fbpx

कृषि तथा पशुपन्छी विकास मन्त्रालयकाे मल खरिद प्रक्रिया सुरु

author

समाचारपाटी

२ years अगाडि

काठमाडौं । आउँदो वर्षका लागि मल खरिद तयारी सुरु भएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जानकारी दिएको छ। 

मन्त्रालयले अर्धवार्षिक अवधिको प्रगति समीक्षा गर्दै मल खरिद प्रक्रिया सुरु गरेको जनाएको हो। चाहिने बेलामा सधैं मलको अभाव हुने भएकाले सरकारले समयमै खरिद प्रक्रिया सुरु गरेको जनाए पनि आपूर्ति गर्ने निकायले समयमै मल नल्याउँदा किसान सधैं मारमा पर्ने गरेका छन्। 

कृषि तथा पशुपन्छी विकासमन्त्री ज्वालाकुमारी साहले आउँदो आर्थिक वर्ष (आव) २०८०/८१ मा विनियोजन हुने बजेटबाट चालू आवमै खरिद प्रक्रिया सुरु गरिएको बताउनुभयाे। अर्थ मन्त्रालयबाट सहमति प्राप्त भइसकेकाले खरिद प्रक्रिया अघि बढाउन तयारी थालिएको उहाँले बताउनुभयाे।

चालू आवको हालसम्ममा खरिद व्यवस्थापन भएको (जीटुजीसमेत) बाट ३ लाख २९ हजार मेट्रिकटन मल टेन्डर आह्वान भइसकेको छ। सोमध्ये हालसम्म १ लाख ६० हजार मेट्रिकटन रासायनिक मल आयात भएको छ। १ लाख ४४ हजार ९ सय १३ मेट्रिकटन बिक्री भइसकेको छ।  २ लाख २४ हजार मेट्रिकटनको टेन्डर आह्वान गरिएकोमा  हालसम्म १ लाख २० हजार मेट्रिकटन आयात भइसकेको छ।

९५ हजार २ सय ७५ मेट्रिकटन बिक्री भएको छ। डीएपी मल १ लाख मेट्रिकटनको आह्वान गरिएकोमा ४० हजार मेट्रिकटन आयात भएको छ। आयातमध्ये ४३ हजार ८ सय २१ मेट्रिकटन डीएपी बिक्री भएको छ। पोटास मल ५ हजार मेट्रिकटन टेन्डर आह्वान गरिएको छ।

सरकारले चालू आवमा रासायनिक मल खरिदका लागि विनियोजन गरिएको १५ अर्बमध्ये १२ अर्व ७५ करोड रुपैयाँ खर्च भइसकेको छ। यद्यपि, २०७९ साउन महिनामा थप स्रोत सुनिश्चितता लिएर १६ अर्ब रुपैयाँ बजेट बनाइएको छ। चालू आवको धान सिजनका लागि थप रकम ७ अर्ब ७३ करोड रुपैयाँ थप स्रोत सुनिश्चितताका लागि अर्थमा पत्राचार गरेको मन्त्रालयले जानकारी दिएको छ। 


काठमाडौं

बिहिबार, माघ २४, २०८१

१७.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

कांग्रेस संसदीय दलको बैठक जारी

संसद्को आजको बैठकमा सबै अध्यादेश निर्णयार्थ पेश हुने

चितवनमा रवि लामिछानेसहित १५ जनाविरुद्ध मुद्दा दर्ता गरियो

माओवादी केन्द्रले हुलाकी राजमार्गकेन्द्रित अभियान सुरु गर्ने

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

जनकपुर अन्तर्राष्ट्रिय चलचित्र महोत्सव फागुन १६ देखि

चलचित्र ‘हरिबहादुरको जुत्ता’को शुभ मुहूर्त

एलिना चौहानद्धारा सम्बन्धविच्छेदको मुद्दा दायर

घान्द्रुकमा ‘द कोरस ब्याण्डको गीत विमोचन’

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन