fbpx

शासकीय जिम्मेवारी लिनेहरु संघीयताप्रति उदार बन्न सकेनन्ः महामन्त्री गगनकुमार थापा

author

समाचारपाटी

२ हप्ता अगाडि

नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले सरकारको नेतृत्व गर्ने राजनीतिक दलका शिर्ष नेताहरु संघीयताप्रति उदार बन्न नसकेको बताउनुभएको छ ।

मंगलवार ललितपुरमा संघीयता सबलीकरणको कसीमा प्रदेशका सवालहरु विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै महामन्त्री थापाले यस्तो बताउनुभएको हो । उहाँले शासकीय जिम्मेवारी लिने राजनीतिक दलका नेताहरु सघीयताप्रति उदार हुन नसक्दा अहिलेको परिणाम आएको बताउनु भयो । उहाँले संघीयताप्रति अनुदार भएर विकासका कामहरु हुन नसक्ने बताउनु भयो । महामन्त्री थापाले संघीयतासम्बन्धी बन्न नसकेका कानून बनेनन् भने सरकारबाट बाहिरिन्छु भन्नेकुरा नयाँ र क्षेत्रीय दलहरुले समेत भन्न नसकेको बताउनु भयो । उहाँले सबैलाई सरकारमा बस्नका लागि शर्त नराखिकन अघि बढ्ने गरेको बताउनु भयो । उहाँले शासन गर्ने ठाउँमा गइसकेपछि अधिकार मुठीमा लिनेगरी सोच बनाइने गरेको बताउनु भयो । 

उहाँले भन्नुभयो, ‘हामी राजनीतिक दलका नेताहरु, म पनि हो त्यसमा । जसले जसले यो शासकीय जिम्मेवारी लिन्छौँ । हामी कोही पनि संघीयताप्रति उदार छैनौँ । हामी एकदमै अनुदार छौँ । हाम्रो यसमा रुची छैन । हामी यसलाई यसैबाट अघि बढाउँछौँ भन्ने छैन । मैले नयाँ दल पनि हेरेँ । मैले यो क्षेत्रीय दलहरु पनि हेरेँ । सँगै सरकारमा पनि बस्यौँ । जसले बाहिर जेजे भने पनि भित्र सरकार चलाउने बेला कसैले पनि शर्त राख्दैन । संघीय निजामति विधेयकमा, संघीय प्रहरी विधेयकमा । निजामति विधेकय र प्रहरी विधेयक पारित नहुने भए म सरकारबाट बाहिरिन्छु भनेर मैले आजसम्म कसैले भनेको सुनेको छैन । कसैले भन्दैन । सबैले बाहिर भन्छन्, सरकार चलाउने ठाउँमा गइसकेपछि त्यो सबै जना हामी अधिकारलाई कसरी मुठीमा राखिराख्ने भन्ने नै हुन्छौँ । सबै मिल्छौँ हामी । यसले गर्दा दुर्घटना हुने भयो । संघीयता नेपालमा अनवरत चल्छ । प्रदेशहरु रही नै राख्छन् । यो संवैधानिक व्यवस्थाको सबै हामी पक्षमा छौँ । तर हामी प्रदेशहरुलाई, सिंगो संघीय व्यवस्थालाई स्थानीय सरकार पनि यो भित्र पर्छ । हामी यसलाई फङ्सनल बनाउनेवाला भएनौँ अब । यसलाई प्रभावकारी बनाउने भएनौँ । रिजल्ट ओरियन्टेट बनाउने भएनौँ । यसबाट परिणाम नआउने भयो । ’


महामन्त्री थापाले नतिजा राम्रो नआएपछि सबैले प्रदेशलाई भारी बोकाउने गरेको बताउनु भयो । प्रदेश र स्थानीय सरकारलाई दिने अधिकार दिनुपर्छ भनेर नै अहिलेको सरकारले काम गरिरहेको बताउनु भयो ।

—न्युज एजेन्सी नेपाल

प्रतिक्रिया दिनुहोस्

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।


काठमाडौं

आइतवार, माघ ६, २०८१

२२.९६°

विज्ञापन

तेह्रौ पोखरा महोत्सव – २०८१

https://www.facebook.com/

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

डा. निकोलस भुसाल ५० हजार धरौटीमा छुटे

सरकारले संसद् छली अध्यादेश ल्याएकोमा दलहरूको आपत्ति

निर्माण व्यवसायीका समस्या सम्बोधन गर्न सरकारलाई १५ दिने अल्टिमेटमु

एमालेको कारबाहीपछि भीम रावल धनगढीमा ओलीविरुद्ध नाराबाजी

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

ज्योतिराज राईको ‘नाक्छोङ’ ले मोरङबाट थाल्यो छायांकन

गायिका मेलिना राई विवाह बन्धनमा बाँधिने, मेलिना राईले गरिन इंगेजमेन्ट

नाटक ‘महासत्व’ टेकुस्थित कौशी थिएटरमा

नेपाली चलचित्र पीताम्बरको टिजर सार्वजनिक