fbpx

लौ न प्रधानमन्त्री बनिदिनुपर्यो भनेर प्रचण्डले हप्तामा एक पटक खबर पठाउँछन्ः महामन्त्री गगनकुमार थापा

author

समाचारपाटी

२ महिना अगाडि

नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले नेपाली काँग्रेसलाई हप्तामा एक पटक प्रधानमन्त्री बनिदिन आग्रह गर्ने गरेको बताउनुभएको छ ।


बिहीवार कीर्तिपुरको उपनािर्वचनमा चुनावी सभालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले अध्यक्ष दाहालले हप्तामा एक पटक काँग्रेसलाई प्रधानमन्त्री बन्न आग्रह गर्ने गरेको बताउनु भयो । उहाँले नेपाली काँग्रेस इमान्दारितापूर्वक वर्तमान सरकारलाई तीन वर्षसम्म अघि बढाउन चाहेको बताउनु भाये । उहाँले सरकार तलमाथि गर्ने नभइ आफूहरु परिणाम दिनेगरी काम गरिरहेको बताउनु भयो । उहाँले सरकारलाई स्थिर बनाउन काँग्रेस लागेको बताउनु भयो । 

उहाँले भन्नुभयो, ‘हाम्रो दुश्मन कोही पनि छैन । न प्रचण्ड हाम्रो दुश्मन न त केपी ओली हाम्रो दुश्मन हो । हामी अहिले केपी ओलीसँगै सरकारमा छौँ । हामी इमान्दारितापूर्वक यो सरकारलाई तीन वर्ष लिएर जान चाहन्छाैँ । किनकी हामी सरकार तलमाथि गर्ने काम गर्न चाहँदैनौँ । हामी परिणाम दिन चाहन्छौँ । अहिले भर्खर प्रचण्डले माथि आएर बोलेर जानुभएछ । प्रचण्डले भर्खर भनेर जानुभयो । यो यो कारणले गर्दा सरकार बदलियो । नेपाली काँग्रेस अहिले पनि संसदको सबैभन्दा ठूलो पार्टी हो । अहिले पनि प्रचण्डले हप्तामा एक पटक काँग्रेसलाई खबर पठाउनु हुन्छ, लौ न प्रधानमन्त्री बनिदिनुप¥यो । यो खबर पठाउने काम पहिला अर्कैले गर्दथ्यो । काँग्रेस संसदको सबैभन्दा ठूलो पार्टी हो अहिले पनि । उपद्रो गर्ने हो, चलखेल गर्ने हो भने सरकार तलदेखि माथि लैजाने संख्या काँग्रेससँग छ । प्रधानमन्त्री बन्न नसक्ने भएर हामीले प्रचण्ड र ओलीलाई प्रधानमन्त्री मानेका होइनौँ । यो बेलामा देशलाई स्थिर सरकार दिनेकुरा महत्वपूर्ण हो ।’ 


महामन्त्री थापाले सबै एक भएर बेरोजगारी, गरिबीको बिरुद्धमा लड्न आवश्यक रहेको बताउनु भयो ।

—न्युज एजेन्सी नेपाल


काठमाडौं

शुक्रबार, माघ ४, २०८१

७.१५°

विज्ञापन

तेह्रौ पोखरा महोत्सव – २०८१

https://www.facebook.com/

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

राजनीतिक समाचार

थप देखाउनुहोस्

रविसँगै छुटेका पूर्वडीआईजी अझै काठमाडौंमा हाजिर भएनन्

प्रचण्डको गणतन्त्र दुर्घटनामा पर्ने खतरा भएको टिप्पणी

राष्ट्रपतिद्वारा भूमिसम्बन्धी अध्यादेश जारी

रवि लामिछानेलाई ६० लाख धरौटीमा छाड्न आदेश

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

गायिका मेलिना राई विवाह बन्धनमा बाँधिने, मेलिना राईले गरिन इंगेजमेन्ट

नाटक ‘महासत्व’ टेकुस्थित कौशी थिएटरमा

नेपाली चलचित्र पीताम्बरको टिजर सार्वजनिक

थारू बस्तीहरुमा माघी चहलपहल शुरू