fbpx

पत्रकार घिमिरेलाई दुर्व्यवहार गर्नेहरुले मागे माफी, आगामी दिनमा यस्ता कार्य नदोहोर्याउने प्रतिवद्धता

author

समाचारपाटी

२ years अगाडि

पोखरा । गत माघ १० गते स्याङ्जाको आँधिखोला गाउँपालिका वडा नं. ४ बाङ्सिङ्ग दहमा रिपोर्टिङका लागि पुगेका फेवा टेलिभिजनका समाचार प्रमुख तथा समाचारपाटी डटकमका पत्रकार प्रल्हाद चन्द्र घिमिरेमाथि दुर्व्यवहार गर्नेहरुले माफि मागेका छन् ।

आँधिखोला गाउँपालिकाका उपाध्यक्ष सिता थापा, वडा अध्यक्ष सिंह बहादुर क्षेत्री, नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष बिमला भण्डारी, उपाध्यक्ष रामप्रसाद तिमिल्सिना, नेपाल पत्रकार महासंघ स्याङ्जाका पुर्व अध्यक्ष ओम शर्मा, महासंघ स्याङ्जाका उपाध्यक्ष भवानी अधिकारी, नेपाल प्रेस युनियन गण्डकी प्रदेशका अध्यक्ष टंक अधिकारी, महासचिव प्रकाश ढकाल, फेवा टेलिभिजनका प्रवन्ध निर्देशक लिला बहादुर जिसीको उपस्थितिमा जिल्ला प्रहरी कार्यालय स्याङ्जामा भएको छलफलमा पत्रकार घिमिरेमाथि दुर्व्यवहार गर्ने स्थानिय टोल विकास समितिका अध्यक्ष ठाकुर प्रसाद पौडेल, रेशम पौडेल, पिताम्बर पौडेल, बाबुराम पौडेलले आफुहरुले पत्रकार भन्ने थाहा हुँदा हुँदै आवेशमा आएर गल्ति गरेको स्विकार गर्दै आगामी दिनमा यस्ता कार्य नगर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

उनिहरुले आगामी दिनमा सामाजिक काम र सार्वजनिक विषयमा पत्रकारहरुको सहयोग लिएर काम गर्ने समेत बताएका छन् । सो अवसरमा नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष बिमला भण्डारीले पत्रकारहरुलाई सार्वजनिक विषयमा निर्वाध रुपमा समाचार संकलन र संप्रेषण गर्ने अधिकार रहेको भन्दै कार्यस्थलमा पत्रकारहरुलाई हुने यस्ता दुर्व्यवहारका घटनामा महासंघको ध्यानाकर्षण भएको भन्दै आगामी दिनमा यस्ता कार्यहरु नदोहोर्याउन सुझाव दिनुभयो ।

गाउँपालिका उपाध्यक्ष सिता थापाले पत्रकार भनेर थाहा पाउदा आफु सहित गाउँपालिकाका प्रतिनिधिले रोक्न खोज्दा पनि पत्रकारमाथि जुन व्यवहार भयो त्यसले गाउँपालिकालाई नै लज्जित बनाएको बताउनु भयो । उहाँले आगामी दिनमा यस्तो कार्य हुन नदिन गाउँपालिका सचेत रहेको बताउनुभयो । उहाँले पत्रकारहरुले रिपोर्टिङमा जाँदा आफ्नो परिचय खुलाएर जानकारी दिएर जान पनि सुझाव दिनुभयो । सो अवसरमा पत्रकार घिमिरेले पत्रकारलाई सुचना आएपछि समाचार संकलनका लागि फिल्डमा जाँदा आगामी दिनमा यस्ता कार्य नहोस भन्ने कामना गर्नुभयो । पत्रकार महासंघको समन्वयमा जिल्ला प्रहरी कार्यालय स्याङ्जामा दुवै पक्षबीच छलफल भई मिलापत्र भएर आगामी दिनमा दुवै पक्षले एक आपसमा सहयोगिको भावनाका साथ आ–आफ्नो काम गर्ने सहमति भएको छ ।


काठमाडौं

मङ्लबार, माघ २९, २०८१

१०.१५°

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

राजनीतिक समाचार

थप देखाउनुहोस्

सामाजिक सञ्जाल विधेयक राष्ट्रिय सभाबाट पारित

निर्वाचन अगाडि गठबन्धन गरौं भन्ने व्यक्ति कांग्रेसमा रहँदैन :...

एमाले नेतृत्वमा ओली रहुन्जेल वामपन्थी एकता सम्भव छैनः अध्यक्ष...

नागरिकलाई सहज सेवा दिन थप सुधारका उपायहरु अवलम्वन गर्न...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

भ्यालेन्टाइन सप्ताह आजबाट सुरु, पहिलो दिन रोज डे

जनकपुर अन्तर्राष्ट्रिय चलचित्र महोत्सव फागुन १६ देखि

चलचित्र ‘हरिबहादुरको जुत्ता’को शुभ मुहूर्त

एलिना चौहानद्धारा सम्बन्धविच्छेदको मुद्दा दायर