विद्यार्थीको थप सहजताका लागि निरन्तर प्रयास भइरहेको मन्त्रालयले जनाएको छ । तत्काल कुनै थप सहयोग आवश्यक भएमा दूतावासमा सम्पर्क गर्न सकिनेछ । त्यसका लागि अभिभावक र आफन्तले जुनसुकै समयमा दूतावासमा सम्पर्क गर्न सक्ने व्यवस्था मिलाइएको मन्त्रालयले उल्लेख गरेको छ ।
दूतावासका द्वतीय सचिव योजना बम्जन र रिया केसीलाई सम्पर्क व्यक्ति तोकिएको छ । बम्जनलाई ८८०१८८०६९१०१३ र रियालाई ८८०१७४५४०७९५८ नम्बरमा सम्पर्क गर्न सकिनेछ । यसअघि दूतावासले अत्यावश्यक कामबाहेक आफू बसेको स्थान र होस्टेलबाट बाहिर ननिस्कन नेपाली विद्यार्थीहरूलाई अनुरोध गरेको थियो ।
बंगलादेशमा सरकारी जागिरमा रहेको कोटाको विरोध गर्दै विद्यार्थीहरूले आन्दोलन गरिरहेका छन् । आन्दोलनका क्रममा मानवीय क्षति बढ्दै गएको छ । हालसम्म ३५ जनाको मृत्यु भएको छ भने देशभर कर्फ्यु लगाइएको छ ।