिभुवन अन्तराष्ट्रिय विमानस्तलमा संचारकर्मीसँग कुरा गर्दै उनले देशको प्रतिनिधित्व गर्दै अन्तराष्ट्रिय प्रतियोगीतामा भाग लिन पाउनु गौरवको बिषय भएको बताइन् । प्रतियोगीताको शिर्ष उपाधि नेपाल भित्र्याउने आफ्नो पहिलो लक्ष्य हुने उनले सुनाइन् ।

५५ देशले प्रतिनिधित्व गर्ने प्रतियोगीतामा उनी नेपालको एक्लो सहभागी हुन् । राष्ट्रिय फूल लालिगुरासको गाउनमा शान्तीको प्रतिक परेवाको फ्युजन राखेर उनले प्रतियोगीताका लागि पहिरन समेत तयार गरेकी छन् । प्रतियोगीताका लागि उनले एक भिडियो पनि बनाएकी छन् । जसमा नेपालको ऐतिहासिक धरोहर मठ मन्दिर, प्रकृतिक सम्पदा नदी, नेपाली परिवेश, कृषी र
नेपाली पहिरन लगायतका कलासंस्कृति समेत झल्काएकी छन् ।

कलाकारिता र डाक्टर पेशा एकसाथ अगाडि बढाइरहेकी ढुंगाना बंगलादेशबाट एमबीबीएस गरेकी छन् । संयुक्त राज्य अमेरिकाको हार्वर्ड मेडिकल स्कुलबाट जनेशरल साइकीयाट्रिक म्यानेजमेन्ट, साइको एजुकेशन, बाइप्लोर डिसअडर, डिप्रेसन पोष्ट ग्रेजुएशन क्रेडिट पाठ्यक्रममा उनले १०० प्रतिशत क्रेडिट पाएकी थिइन् । अहिले हार्वर्ड स्कुलकै अटिजम पोस्ट ग्रेजुएशन क्रेडिट कोर्स गर्दैछन् ।


काठमाडौं

बुधबार, असार २५, २०८२

२१.८४°

विचार/विविधा

थप देखाउनुहोस्
विचार

नास्तिकता: विवेक, विज्ञान र मानवतामा उन्मुख चेतनाको यात्रा

“नास्तिक हुनु भनेको केवल ईश्वरको अस्तित्व अस्वीकार गर्नु होइन, त्यो हो भ्रमको अवसान र विवेकको उदय हो। यो एउटा सरल...

विचार

जन्मैदेखि विभेदमा महिला 

नेपालमा मात्रै नभएर विश्वभरी नै हेर्ने हो भने महिलाहरू पुरुषको तुलनामा पिछडिएको नै देखिन्छ। महिलालाई विभेद भ्रुण अवस्थादेखि नै भएको...

विचार

कविता :सब ठीक छ

सब ठीक छ, अझै पनि घाम पूर्वैबाट उदाउँछ, अझै पनि चन्द्रमा रातभरि मुस्काइरहन्छ, अझै पनि बाटो उस्तै उकालो छ, र...

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

यो सरकारको पतन अनिवार्य छः अध्यक्ष नेपाल

धर्तीको एक जनाले पनि माधव नेपालले भ्रष्टाचार गरेको प्रमाण...

एमाले सकंटै संकटमा छ, भविष्य के हुने हो भन्न...

रास्वपाले रुपन्देही–३ उपनिर्वाचनका लागि उम्मेदवार छनोट प्रक्रिया आईतवार टुंग्याउने,...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

ज्योतीराजको ‘नाकछोङ’ फष्टलुक्स सार्वजनिक, फष्टलुक्समा यस्तो देखियो ‘नाकछोङ’

फिल्म ‘रङ डेस्टिनेशन २’को गीत ‘ब्रेक डान्स’ सार्वजनिक

हिन्दी गीतको भिडियोमा टिकटक स्टार एआरके र सदीक्षा थापा...

पोखरामा देवेन्द्र केसी ‘देवु’ गजल साँझ

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन