इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बगाइले सिरियाको सत्तारुढ समूहसँग देशको कुनै प्रत्यक्ष सम्बन्ध नभएको बताउनुभएको छ । इरान र सिरियाको सत्तारुढ समूहबीच प्रत्यक्ष सञ्चार माध्यम खुलेको भन्ने प्रश्नको जवाफ दिँदै उहाँले पत्रकार सम्मेलनमा उक्त टिप्पणी गर्नुभएको हो । सिरियामा इरानको अडानको सन्दर्भमा बगाइले अरब राज्यको सार्वभौमसत्ता र अखण्डतालाई कायम राख्नुपर्ने र यसको भविष्य सिरियाली जनताले विनाशकारी विदेशी हस्तक्षेप बिना तय गर्नुपर्ने बताउनु भयो ।
सिन्ह्वा