fbpx

‘समाजमा बढेको नकारात्मकतालाई सञ्चारमाध्यमहरुबाट अन्त्य गर्नुपर्छ’

author

समाचारपाटी

१ year अगाडि

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नकारात्मक भावनाबाट गुज्रिरहेको समाजलाई सकारात्मकतातर्फ लैजान सञ्चारमाध्यमहरुले महत्वपूर्ण भुमिका निर्वाह गर्नुपर्ने आवश्यक्ता देखिएको बताउनुभएको छ ।

आईतवार गोरखापत्र संस्थानको १२३ औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले अहिले समाज नकारात्मकतातर्फ बढी उन्मुख भइरहेको उल्लेख गर्दै सकारात्मकततर्फ लैजान सञ्चारमाध्यमहरुको भुमिका आवश्यक रहेको बताउनु भयो । उहाँले सरकार, सत्ता सञ्चालन गर्नेहरुबाट भएका कामहरुको बारेमा गोरखापत्रले विशेष स्थान बनाउनुपर्ने बताउनु भयो ।

उहाँले सकारात्मक कामहरुलाई व्यवस्थित ढंगले जनतासमक्ष पु¥याउनसके जनतामा सरकार र राज्यप्रति फैलिरहेको नकारात्मक भावनाको अन्त्य हुने बताउनु भयो । उहाँले नागरिकलाई आशावादी बनाउन मिडियाको उल्लेखनीय भुमिका रहने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘अहिलेको हाम्रो समाज अलि बढी नकारात्मक सोचबाट गुज्रिरहेको छ । सरकार, सत्ता सञ्चालन गर्नेहरुबाट जतिपनि कामहरु भएका छन्, नकारात्मक कामहरु, सकारात्मक कामहरुका विषयमा पनि गोरखापत्रले विशेष स्थान बनाउनुपर्छ । गोरखापत्रमा अहिले वर्तमान अवस्थामा सरकारले गरिरहेका जतिपनि सकारात्मक कामहरु छन्, धेरै नै चर्चामा छन् ।

सकारात्मक कामहरुलाई व्यवस्थित ढंगले जनतासमक्ष पु¥याउनसक्ने हो भने जनतामा सरकार र राज्यप्रति फैलिरहेको नकारात्मक भावनाको अन्त्य गर्दै आशावादी बनाउने काममा मिडिया क्षेत्रको महत्वपूर्ण भुमिका छ । हामीले सञ्चार तथा सूचना प्रविधि मन्त्रालय अन्तर्गत विभिन्न सञ्चार क्षेत्रसँग सम्बन्धित ऐन, कानून बनाउने प्रक्रियामा छौँ ।

आम सञ्चार प्रशिक्षण प्रतिष्ठान हामी सबैको मागको विषय छ । यो आवश्यक छ भन्नेकुरा छ, मन्त्रालयले पनि आवश्यक महशुस गरेको छ, त्यसको स्थापनाका लागि आम सञ्चार प्रतिष्ठान ऐन हामीले पहिला पारित गर्नुपर्छ । यसको हामी करिव अन्तिम तयारीमा पुगेका छौँ । आम सञ्चार प्रतिष्ठान गठन गरेर यस क्षेत्रमा सबैको वृत्ति विकासमा हामी निरन्तर प्रयन्तरत छौँ ।’

मन्त्री शर्माले आम सञ्चार प्रशिक्षण प्रतिष्ठान सरकारले पनि आवश्यक रहेको महशुस गरिरहेको र आम सञ्चार प्रतिष्ठान ऐन बनाउने अन्तिम तयारीमा सरकार पुगेको बताउनु भयो ।


काठमाडौं

बुधबार, असार १३, २०८१

२४.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

बजेट सन्तुलित, समन्यायिक र नतिजामूलक छ : प्रधानमन्त्री

प्रधानमन्त्रीलाई काँग्रेस सांसदको प्रश्न : सत्ता ठूलो की मुलुक...

‘काँग्रेस भित्रको फोहोर सफा गर्न आवश्यक छ’

‘सरकारी अस्पतालमा लामो समय कुर्नुपर्ने अवस्था हटाउन उच्चस्तरीय टोली...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

अन्तरजातीय विवाहको कथामा फिल्म ‘ईश्वर’को ट्रेलर सार्वजनिक (भिडियो सहित)

गीतकार प्रमिला बस्नेतको हिन्दी गीत ‘बहुरानी’ सार्वजनिक

नेपाली चलचित्र ‘दान्भी’ को ट्रेलर सार्वजनिक

नेपाली चलचित्र ‘पुजार सार्की’को प्रिमियर शो

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन