fbpx

साउन १ गतेदेखि प्रदेश सरकारले नै लाइसेन्स छाप्छः मन्त्री देवेन्द्र दाहाल

author

समाचारपाटी

२ हप्ता अगाडि

भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले साउन १ गतेदेखि प्रदेश सरकारले नै सवारी चालक अनुमति पत्र (लाइसेन्स) छपाइ गर्ने बताउनुभएको छ ।

मंगलवार मन्त्रालयमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा सातै प्रदेशका यातायात संवद्ध मन्त्री र सचिव सहितको विषयगत समितिको बैठकमा बोल्दै मन्त्री दाहालले यस्तो बताउनुभएको हो । उहाँले मेसिन किनेर कार्ड बनाउने की कार्ड किन्ने भन्ने निर्णय प्रदेश सरकारले नै गर्नुपर्ने बताउनु भयो । उहाँले वागमती र कोशी प्रदेशले प्रयास गरिसकेको भन्दै अब अन्य प्रदेशले पनि शुरु गर्नुपर्ने बताउनु भयो । आगामी कार्तिक मंसिरससम्म २५ लाख लाइसेन्स छपाइ सक्नुपर्ने बताउनु भयो । उहाँले जसमा अहिलेसम्म साढे ५ लाख मात्रै छापिएको र १९ लाख अझै छपाई गर्न बाँकी रहेको बताउनु भयो । 

उहाँले भन्नुभयो, ‘ साउनको १ गतेदेखि अब यो तपाईंहरुकै जिम्मामा हुन्छ । कार्ड किन्ने की मेसिन किन्ने की के गर्ने भन्ने अन्योल छ भन्नुभयो । त्यो तपाईंहरुकै जिम्माको कुरा हो । तपाईंहरुले कार्ड किन्नुहुन्छ की मेसिन किन्नुहुन्छ ? के गर्नुहुन्छ तपाईंहरुले निर्णय गर्नुपर्छ । के गर्दा दिन सकिन्छ ? ९ लाख दिन्छु भनेर डेढ लाख गर्नुभएन । वागमती धेरै अगाडि बढिसकेको छ । कोशीले त प्रयत्न पनि ग¥यो, अस्थायी लाइसेन्स बाँड्यो । कुरा ठूलो नभएपनि ठूलो विषय जस्तो भएको छ, लाइसेन्सको विषय । यसलाई अब हामीले कोशी प्रदेशको मन्त्रीजीले भनेको जस्तो फरफारक नै गरौँ भन्ने छ । फरफारक गर्नैपर्छ । हामीले साउन १ गतेदेखि अब कप्म्लिट्ली प्रदेशले ड्राइभिङ लाइसेन्सको जिम्मा लिऔँ । आगामी कार्तिक मंसिरससम्म हामीले २५ लाख छपाउनुपर्नेछ । जम्माजम्मी हामीले ५ लाख, साढे ५ लाख छापेका छौँ । १९ लाख त अझै छाप्न बाँकी छ । यसमा नेपाल सरकार ठूलो नोक्शानीमा पर्ने जोखिम छ । यसलाई हामीले जोगाउनुपर्ने जरुरी छ ।’उहाँले लाइसेन्स छपाई पूरा गर्न नसके सरकारलाई ठूलो नोक्शानी हुने अवस्था रहेको बताउनु भयो ।

—न्युज एजेन्सी नेपाल


काठमाडौं

शुक्रबार, चैत्र ७, २०८१

२३.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

राजनीतिक समाचार

थप देखाउनुहोस्

आरआर क्याम्पसमा चैत १६ गते स्ववियु चुनाव

दार्चुलामा स्ववियु अध्यक्षमा दलित महिला निर्वाचित

स्ववियु चुनाव कहाँ के भयो

मेची बहुमुखी क्याम्पसमा नेविसंघ विजयी

विचार/विविधा

थप देखाउनुहोस्
विचार

साहित्यकार केसीको ‘हिउँफुल’ सार्वजनिक

काठमाडौं I साहित्यकार उषा  केसीको उपन्यास  हिउँफुल सार्वजनिक भएको छ। शनिबार  काठमाडौँको अनामनगरस्थित डालो रेष्टुरेण्टमा आयोजित पुस्तक विमोचन कार्यक्रममा प्रमुख...

विचार

डा.सन्दुक रूइत : ‘गड अफ लाइट’ 

नेपाली गौरव डा. सन्दुक रूइतले आँखाको मोतिबिन्दु उपचारमा विकसित गरेको सस्तो र सरल प्रविधि “रुइतेक्टोमी” ले विश्वभर लाखौंको दृष्टि फर्काएका...

विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

चितवनमा ‘गजलसँग’ को १०औँ शृङ्खला हुने

लिटिल मिस्टर एण्ड मिस पोखराको दर्ता खुल्ला

वालिङमा ‘व्याक टु नाइन्टिज’को सेकेण्ड एडिसन : दर्शकको अभूतपूर्व...

पोखरामा ‘द्रौपदी’ टोलीसँग पत्रकारको भेट, फिल्म चल्नेमा निर्माण पक्ष...

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन