fbpx

नेपालको वैदेशिक ऋण भन्दा आन्तरिक ऋण वृद्धि भइरहेको छः- सुरेन्द्रप्रसाद पाण्डे

author

समाचारपाटी

१ year अगाडि

नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेले नेपालको वैदेशिक ऋण भन्दा पनि आन्तरिक ऋण वृद्धि भइरहेको बताउनुभएको छ । 

बिहीवार काठमाडौंमा भएको एक कार्यक्रममा बोल्दै पूर्वअर्थमन्त्री पाण्डेले यस्तो बताउनुभएको हो । उहाँले नेपालमा अन्य देशको भन्दा फरक समस्या रहेको भन्दै पछिल्लो ७ वर्षको अन्तरालमा मात्रै १० खर्ब बढी आन्तरिक ऋण बढेको बताउनु भयो । पूर्वमन्त्री पाण्डेले नेपालको वाह्य र आन्तरिक ऋण बराबर जस्तो रहेको उल्लेख गर्नुभयो । उहाँले आन्तरिक ऋणको वृद्धि तिब्र रुपमा बढ्दै गएकाले आगामी दिनहरुमा आन्तरिक ऋण वैदेशिक ऋण भन्दा बढी हुने अवस्था देखिएको बताउनु भयो । उहाँले चालु आर्थिक वर्षको बजेटमा पनि २४० अर्ब आन्तरिक ऋण लिने घोषणा रहेको भन्दै वर्तमान अर्थतन्त्रको अवस्था हेर्दा सबै लिनुपर्ने देखिएको बताउनु भयो । उहाँले सरकारलाई आन्तरिक ऋण चुनौति र महँगो दुबै भइरहेको बताउनु भयो । उहाँले चालु आर्थिक वर्ष सरकारको लागि थप चुनौति र जटिलता रहेको बताउनु भयो । उहाँले सरकारले चालु आर्थिक वर्षको पहिलो महिना देखि नै लक्ष्य अनुसारको राजश्व संकलन हुन नसकेको बताउनु भयो । पूर्वमन्त्री पाण्डेले भारतले नेपालमा चामल निर्यात गर्दा २० प्रतिशत भ्याट लगाउने र यता सरकारले १३ प्रतिशत भिएटी लगाउने कुराले अर्को वर्ष मान्छेहरु खान नपाएर मर्ने अवस्था आउन सक्ने बताउनु भयो । उहाँले आन्तरिक उत्पादन छैन तर सरकारले कर लगाएको भन्दै खाद्यान्न लगायतका वस्तुहरु महँगो हुने र जनता मारमा पर्ने अवस्था रहेको बताउनु भयो । उहाँले सरकारले ६ प्रतिशत मूल्यवृद्धि कायम गर्ने भनेपनि १० प्रतिशत माथि मूल्यवृद्धि पुग्ने लक्षण देखिएको दाबी गर्नुभयो । उहाँले बल,वुद्धि र पैसा भएकाहरु युवाहरु विदेश जाने पठाएर केही नभएकाहरुलाई लिएर सरकारले देश बनाउने कुराले मुलुक समृद्ध हुन नसक्ने बताउनु भयो । 

उहाँले भन्नुभयो, ‘पछिल्लो समय देशको वैदेशिक ऋण वृद्धि भयो भन्ने छ । तर नेपालको विदेशी ऋण भन्दा पनि पछिल्ला दिनहरुमा आन्तरिक ऋण बढी रहेको छ । अरु देशहरुको भन्दा परक समस्या छ । ५ देखि ७ वर्षको अन्तर्रालमा नेपालको १० खर्ब माथि आन्तरिक ऋण बढ्यो । नेपालको वाह्य र आन्तरिक ऋण बराबर जस्तो छ । जुन आन्तरिक ऋणको वृद्धि तिब्र छ । अब आउने दिनहरुमा आन्तरिक ऋणले वैदेशिक ऋण भन्दा बढी हुन्छ । चालु आर्थिक वर्षको बजेटमा पनि २४० अर्ब जति छुट्याएको छ । अहिलेको अवस्था हेर्दा सबै लिने अवस्था देखिएको छ । राजश्व संकलन भइरहेको छैन । नेपाललाई आन्तरिक ऋण चुनौती र महँगो छ । कम्तिमा १० प्रतिशत ब्याजमा लिइरहेका छौं । यो कुरालाई सरकारले कसरी सम्बोधन गर्नसक्छ । यो वर्ष एकदमै चुनौति र जटिलता रहेको छ । अर्थमन्त्री कति सिरियस हुनुहुन्छ थाहा भएन । पहिलो महिनादेखि नै लक्ष्य अनुसारको राजश्व संकलन हुन सकेको छैन । भारतले नेपालमा चामल निर्यात गर्दा २० प्रतिशत भ्याट लगाउने भनेको  छ । यता सरकारले १३ प्रतिशत भिएटी लगाउने कुरा गरेका छौं । अर्को वर्ष मान्छेहरु खान नपाएर मर्ने त होइनन् । आन्तरिक उत्पादन छैन तर सरकारले कर लगाएको छ । यसले खाद्यान्न लगायतका वस्तुहरु महँगो हुने र जनता मारमा पर्ने अवस्था छ । सरकारले ६ प्रतिशत मूल्यवृद्धि कायम गछु भने पनि १० प्रतिशत मूल्यवृद्धि पुग्ने लक्षण देखिएको छ । यो वर्ष धेरै चुनौतिहरु देखिन्छन् । अर्को नेपालका युवाहरु पढेका,पैसा भएका र बल भएकाहरु पनि बाहिर गइरहेका छन् । बल,वुद्धि र पैसा भएकाहरु विदेश जाने अनि केही नभएकाहरुलाई लिएर हामीले देश बनाउने कुरा गरेका छौं ।’

उहाँले नेपालमा भारत र चीनबाट मात्रै ठूलो सख्यामा पर्यटक भित्र्याउनसके भने अर्थतन्त्रमा ठूलो स्पेस रहेको बताउनु भयो । उहाँले मुलुक आर्थिक रुपमा समृद्ध हुनको लागि विदेशी मुलुकहरुको सहयोग पनि अपरिहार्य रहेको बताउनु भयो । उहाँले अवसर नदेखेर विदेश जाने युवाहरुलाई स्वदेशमा नै राखेर मुलुकको क्षमता विकास गरी स्वरोजगार बनाउन सक्नुपर्ने आवश्यकता रहेको बताउनु भयो । 


काठमाडौं

मङ्लबार, मंसिर २५, २०८१

१२.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

रविलाई पोखरा लैजाँदा दुर्व्यवहार नभएको प्रहरीको दाबी

चीन भ्रमणले नेपालमा लगानीका सम्भावनालाई थप बलियो बनायो: अध्यक्ष...

बाबुराम भट्टराई र रवि लामिछानेबीच भेट, राजनीतिक प्रतिशोधको आरोप

१८ महिना सरकार चलाएर देउवालाई सत्ता हस्तान्तरण गर्ने ओलीको...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

‘फेस अफ क्लासिक डाइमन्ड २०२४’ का विजेता घोषणा

फिल्म ‘अग्निदहन’ ले समाजमा व्याप्त भयाबह कुरुतीलाई भयानक प्रहार...

चलचित्र ‘अग्निदहन’ मा महिलामाथिका हिंसाको कथावस्तु

चलचित्र ‘पूर्णबहादुरको सारंगी’को ट्रेलर सार्वजनिक

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन