fbpx

बाँसबारी जग्गा प्रकरणका अरुण चौधरीसहित ३ जना रिहा

author

समाचारपाटी

१ year अगाडि

काठमाडौं । बाँसबारी छाला तथा जुत्ता कारखाना लिमिटेडको १० रोपनी सरकारी जग्गा हिनामिना गरेको आरोपमा पक्राउ परेका अरुणकुमार चौधरीसहित ३ जना हाजिर जमानीमा रिहा भएका छन् ।

जिल्ला अदालत, काठमाडौंका न्यायाधीश यज्ञप्रसाद आचार्यको इजलासले ‘२५ दिनभित्र नै हिरासतमा राखेर अनुसन्धान गर्नुपर्ने अवस्था नदेखिएको’ भन्दै थप बुझ्नुपर्ने भए दुई दिनभित्र बाँकी काम सम्पन्न गर्नू भन्ने आदेश गरेपछि प्रहरीले तीन जनालाई छाडेको हो । सीआईबीले बाँसबारी छाला–जुत्ता कारखानाको १० रोपनी जग्गा हिनामिना गरेको आरोपमा चौधरीसहित ३ जनालाई १६ माघमा पक्राउ गरेको थियो ।

मुलुकको एक प्रमुख व्यापारिक घरानाका सदस्य अरुण पक्राउ परेलगत्तै उनको मुद्दाको फाइल चाँडो बुझाउन प्रहरीमाथि दबाब बढेको थियो । त्यसपछि उनलाई ‘स्वास्थ्यमा समस्या देखिएको’ भन्दै चिरायू अस्पताल भर्ना गरिएको थियो । राति त्यहाँबाट रिफर गरिएको भन्दै ग्राण्डी अस्पताल सारिएको थियो । अस्पतालबाट डिस्जार्चको विषय भने ‘चौधरी लगायतको निजी विषय’ भएको एसपी अधिकारीले बताउनुभयाे ।

अदालतको यो आदेशपछि चौधरीसहित बाँसबारी छाला जुत्ता कारखाना लिमिटेडका कार्यकारी अध्यक्ष अजिनारायण सिंह थापा र सीजी चाँदबाग रेसिडेन्सी प्रा.लि.का सञ्चालक सञ्जय ठाकुर थुनामुक्त भएको सीआईबीका एसपी नवराज अधिकारीले बताउनुभयाे ।

मुलुकी अपराध संहिताको दफा १५ मा कुनै व्यक्तिलाई हिरासतमा राखिरहनु आवश्यक नदेखिए सरकारी वकिलको सहमतिमा अनुसन्धान अधिकृतले हाजिर जमानी वा तारेखमा छाड्न सक्ने व्यवस्था छ ।

अदालतको आदेशपछि प्रहरीले यही दफा प्रयोग गरेर तीन जनालाई छाडेको बाँसबारी जग्गा प्रकरणको अनुसन्धान गरिरहेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का एक अधिकृतले बताउनुभयाे ।

onlinekhabar


काठमाडौं

मङ्लबार, चैत्र ४, २०८१

२३.१५°

विज्ञापन

ईशानेश्वर महादेव मन्दिरमा महाशिवरात्री मेला – २०८१

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

आरआरमा अनेरास्ववियुले ताला लगायो, स्ववियु निर्वाचन स्थगित

स्ववियु निर्वाचन समितिहरूलाई थप १३ बुँदे निर्देशन जारी

सामाजिक सञ्जालको अधिकार कटौती नहुने विधेयक: प्रधानमन्त्री ओली

२६२ औँ सेना दिवस  काठमाडौंको टुँडिखेलमा

विचार/विविधा

थप देखाउनुहोस्
विचार

साहित्यकार केसीको ‘हिउँफुल’ सार्वजनिक

काठमाडौं I साहित्यकार उषा  केसीको उपन्यास  हिउँफुल सार्वजनिक भएको छ। शनिबार  काठमाडौँको अनामनगरस्थित डालो रेष्टुरेण्टमा आयोजित पुस्तक विमोचन कार्यक्रममा प्रमुख...

विचार

डा.सन्दुक रूइत : ‘गड अफ लाइट’ 

नेपाली गौरव डा. सन्दुक रूइतले आँखाको मोतिबिन्दु उपचारमा विकसित गरेको सस्तो र सरल प्रविधि “रुइतेक्टोमी” ले विश्वभर लाखौंको दृष्टि फर्काएका...

विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

वालिङमा ‘व्याक टु नाइन्टिज’को सेकेण्ड एडिसन : दर्शकको अभूतपूर्व...

पोखरामा ‘द्रौपदी’ टोलीसँग पत्रकारको भेट, फिल्म चल्नेमा निर्माण पक्ष...

डि–मर्चा, लेकाली, मध्याह्न, देउराली, ब्रोसिस र भेगाबोण्ड एउटै मञ्चमा...

सन्तोष खत्रि र एलिना चौहान स्वरमा रहेकाे गीत ‘हतार...