fbpx

‘कान्छाराम कन्स्ट्रक्शन’को आवद्धता दुई वर्ष अगाडि नै छाडेको होः ऊर्जाराज्यमन्त्री पूर्णबहादुर तामाङ

author

समाचारपाटी

४ हप्ता अगाडि

ऊर्जा, जलस्रोत तथा सिंचाई राज्यमन्त्री पूर्णबहादुर तामाङले ‘कान्छाराम कन्स्ट्रक्शन’को आवद्धता दुई वर्ष अगाडि नै छाडेको बताउनुभएको छ ।

भ्रष्टाचार निवारण ऐन संशोधन सम्बन्धी राज्य व्यवस्था समितिमा शुक्रवार भएको छलफलमा महामन्त्री विश्वप्रकाश शर्माले रामेछाप काँग्रेसको सभापति समेत रहनुभएका राज्यमन्त्री तामाङको कम्पनी कालोसूचीमा गएको विषयमा प्रश्न उठाउनुभएको थियो । महामन्त्री शर्माले ऊर्जा राज्य मन्त्रीको कम्पनी कालोसूचीमा परेको कुरा आएको भन्दै राज्य मन्त्रीले स्पष्ट पार्नुपर्ने माग गर्नुभयो । राज्यमन्त्री तामाङले महामन्त्री शर्माको प्रश्नको जवाफ दिँदै ‘कान्छाराम कन्स्ट्रक्शन’कम्पनीसँगको आवद्धता साढे दुई वर्ष अगाडि नै छाडेको स्पष्टिकरण दिनुभयो । उहाँले पार्टीले विश्वास गरेर पठाएर नै कानूनअनुसार राज्यमन्त्री भएको उल्लेख गर्नुभयो । उहाँले देशको कानूनले आवद्धता नभएको कम्पनी कालोसूचीमा पर्दा मन्त्री छाडेर पुरानै पेशमा फर्कनसक्ने बताउनु भयो । 
उहाँले भन्नुभयो,‘कान्छाराम कन्स्टङक्सन प्रा.लि.मा मैले दुई वर्षअघि सांसदको टिकट पाएपछि बाहिर निस्केर बसेको व्यक्ति हौं । म अहिले पार्टीले पठाएर अहिले सरकारको ऊर्जा राज्यमन्त्री छु । कानून भन्दा ठूलो केही छैन । कानूनले भन्छ भने एक मिनेटमा मन्त्रीबाट छाडेर पेशा र व्यवसाय र परिवारसँग काम गर्न तयारी छु । पार्टीको महामन्त्री विश्वप्रकाश शर्माज्युले प्रश्न उठाउनु भयो । मेरो कम्पनी २०४४ साल माघ १९ मा दर्ता गरेको हो । साढे दुई वर्ष त्यो पेशा छाडेर बाहिर छु । २०७९को सांसदको टिकट पाउनु भन्दा पहिला कम्पनीबाट निस्केको छु । अहिले कानून नीति नियम र नेपालको संविधानले कम्पनीमा आवद्धता ठहर भयो भने राजनीतिबाट बाहिर जान तयार छु ।’


उहाँले २०७९ को सांसदको टिकट पाउनु भन्दा पहिला कम्पनीबाट निस्केको बताउनु भयो । उहाँले कानून, नीति नियम र नेपालको संविधानले कम्पनीमा आवद्धता ठहर भए राजनीतिबाट बाहिर जान तयार रहेको बताउनु भयो । उहाँले समितिमा बोल्दै भ्रष्टाचार निवारण ऐनको संशोधनमा अख्तियारमा उजुरी दिन नागरिकताकोे फोटोकपी अनिवार्य गर्न माग समेत गर्नुभयो । —न्युज एजेन्सी नेपाल


काठमाडौं

बुधबार, मंसिर २६, २०८१

५.१५°

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

रविलाई पोखरा लैजाँदा दुर्व्यवहार नभएको प्रहरीको दाबी

चीन भ्रमणले नेपालमा लगानीका सम्भावनालाई थप बलियो बनायो: अध्यक्ष...

बाबुराम भट्टराई र रवि लामिछानेबीच भेट, राजनीतिक प्रतिशोधको आरोप

१८ महिना सरकार चलाएर देउवालाई सत्ता हस्तान्तरण गर्ने ओलीको...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

‘फेस अफ क्लासिक डाइमन्ड २०२४’ का विजेता घोषणा

फिल्म ‘अग्निदहन’ ले समाजमा व्याप्त भयाबह कुरुतीलाई भयानक प्रहार...

चलचित्र ‘अग्निदहन’ मा महिलामाथिका हिंसाको कथावस्तु

चलचित्र ‘पूर्णबहादुरको सारंगी’को ट्रेलर सार्वजनिक