fbpx

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा मिडिया ब्रिफिङ शुरु

author

समाचारपाटी

४ हप्ता अगाडि

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मिडिया ब्रिफिङ शुरु गरेको छ । शुक्रवार मन्त्रालयमा आयोजित मिडिया ब्रिफिङ कार्यक्रममा मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले यसबारे जानकारी दिनुभएको हो । उहाँले मिडिया ब्रिफ्रिङमा मन्त्रालयले गरेका विविध नीतिगत निर्णय तथा स्वास्थ्य सम्बन्धी महत्वपूर्ण जानकारी दिने बताउनु भयो । उहाँले नेपालको संविधानले मौलिक हकको रुपमा सूचनाको हकलाई प्रत्याभुत गरेकाले सर्वसाधारणमा सहजरुपम सूचना पुर्याउन ब्रिफिङ शुरु गरेको बताउनु भयो । ब्रिफिङ हरेक साताको शुक्रवार दिउँसो साँढे १ बजे हुने उहाँको भनाइ छ । 


उहाँले भन्नुभयो, ‘नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट गत एक हप्तामा भएका नीतिगत निर्णय, प्रमुख कार्यहरु तथा स्वास्थ्यसम्बन्धी महत्वपूर्ण सूचना तथा जानकारीहरु सर्वसाधारणमा सहजरुपमा प्राप्त होस् भन्ने उद्देश्यले साप्ताहिकरुपमा ब्रिफिङ गर्ने निर्णय गरिएको छ । नेपालको संविधानले मौलिक हकको रुपमा सूचनाको हक प्रत्याभुत गरेको हुनाले आम नागरिकलाई यस स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेका निर्णयहरु चाहे त्यो नीतिगत होस् चाहे कार्यगत रुपमा होस् ती चिजहरु पनि आमनागरिकलाई जानकारी दिने यस मिडिया ब्रिफिङको प्रमुख उद्देश्य रहेको जानकारी गराउन चाहन्छु । मानीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको परामर्शमा शुरु भएको मिडिया ब्रिफिङ हरेक शुक्रबार दिउँसो साँढे १ बजे सञ्चालन हुने छ । बढीमा आधा घण्टा र नभए १५ मिनेट मिडिया ब्रिफिङ रहने यहाँहरुलाई जानकारी गराउँछु ।’


प्रवक्ता डा. बुढाथोकीले सरकारले सन् २०३० सम्ममा पाठेघरको मुखको क्यान्सरको निवारण गर्ने लक्ष्य राखेकाले समयमै उपचार गर्न सकियो भने पाठेघरको मुखको क्यान्सर निको हुन्छ भने अभियान सञ्चालन गरेको बताउनु भयो ।  हालसम्म विभिन्न विधिबाट ९२ हजार २ सय ७३ महिलाले पाठेघरको मुखको क्यान्सर स्किनिङ गरेको उहाँको भनाइ छ । उहाँले ३० देखि ४९ वर्षका महिलाहरुले पाठेघरको मुखको क्यान्सरबाट बच्न स्किनिङ गराउन आग्रह गर्नुभयो । पाठेघरको मुखको क्यान्सरको स्किनिङ देशभर सञ्चालन भइरहेको उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, ‘अब पाठेघरको मुखको क्यान्सरको स्किनिङतर्फ जान चाहन्छु, किनभने हामीले पाठेघरको मुखको क्यान्सर नलागोस् भन्नका लागि किशोरीहरुलाई खोपको व्यवस्था गरिसकेका छौँ भने जो ३० वर्षभन्दा माथि हुनुहुन्छ उहाँहरुको समयमै पहिचान गरी उपचार गर्न सकियोस् र समयमै निदान गर्न सकियो भने पाठेघरको मुखको क्यान्सरलाई निको पार्न सकिन्छ भन्ने उद्देश्यका साथ हिँडेको हुनाले नेपाल सरकारले सन् २०३० सम्ममा पाठ्यघरको मुखको क्यान्सरलाई निवारण गर्ने लक्ष्य पनि लिएको छ । यही लक्ष्य अनुसार नेपाल सरकारले एचपीभी खोपसँग देशभरका ३० देखि ४९ वर्षसम्मका महिलाहरुका पाठेघरको मुखको क्यान्सर स्किनिङ कार्य एकसाथ देशभर सञ्चालन गरेको छ । यसआर्थिक वर्षको मध्यसम्ममा भीआइए विधिबाट ६० हजार नौ सय ३७ एपिबी डिएनए विधिबाट ९ हजार नौ सय २७ र प्याफ विधिबाट २१ हजार चार सय नौ गरी जम्मा ९२ हजार २ सय ७३ जना महिलाहरुले पाठेघरको मुखको क्यान्सरको स्किनिङ गराउनुभएको जानकारी गराउन चाहन्छु । यदि तपाई वा तपाईको परिवारमा पनि ३० देखि ४९ वर्षसम्मका महिला हुनुहुन्छ भने पाठ्यघरको मुखको क्यान्सरको स्किनिङ गराई यस रोगबाट बच्न र बचाउन र नेपाल सरकारको लक्ष्यलाई पूरा गर्न सहयोग गर्नुहुन अनुरोध गर्दछु ।’


प्रवक्ता डा. बुढाथोकीले नसर्ने रोगका पहिचानका लागि फागुन महिनाभर एक महिने अभियान सञ्चालन भइरहेकाले मधुमेह, उच्च रक्तचाप, मृगौलारोगलगायत प्राणघात रोगबारे नियमित स्वास्थ्य परीक्षण गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको अर्धवार्षिक प्रगति समीक्षाअनुसार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मन्त्रालय ८१.८ अङ्कसहित तेस्रो स्थानमा रहेको जानकारी दिनुभयो ।

– न्युज एजेन्सी नेपाल


काठमाडौं

मङ्लबार, चैत्र ४, २०८१

२५.१५°

विज्ञापन

ईशानेश्वर महादेव मन्दिरमा महाशिवरात्री मेला – २०८१

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

आरआर क्याम्पस बाहिर विद्यार्थीहरुले गरे विरोध स्वरुप मतदान

कांग्रेसमा पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बस्दै

महेन्द्ररत्न क्याम्पस ताहाचलमा पनि मतदान हुँदै

आरआरमा अनेरास्ववियुले ताला लगायो, स्ववियु निर्वाचन स्थगित

विचार/विविधा

थप देखाउनुहोस्
विचार

साहित्यकार केसीको ‘हिउँफुल’ सार्वजनिक

काठमाडौं I साहित्यकार उषा  केसीको उपन्यास  हिउँफुल सार्वजनिक भएको छ। शनिबार  काठमाडौँको अनामनगरस्थित डालो रेष्टुरेण्टमा आयोजित पुस्तक विमोचन कार्यक्रममा प्रमुख...

विचार

डा.सन्दुक रूइत : ‘गड अफ लाइट’ 

नेपाली गौरव डा. सन्दुक रूइतले आँखाको मोतिबिन्दु उपचारमा विकसित गरेको सस्तो र सरल प्रविधि “रुइतेक्टोमी” ले विश्वभर लाखौंको दृष्टि फर्काएका...

विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

वालिङमा ‘व्याक टु नाइन्टिज’को सेकेण्ड एडिसन : दर्शकको अभूतपूर्व...

पोखरामा ‘द्रौपदी’ टोलीसँग पत्रकारको भेट, फिल्म चल्नेमा निर्माण पक्ष...

डि–मर्चा, लेकाली, मध्याह्न, देउराली, ब्रोसिस र भेगाबोण्ड एउटै मञ्चमा...

सन्तोष खत्रि र एलिना चौहान स्वरमा रहेकाे गीत ‘हतार...