fbpx

इजिप्टमा हुने ‘मिस इको’मा नेपालको प्रतिनिधित्व रक्षाले गर्ने

author

समाचारपाटी

२ years अगाडि

काठमाडौँ । ‘मिस इको इन्टरनेशनल२०२३’ मा नेपालको प्रतिनिधित्व रक्षा उप्रेतीले गर्ने हुनुभएकाे छ । इजिप्टमा आयोजना हुने
अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता उप्रेतीलाई ग्रीन आर्ट मिडियाले ‘मिस इको इन्टरनेशनल नेपाल २०२३’ को ताजसहित पठाउन लागेको हो ।

बुधबार बत्तिस पुतली स्थित स्ट्याण्ड लन्च एण्ड बार बत्तीसपुतलीमा आयोजित एक कार्यक्रमका बीच ग्रीन आर्ट मिडियाले उप्रेतीलाई प्रतियोगीको रुपमा सार्वजनिक गरेको हो । उप्रेतीलाई पहिलो ‘मिस इको इन्टरनेशनल नेपाल २०१७’ की विजेता
रोनाली अमात्यले ताज लगाईदिनुभएकाे थियाे । द हिडन ट्रेजरका निर्देशक सुवर्ण क्षेत्री, अन्तराष्ट्रिय कोरियोग्राफर रोजिन शाक्य, लोकेश नेपालमा फाउन्डर गौतम धिमाल, मिडिया पर्सन कुबेर गिरी,ग्रीन आर्ट मिडियाका सिइयो प्रविन लाकौल
लगायतको कार्यक्रममा उपस्थिती रहेको थियो ।

गत बर्ष ‘मिस इको इन्टरनेशनल’ शोफिया भुजेलले नेपालको प्रतिनिधित्व गर्नुभएकाे थियाे । प्रतियोगीतामा टप २० मा पुग्न सफल उहाँ अहिले अमेरिकाको ‘मिस युनिभर्स’मा नेपालको प्रतिनिधित्व गदैहुनुहुन्छ । आगामी फेब्रुअरीमा आयोजना हुने प्रतियोगीतामा ६० बढी देशका इको सुन्दरीहरुको सहभागिता रहनेछ । प्रतियोगिताका लागि उप्रेती नेपालको तर्फबाट एक्लो प्रतिनिधि हुनुहुन्छ ।

उप्रेतीलाई प्रतियोगिताका लागि ग्रीन आर्ट मिडियाकी प्रवन्ध निर्देशक तथा अन्तर्राष्ट्रिय कोरियोग्राफर अनिला श्रेष्ठ र नेपालका प्रतिष्ठित व्यक्तिहरुबाट ग्रुमिङ गरिनेछ । उप्रेतीले मिस इको आफ्ना लागि एउटा राम्रो अवसर भएको बताउनुभयाे । उहाँले अवसर प्रदान गर्ने ग्रीन आर्ट मिडिया प्रति आभार ब्यक्त गर्नुभयाे ।

ग्रीन आर्टस मिडियाकी अनिला श्रेष्ठ २०१५ देखि मिस इको इन्टरनेशनलको आधिकारिक नेपाल राष्ट्रिय निर्देशकको रुपमा चुनिनुभएकाे हाे । मिडियाको सिइयोमा प्रविन लाकौल रहनुभएकाे छ । मिस इको इन्टरनेशनलमा २०१५देखि नेपालले प्रतिनिधित्व गर्दै आएको छ ।


काठमाडौं

आइतवार, माघ ६, २०८१

१४.५९°

विज्ञापन

तेह्रौ पोखरा महोत्सव – २०८१

https://www.facebook.com/

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

राजनीतिक समाचार

थप देखाउनुहोस्

डा. निकोलस भुसाल ५० हजार धरौटीमा छुटे

सरकारले संसद् छली अध्यादेश ल्याएकोमा दलहरूको आपत्ति

निर्माण व्यवसायीका समस्या सम्बोधन गर्न सरकारलाई १५ दिने अल्टिमेटमु

एमालेको कारबाहीपछि भीम रावल धनगढीमा ओलीविरुद्ध नाराबाजी

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

ज्योतिराज राईको ‘नाक्छोङ’ ले मोरङबाट थाल्यो छायांकन

गायिका मेलिना राई विवाह बन्धनमा बाँधिने, मेलिना राईले गरिन इंगेजमेन्ट

नाटक ‘महासत्व’ टेकुस्थित कौशी थिएटरमा

नेपाली चलचित्र पीताम्बरको टिजर सार्वजनिक