fbpx

‘हामीले कृषि उत्पादनमा वृद्धि गर्नु नै पर्नेछ, अत्यन्तै मेहनताका साथ हामी त्यो गर्न चाहन्छाैँ’:-डा.वेदुराम भुसाल

author

समाचारपाटी

१ year अगाडि

कृषि तथा पशुपंक्षी विकासमन्त्री डा.वेदुराम भुसालले प्रविधिमार्फत नै कृषि क्षेत्रको प्रगति गर्न सकिने बताउनुभएको छ । 
शुक्रवारबाट शुरु भएको तीन दिने कृषि सम्बन्धी वृहत अन्तर्राष्ट्रिय प्रदर्शनी ‘छैटौं नेपाल एग्रिटेक’ मेलाको उद्घाटन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले प्रविधिको विकासमार्फत कृषि क्षेत्रमा प्रगति हुने इतिहास रहेको बताउनु भयो । उहाँले नेपालले कृषि उत्पादनमा वृद्धि गर्नुपर्ने बेला भइसकेको भन्दै सरकारले कृषि उत्पादनलाई अझ बढाउने गरी काम गरिरहेको बताउनु भयो । उहाँले उत्पादन वृद्धि गर्नका निम्ति उत्पादकत्व वृद्धि गर्नुपर्ने र लागत खर्च घटाउनुपर्ने बताउनु भयो । उहाँले कृषिमा अबका दिन यान्त्रीकरणको महत्व बढ्दै गइरहेको बताउनु भयो । 

उहाँले भन्नुभयो, ‘कृषिमा प्रगति हुने नै प्रविधिको विकासमार्फत हो । आजसम्मको हामीले ढुंगे युगदेखि अहिले आएर जुन खालका अटोमेटिक मेसिनहरुको प्रयोग भएको छ, यो इतिहासलाई हेर्दा यही देखिन्छ । प्रविधिको विकासमार्फत कृषि क्षेत्रमा प्रगति हुन्छ । हामीले कृषि उत्पादनमा वृद्धि गर्नु नै पर्नेछ । अत्यन्तै मेहनताका साथ हामी त्यो गर्न चाहन्छाैँ । उत्पादन वृद्धि गर्नका निम्ति उत्पादकत्व वृद्धि गर्नुपर्छ । लागत खर्च घटाउनुपर्छ । त्यसका निम्ति यान्त्रीकरणको ठूलो महत्व छ । आधुनिक प्रविधिको पनि धेरै ठूलो महत्व छ । यी दुवै कामका निम्ति यो प्रदर्शनीले योगदान गर्नेछ भन्ने मलाई लाग्दछ ।’ 

कार्यक्रममा बोल्दै मन्त्रालयका सचिव डा.रेवतीरमण पौडेलले किसानहरु ठगिने कुरालाई रोक्न जरुरी रहेको बताउनु भयो । उहाँले व्यवसायीहरुको अस्वस्थ प्रतिष्पर्धाका कारण किसानहरु ठगिने गरेको बताउनु भयो । उहाँले कृषि यान्त्रीकरणलाई इमान्दार रुपमा कृषकसमक्ष पुर्याउन जरुरी रहेको बताउनु भयो । 

उहाँले भन्नुभयो, ‘अहिले किसानहरु पनि ठगिने अवस्था आइरहेको हामीले देखिरहेका छौँ । अहिले हाम्रो अस्वस्थ प्रतिष्पर्धा भइरहको छ । इम्पोर्ट र डेलिभरी गर्ने र किसानलाई कतिपय ठाउँमा भिडाउने, कतिपय ठाउँमा हाम्रै सरकारी संयन्त्रहरुमार्फत गरेका कुरामा पनि ओभरसाइड एजेन्सीहरुले त्यसमा कैफियतहरु देखाएर कतिपय हाम्रो साथीहरुलाई पनि अफ्ठ्यारो परिरहेको अवस्था छ । त्यसकारण यो अस्वस्थ प्रतिष्पर्धा पनि उद्योगी, सप्लायर्सबाट हुने गरेको छ । यो कुरा हामीले बिस्तारै हटाउनुपर्छ । हामीले एग्रिकल्चर मेकनाइजेसनको सन्दर्भमा अलिकति इमान्दार तरिकाले अघि बढौँ । यसलाई फैल्याउन आवश्यक छ । बजेटमा अनुदानका कुराहरु बढाउन र यसलाई व्यवस्थित तरिकाले अघि लैजानसक्यौँ भने किसानमाझ धेरै प्रश्तुत गर्न सक्थ्यौँ ।’

शुक्रवारबाट काठमाडौंको भृकुटीमण्डपमा शुरु भएको कृषि सम्बन्धी वृहत अन्तर्राष्ट्रिय प्रदर्शनी माघ १४ गते आईतवारसम्म सञ्चालन हुनेछ । प्रदर्शनीमा स्वदेशी तथा विदेशी कृषि सम्बन्धी कम्पनीहरुका सय भन्दा बढी स्टलहरु रहेका छन् । विशेष गरी कृषिसम्बन्धि भारत र चीनका कम्पनीहरुको स्टल मेला रहेको छ । प्रदर्शनीमा कृषिका विभिन्न विधाहरु कुखुरापालन, माछापालन, बाख्रापालन, गाईभैँसी पालन, डेरी लगायत कृषिका नविनतम औजार, उपकरण, केराखेती, थोपा सिंचाई, विषादी रहित कृषि आदिका बारेमा जानकारी प्राप्त गर्न सकिन्छ ।

न्युज एजेन्सी नेपाल


काठमाडौं

सोमवार, चैत्र १०, २०८१

२४.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

राजनीतिक समाचार

थप देखाउनुहोस्

संविधानप्रति पूर्ण प्रतिवद्ध छौँः नेपाली काँग्रेस

आजबाट प्रेस चौतारीको महाधिवेशन, महाधिवेशनको उद्घाटन शंखर पोखरेलले गर्ने

देश असफलताको दिशामा अग्रसर छ, खबरदारी गरौँः राजेन्द्र लिङदेन

सत्ताको बागडोर सम्हाल्नेको कुकृत्यका कारण लोकतान्त्रिक गणतन्त्र धरापमाः झलनाथ...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

साहित्यकार केसीको ‘हिउँफुल’ सार्वजनिक

काठमाडौं I साहित्यकार उषा  केसीको उपन्यास  हिउँफुल सार्वजनिक भएको छ। शनिबार  काठमाडौँको अनामनगरस्थित डालो रेष्टुरेण्टमा आयोजित पुस्तक विमोचन कार्यक्रममा प्रमुख...

विचार

डा.सन्दुक रूइत : ‘गड अफ लाइट’ 

नेपाली गौरव डा. सन्दुक रूइतले आँखाको मोतिबिन्दु उपचारमा विकसित गरेको सस्तो र सरल प्रविधि “रुइतेक्टोमी” ले विश्वभर लाखौंको दृष्टि फर्काएका...

विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

चितवनमा ‘गजलसँग’ को १०औँ शृङ्खला हुने

लिटिल मिस्टर एण्ड मिस पोखराको दर्ता खुल्ला

वालिङमा ‘व्याक टु नाइन्टिज’को सेकेण्ड एडिसन : दर्शकको अभूतपूर्व...

पोखरामा ‘द्रौपदी’ टोलीसँग पत्रकारको भेट, फिल्म चल्नेमा निर्माण पक्ष...

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन