fbpx

दक्ष र प्रतिष्पर्धी मानव स्रोत उत्पादनका लागि नयाँ विश्व विद्यालय स्थापना गर्न लागेका हौँः राज्यमन्त्री कुमारी

author

समाचारपाटी

१ year अगाडि

शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्री प्रमिला कुमारीले दक्ष,सिर्जनशिल,उद्यमशिल तथा प्रतिष्पर्धी मानव स्रोत उत्पादन गर्न उत्कृष्ट प्राज्ञिक केन्द्र आवश्यक भएकाले नयाँ विश्व विद्यालय स्थापना गर्न लागेको बताउनुभएको छ । 

मंगलवार प्रतिनिधि सभाअन्तर्गतको शिक्षा,स्वास्थ्य तथा सूचना प्रविधि समिति बैठकमा भएको नेपाल विश्वविद्यालयका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको दफाबार छलफलमा बोल्दै राज्य मन्त्री कुमारीले यस्तो बताउनुभएको हो । उहाँले  विभिन्न विधामा गुणस्तरिय शिक्षा प्रदान गर्नुपर्ने भएकाले काठमाडौंको उपत्यका भन्दा बाहिर विश्वविद्यालय र केन्द्रिय कार्यालय रहने गरी विश्वविद्यालयको स्थापना गरी सञ्चालन गर्न आवश्यक देखिएको बताउनु भयो । उहाँले उच्च शिक्षाको अध्ययन,अध्यापन तथा अनुसन्धान गुणस्तरिय र जीवन उपयोगी,नवप्रवद्र्धनकारी तथा समय सापेक्ष बनाउन आवश्यक रहेको उल्लेख गर्नुभयो । उहाँले अन्तरविधात्मक आधारमा लिर्भरल आर्टसम्बन्धि विधामा गैरसरकारी क्षेत्रको सार्वजनिक विश्वविद्यालयबाट अध्ययन अध्यायपन र अनुन्धान हुँदा मुलुकको समृद्धिको लागि आवश्यक मूल्य र मान्यताका आधारमा  उच्च स्तरको जनशक्ति उत्पादन हुने अपेक्षा रहेको बताउनु भयो । उहाँले विधेयकमा विश्व विद्यालयको संगठन पदाधिकारी,विश्व विद्यालय र यसको केन्द्रिय कार्यालय काठमाडौं उपत्यका भन्दा बाहिर रहने व्यवस्था रहेको बताउनु भयो । उहाँले विश्व विद्यालय कोषमा रहने रकममा नेपाल सरकारको दायित्व नहुने गरी विश्व विद्यालय स्थापना र सञ्चालन गर्ने प्रश्ताव गरिएको पनि बताउनु भयो । उहाँले नेपाल सरकार अर्थ मन्त्रालयको सहमति प्राप्त हुँदा विश्व विद्यालयको पूर्वाधार निर्माण र सञ्चालन खर्च नेपाल सरकारको दायित्व नपर्ने गरी विश्व विद्यालय स्थापनाको लागि सहमति प्राप्त भए बमोजिम विधेयक अगाडि बढाएको पनि बताउनु भयो । 

उहाँले भन्नुभयो,‘विभिन्न विधामा गुणस्तरिय शिक्षा प्रदान गर्नुपर्ने भएकाले त्यसको लागि काठमाडौंको उपत्यका भन्दा बाहिर विश्वविद्यालय र केन्द्रिय कार्यालय रहने गरी विश्वविद्यालयको स्थापना तथा सञ्चालन गर्दा उच्च शिक्षाको अध्ययन,अध्यापन तथा अनुसन्धान गुणस्तरिय जीवन उपयोगी नवप्रर्वदनकारी तथा समय सापेक्ष भई मुलुकको विकासको लागि योगदान पुग्न जान्छ । दक्ष,सिर्जनशिल,उद्यमशिल तथा प्रतिष्पर्धी मानव स्रोत उत्पादन गर्न उत्कृष्ट प्राज्ञिक केन्द्र आवश्यक भएकाले सो कार्य पूरा गर्न प्रश्तुत विश्व विद्यालय स्थापना गर्न आवश्यक भएको छ । अन्तरविधात्मक आधारमा लिर्भरल आटसम्बन्धि विधामा गैरसरकारी क्षेत्रको सार्वजनिक विश्वविद्यालयबाट अध्ययन अध्यायपन र अनुन्धान हुँदा मुलुकको समृद्धिको लागि आवश्यक पर्ने मूल्य र मान्यता प्रतिवद्ध उच्च स्तरको जनशक्ति उत्पादन हुने देखिन्छ । यस विधेयकमा विश्व विद्यालयको संगठन पदाधिकारी,विश्व विद्यालय र यसको केन्द्रिय कार्यालय काठमाडौं उपत्यका भन्दा बाहिर रहनेछ । विश्व विद्यालय कोषमा रहने रकममा नेपाल सरकारको दायित्व नहुने गरी विश्व विद्यालय स्थापना र सञ्चालन गर्ने प्रश्ताव गरिएको छ । नेपाल सरकार अर्थ मन्त्रालयको सहमति प्राप्त हुँदा विश्व विद्यालयको पूर्वाधार निर्माण र सञ्चालन खर्च नेपाल सरकारको दायित्व नपर्ने गरी विश्व विद्यालय स्थापनाको लागि सहमति प्राप्त भएकाले सोही बमोजिम हुनेगरी विधेयक अगाडि बढाउनु  पर्नेछ ।’

नेपाल विश्वविद्यालयका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको दफाबार छलफलमा संशोधनकर्ता सांसदहरुले भने भएका विश्वविद्यालयहरुमा राजनीतिक चलखेल अन्त्य गर्नुपर्ने बताएका थिए । उनीहरुले नयाँ विश्व विद्यालयको आवश्यकता माथि प्रश्न समेत उठाएका छन् । उनीहरुले अहिलेसम्म विश्व विद्यालय कहाँ खोल्ने,कस्तो संरचना बन्ने,दायित्व कसले लिने भन्ने विषयमा निष्कर्षमा नपुगेको विधेयक अगाडि बढाउनुको औचित्य नभएको बताए ।

—न्युज एजेन्सी नेपाल


काठमाडौं

सोमवार, फाल्गुन ५, २०८१

१२.१५°

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

सुमना श्रेष्ठले कलिंगा घटनाबारे प्रतिनिधिसभा बैठकमा बोल्न पाउनुभएन

खोटाङका सांसदद्धारा सरकारसँग दमकल माग

भारतमा नेपाली विद्यार्थीको मृत्युबारे कूटनीतिक तवरले बुझिरहेको छु :...

सरकारले उच्च शिक्षा विधेयकको सट्टा मापदण्ड ऐन बनाउँने

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

राष्ट्रिय रनिङ्ग शिल्ड दोहोरीगीत प्रतियोगिताको ८ औं संस्करण फागुन...

प्रकाश सपुत निर्देशित फिल्म ‘वसन्त’को टिजर सार्वजनिक

रिलिज भएको डेढघण्टामै बालेनको गीत युट्युव ट्रेन्डिङमा

भ्यालेन्टाइन सप्ताह आजबाट सुरु, पहिलो दिन रोज डे

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन