दलित माथिको विभेद अन्त्य गर्न अन्य वर्गले विवेक र चेतना पुर्याउनु पर्छ :- मन्त्रीअजयकुमार चौरसिया

author

समाचारपाटी

७ दिन अगाडि

कानून, न्याय तथा संसदीय मामिला मन्त्री अजयकुमार चौरासियाले विवेक र चेतना पुर्याएर दलितमाथिको विभेद अन्त्य गर्नुपर्ने बताउनुभएको छ ।


शुक्रवार ६७ औँ कानून दिवसको अवसरमा दलित लाइभ म्याटरले आयोजना गरको ‘जस्टिक समिट २०२५’ को समापन कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले कानूनी कारबाहीले मात्रै दलितमाथिको विभेद अन्त्य नहुने बताउनु भयो । समाजका अन्य वर्गले समानताको व्यवहार गरे मात्रै जातीय विभेद अन्त्य हुनसक्ने उहाँको भनाइ छ । उहाँले नयाँ संविधान निर्माण भएसँगै छुवाछुत लगायत लैंगिक विभेद अन्त्य गर्न धेरै प्रयास भएपनि निर्मूल पार्न नसकिएको बताउनु भयो । उहाँले संविधानमा उल्लेखित दलित तथा मौलिक अधिकारका बारेमा कानून निर्माण गर्न अध्ययन भइरहेको बताउनु भयो । 
उहाँले भन्नुभयो, ‘हामी हाम्रो समाज भित्र भएका छुवाछुतलगायत प्रत्येक किसिमका विभेद खास गरेर दलितसँग हुने समाजमा व्याप्त छ विभेद यसलाई हामीले निर्मूल पार्न सकेका छैनौँ । न्युन भएको छ । हामीकहाँ अनेक प्रयासहरु समय समयमा भएको छ, उत्पीडनको खिलापमा कतिपय कानून बनेको छ । वर्तमान संविधान जारी भएपछि तत्कालिन प्रधानमन्त्री शुशिल कोइरालाले एउटा विधेयक दर्ता गराउनुभएको थियो संसदमा, त्यो कानून पास भएपछि देशैभरीका दलित, महिला मधेशी, मुश्लिमले आरक्षण पाएका छन् । सरकारी र गैरसरकारी जागिरमा । अहिले पनि कतिपय धारा २४ देखि ४० सम्मको जुन व्यवस्था छ संविधानमा, महिला दलित र मौलिक अधिकारको हकमा । ति कानूनहरु बनाउन हामी अध्ययन गरी रर्दैछौँ, त्यो बनाउने काम हुन्छ ।  दलितमाथि विभेद भयो, महिलामाथि विभेद भयो अन्यमाथि विभेद भयो । यसमा हामीमा चेतनाको कमी छ । समाजका अन्य वर्गले विवेक र चेतना पु¥याएन भने यो रोकिँदैन । खाली कानून बनाएर कारबाही गरेर भन्दा पनि एकअर्काप्रति समान गर्न सक्नु पर्छ । विभेदलाई हामीले अन्त्य गर्न सक्नुपर्छ ।’


मन्त्री चौरासियाले दलित समुदायसँग सम्बन्धित सवालहरुमा सरकार गम्भीर रहेको बताउनु भयो । सरकारले छुवाछुत र जातीय विभेद अन्त्य गर्न  नीतिगत र कानूनी प्रतिवद्धता व्यक्त गरेको उहाँको भनाइ छ । उहाँले दलितमाथिको विभेद अन्त्य नभइ लोकतान्त्रिक व्यवस्तालाई बलियो बनाउन नसकिने बताउनु भयो ।

–न्युज एजेन्सी नेपाल

प्रतिक्रिया दिनुहोस्

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।


काठमाडौं

शुक्रबार, जेष्ठ ३, २०८२

२८.७२°

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

राजनीतिक समाचार

थप देखाउनुहोस्

लोकतन्त्र र व्यवस्था विरोधी गलत सामग्री रोक्न दूरसञ्चार सेवा...

सरकारले वातावरण बनाइदिए दश वर्षमा मुलुकको कायापलट हुन्छः उमेश...

सरकारले नीति तथा कार्यक्रममै जनताको अभिव्यक्तिलाई निस्तेज पार्ने काम...

संक्रमणकालीन न्याय छिटो टुंग्याउनुपर्नेमा काँग्रेसको जोड

विचार/विविधा

थप देखाउनुहोस्
विचार

कविता :सब ठीक छ

सब ठीक छ, अझै पनि घाम पूर्वैबाट उदाउँछ, अझै पनि चन्द्रमा रातभरि मुस्काइरहन्छ, अझै पनि बाटो उस्तै उकालो छ, र...

विचार

कविता : एक भारी गर्हुङ्गो जिन्दगी

पोहोर पनि यसै भनेको थिएजब पुरानो सालसँग युद्द गरेर फर्कदै थियो नयाँ वर्षभनेको थिए वर्षौदेखी मेरा प्रगति पर्खिरहेका आखाँमाएक चिम्टी...

विचार

‎नेपाल: सबै जातजातिको साझा फूलबारी हो?

‎‎हिन्दुराज्य देखि धर्मनिरपेक्षतासम्म: नेपालमा लामो समयसम्म इतिहासमा एउटै सम्प्रदायको वर्चस्व रहँदै आयो।पृथ्वीनारायण शाहको समय देखि नै हिन्दु धर्मकै आधारमा राज्य...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

पुर्खाको थलो : जेठ ३ गते पोखरामा प्रदर्शन, हङकङ,...

गुणस्तरीय संगीतको समृद्ध विरासत निर्माण गर्ने उद्देश्यले स्थापना भएकाे...

चलचित्र ‘उनको स्विटर’को प्रिमियरः नेता र कलाकार भन्छन्‘हेर्न नछुटाउनुस्’

‘नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव स्कटल्याण्ड’का लागि चलचित्र आव्हान