सूचना प्रविधिको क्षेत्रमा पाँच वर्षमा पाँच खर्ब लगानी गर्छौंः सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङ

author

समाचारपाटी

१ महिना अगाडि

सञ्चार तथा प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले सूचना प्रविधिको क्षेत्रबाट प्राप्त हुने राजश्वको क्षेत्र व्यापक भएको बताउनुभएको छ ।


राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसका अवसरमा शुक्रवार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले हाल नेपालमा वार्षिक ३० अर्ब बराबरको विज्ञापन बजार भएको बताउनु भयो । उहाँले विज्ञापन बोर्डको स्थापनापछि विज्ञापनको कारोबारबाट वार्षिक दुईदेखि तीन अर्ब राजश्व उठ्ने गरेको बताउनु भयो । उहाँले राजश्व बढाउन विज्ञापन नीति तथा ऐन सुधार गर्नुपर्ने बताउनु भयो । संघ, प्रदेश र स्थानीय पालिकासँग समन्वय गरेर विज्ञापन बजार व्यस्थित बनाउँदा २५ देखि ३० अर्ब राजश्व उठाउन सकिने उहाँको भनाइ छ । उहाँले हुलाक सेवालाई डिजिटल प्रविधिमा रुपान्तरण गरी सेवा दिने तयारीमा सरकार रहेको बताउनु भयो । डिजिटल सेवा सबैभन्दा सजिलो छिटो र भरपर्दो भएकाले सबैले विश्वास गर्ने उहाँको भनाइ छ । 
उहाँले भन्नुभयो, ‘विज्ञापनको बजार अहिले ३० अर्बभन्दा बढीको छ । विज्ञापन बोर्ड बनाएपछि बल्ला दुई तीन अर्ब राजश्व उठेको छ । हामीले राम्रोसँग काम गर्ने हो भने पोलिसी राम्रो बनाउनु पर्नेछ । ऐन सुधार गर्नुपर्ने छ । त्यसो गरियो भने र संघ प्रदेश र स्थानीय तहका राम्रोसँग समन्वय गरेर काम गर्यो भने केही वर्षभित्र २५ देखि ३० अर्ब विज्ञापन क्षेत्रबाट आम्दानी गर्न सकिन्छ । हुलाक सेवाको त्यो अविगत छ, हुलाक सेवालाई डिजिटल गर्ने र त्यसलाई इकमर्समा लैजाने हो भने सबैभन्दा धेरै विश्वासिलो संस्थाको रुपमा कुरियर सर्भिस हुलाक सेवालाई स्थापना गर्न सकिन्छ ।  त्यहाँबाट कमाउने सकिने स्थिति छदैछ । यसलाई पनि हामी त्यस अनुरुप लैजाँदैछौँ ।  हाम्रो आम्दानीको सेक्टर यति धेरै छ कि हामीले काम गर्न सकिरहेका छैनौँ ।’


मन्त्री गुरुङले ंफाइभजी सेवालाई आगामी आर्थिक वर्षदेखि बिस्तारको सुरुवात गर्ने बताउनु भयो । उहाँले पहिलो चरणमा काठमाडौं उपत्यकाबाट सेवा शुरु गर्ने बताउनु भयो । हालको नीतिले सूचना प्रविधिको क्षेत्र बिस्तारका लागि समस्या देखिएको बताउनु भयो । उहाँले एक वर्षभित्र सूचना प्रविधिको क्षेत्रमा आवश्यक सबैप्रकारका ऐन तथा नीतिहरु परिवर्तन गरी नयाँ बनाइने बताउनु भयो । अहिले फाइभ जी र एआई सबैको प्राथकिताको क्षेत्र बनेकाले प्रभावकारी कार्यान्वयनका लागि सरकारले प्राथमिकताका साथ काम गरिरहेको उहाँको भनाइ छ ।
उहाँले भन्नुभयो, ‘कम्युटरको सेक्टरमा जाने हो भने अबको युग पाइभ जीको युग हो भने आइटीको क्षत्रमा एआइको युग भन्छौँ ।  फाइभजी र एआईको अहिले सबैको प्राथमिकताको विषय छ ।  यसको प्रभावकारी कार्यान्वयन कसरी गर्ने भन्नेकुरा छ, नेपाल सरकारको तर्फबाट काम गर्नुपर्छ भन्ने मलाई लाग्छ । यो वर्षभित्र हामी  फाइभ जी नेटवर्कको प्रारम्भ कहाँबाट गर्छौं भने दुई वटा महानगरपालिका र नगरपालिकाबाट । काठमाडौं उपत्यकाबाट र केही महानगर सम्भावना धेरै भएको पोखरा त्यसपटि नगरपालिका हुँदै यसको कार्यान्यनको तहमा पुग्छौँ । त्यो सेक्टरलाई व्यवस्थित गर्न कामको क्वालिटी छिटोछरितोपनिसहित यो वर्ष अगाडि बढ्छ । अहिलेसम्मको पोलिसी हेर्दा यो सेक्टरका लागि पोलिसी नै ठिक छैन । पञ्चायतकालीन नीतिहरु रिप्लेस गर्ने यो वर्षभित्र सबै नीतिहरु नयाँ बनाइसक्ने ।’


मन्त्री गुरुङले सूचना प्रविधिको क्षेत्रमा पाँच वर्षमा पाँच खर्ब लगानी गर्ने गरी सरकारको कार्ययोजना रहेको बताउनु भयो । सरकारले सञ्चार क्षेत्रसँग सम्बन्धित नीति नियम बलियो बनाएर देश र जनताको हितमा संस्थागत प्रयोग गर्ने उहाँको भनाइ छ । – न्युज एजेन्सी नेपाल


काठमाडौं

शनिबार, जेष्ठ ३२, २०८२

२३.१५°

विचार/विविधा

थप देखाउनुहोस्
विचार

जन्मैदेखि विभेदमा महिला 

नेपालमा मात्रै नभएर विश्वभरी नै हेर्ने हो भने महिलाहरू पुरुषको तुलनामा पिछडिएको नै देखिन्छ। महिलालाई विभेद भ्रुण अवस्थादेखि नै भएको...

विचार

कविता :सब ठीक छ

सब ठीक छ, अझै पनि घाम पूर्वैबाट उदाउँछ, अझै पनि चन्द्रमा रातभरि मुस्काइरहन्छ, अझै पनि बाटो उस्तै उकालो छ, र...

विचार

कविता : एक भारी गर्हुङ्गो जिन्दगी

पोहोर पनि यसै भनेको थिएजब पुरानो सालसँग युद्द गरेर फर्कदै थियो नयाँ वर्षभनेको थिए वर्षौदेखी मेरा प्रगति पर्खिरहेका आखाँमाएक चिम्टी...

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

लुटतन्त्रको रक्षाका लागि सरकार र माओवादी मिलेः राजेन्द्र लिङदेन

राजनीतिक नेतृत्व रोमको राजाझैं आफैँमा मस्त छः सांसद मदनकुमारी...

प्रधानमन्त्रीको भ्रष्टाचारविरोधी भनाइ व्यवहारमा देखिएनः सांसद डा. शेखर कोईराला

शिक्षकहरुको तलव बढाउन पहल गर्छुः शेरबहादुर देउवा

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

पोखरामा देवेन्द्र केसी ‘देवु’ गजल साँझ

आश्रम गुरुङ र रुपी सिङ्जाली मगरको स्वरमा “खाडी छिर्ने...

गायिका सुनिता ठगिमको स्वर रहेको गीत ‘जाली रुमाल’ सार्वजनिक

देउडा फ्युजनकी रानी लक्ष्मीले प्रतापसँग गाइन् ‘नौली हदेली’ लक्ष्मी...

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन