आयात प्रतिस्थापन गर्दै मुलुकको अर्थतन्त्रको सबलिकरणको दिशामा सरकार क्रियाशील छः मन्त्री दामोदर भण्डारी

author

समाचारपाटी

१ महिना अगाडि

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले सरकार आयात प्रतिस्थापन र निर्यात प्रवद्र्धन गर्दै मुलुकको अर्थतन्त्रको सवलिकरणको दिशामा क्रियाशील रहेको बताउनुभएको छ ।

शुक्रवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री भण्डारीले सरकारले उद्योग तथा व्यवसायको विकासका लागि तदारुकताका साथ काम गरिरहेको बताउनुभएको हो । उहाँले देशमा औद्योगिक तथा व्यवसायिक वातावरण सहज बनाउन आर्थिक क्षेत्रसँग सम्बन्धित करिव एक दर्जन बढी ऐनहरु संशोधन गरिएको उल्लेख गर्नुभयो । उद्योग प्रतिष्ठानहरुको सञ्चालनमा थप सहजता ल्याई वस्तु तथा सेवाको उत्पादन बढाउने र उत्पादन लगात मूल्य प्रतिष्पर्धी बनाउने उद्देश्यले ऐनहरु संशोधन गरिएको मन्त्री भण्डारीको भनाइ छ । उहाँले राष्ट्रिय स्टार्टअप नीति २०८१ नेपाल सरकारबाट स्वीकृत भई स्टार्टअप कर्जा कार्यक्रम कार्यान्वयनमा आइसकेको समेत उल्लेख गर्नुभयो । 

उहाँले भन्नुभयो, ‘सरकारले उद्योग तथा व्यवसायको विकासका लागि तदारुकताका साथ कार्य गर्नको लागि खासगरि आर्थिक क्षेत्रमा रहेको शितिलता उत्पादन उत्पादकत्व वृद्धि गरि स्वदेशी वस्तुको उत्पादन स्वदेशी वस्तुको उत्पादन बढाउने, उद्योगहरुको संरक्षण गर्ने, आयात प्रतिस्थापन गर्ने तथा निर्यात प्रवद्र्धन गर्दै नेपालको अर्थतन्त्रको सबलिकरण गर्ने दिशामा क्रियाशील रहेको छ । सरकारले देशमा औद्योगित तथा व्यवसायिक वातावरण सहज बनाउन आर्थिक क्षेत्रसँग सम्बन्धित करिब एक दर्जन बढी ऐनहरु संशोधन गरिसकेको छ । जसमा औद्योगिक व्यवसाय ऐन, २०७६, विदेशी लगानी हस्तान्तरण ऐन,२०७५, कम्पनी ऐन लगायत रहेका छन् । यी ऐन संशोधनको मूख्य उद्देश्य उद्योग प्रतिष्ठानहरुको सञ्चालनमा थप सहजता ल्याइ वस्तु तथा सेवाको उत्पादन बढाउने आन्तरिक रोजगारी सिर्जना हुने, उत्पादन लगात मूल्य प्रतिष्पर्धी बनाउने लगायतका विषयका रुपमा यो विषयहरु आएको छ । यो संशोधनबाट नविनतम सोच र नवप्रवद्र्धनलाई प्रवद्र्धन गर्ने स्टार्टअप उद्यम स्थापना तथा सञ्चालनसम्बन्धी कानूनको व्यवस्था गरिएको छ । राष्ट्रिय स्टार्टअप नीति २०८१ नेपाल सरकारबाट स्वीकृत गरि स्टार्टअप कर्जा कार्यक्रम कार्यान्वयनमा आइसकेको छ ।’


स्थानीय बजारको सुनिश्चितता तथा आन्तरिम रोजगारीको प्रवद्र्धन गर्न सरकार कटिवद्ध भएर लागिरहेको मन्त्री भण्डारीको जिकिर छ ।

—न्युज एजेन्सी नेपाल


काठमाडौं

सोमवार, बैशाख १५, २०८२

१६.१५°

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

राजनीतिक समाचार

थप देखाउनुहोस्

‘देशका लागि केही गर्छु भन्ने हुटहुटी भएको युवाको आवश्यक...

प्रधानमन्त्रीको प्रश्नः जंगली प्रवृत्ति देखाएर जनतामाथि कस्तो शासन गर्न...

युवा कार्यतकर्तालाई प्रधानमन्त्रीको आग्रहः मिसन ०८४ मा लाग्नुस्

परिणाम नदेखिने आयोजनाहरूमा कैँची लगाऔँः डा. प्रकाशशरण महत

विचार/विविधा

थप देखाउनुहोस्
विचार

कविता :सब ठीक छ

सब ठीक छ, अझै पनि घाम पूर्वैबाट उदाउँछ, अझै पनि चन्द्रमा रातभरि मुस्काइरहन्छ, अझै पनि बाटो उस्तै उकालो छ, र...

विचार

कविता : एक भारी गर्हुङ्गो जिन्दगी

पोहोर पनि यसै भनेको थिएजब पुरानो सालसँग युद्द गरेर फर्कदै थियो नयाँ वर्षभनेको थिए वर्षौदेखी मेरा प्रगति पर्खिरहेका आखाँमाएक चिम्टी...

विचार

‎नेपाल: सबै जातजातिको साझा फूलबारी हो?

‎‎हिन्दुराज्य देखि धर्मनिरपेक्षतासम्म: नेपालमा लामो समयसम्म इतिहासमा एउटै सम्प्रदायको वर्चस्व रहँदै आयो।पृथ्वीनारायण शाहको समय देखि नै हिन्दु धर्मकै आधारमा राज्य...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

‘नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव स्कटल्याण्ड’का लागि चलचित्र आव्हान

वैशाख २० गते दीप श्रेष्ठ सांगीतिक साँझ हुने

बिहिबारबाट ‘जोगिन्दरको पान दुकान’ सिजन २ प्रसारणमा आउने

लमजुङमा गुञ्जियो ‘व्याक टु नाइन्टिज’