fbpx

महिला सशक्तिकरण सोच, व्यवहार र प्रश्तुतिमा देखिनुपर्छः परराष्ट्रमन्त्री डा. आरजु राणा

author

समाचारपाटी

२ हप्ता अगाडि

परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले महिला सशक्तिकरण सोच, व्यवहार र प्रस्तुतिमा देखिनुपर्ने बताउनुभएको छ ।शनिवार ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा नेपाली काँग्रेस पार्टी कार्यालय सानेपामा आयोजित कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो । उहाँले परिवारमा महिलाको आवाज महत्वपूर्ण छ कि छैन भनेर खोजी गर्ने समय आएको बताउनु भयो । उहाँले महिलाले आफ्नो अधिकार आत्मविश्वासका साथ सदुपयोग गर्नुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘परिवारमा पनि महिलाको अवाज कति महत्वपूर्ण छ कि छैन ? पूजाआजालगायत सामाजिक कार्यमा महिलाले भनेको कुरा सुनिन्छ । तर अरु आर्थिक कुराहरु, घरका बारेमा, कुनै बच्चाको पढाईका बारेमा महिलाको अवाज सुनिन्छ कि सुनिदैन ?  त्यो भित्र पनि महिलाले आफूलाई खोज्ने र आफूलाई राख्ने प्रयास गर्नुपर्छ । समाजमा, हाम्रो कम्युनिटीमा र देशमा यो सशक्तिकरण भन्ने कुरा हामीलाई हातमा दिनेबित्तिकै प्राप्त गर्ने र टोपी लगाएको जस्तो दौडिने कुरा होइन । यो भित्रैदेखि आफ्नो व्यवहार, आफ्नो सोच र आफ्नो प्रस्तुतिमा आउने कुरा हो र आत्मविश्वासको कुरा हो ।’


परराष्ट्रमन्त्री डा. राणाले समानताको हिसावले महिलाले प्राप्त गरेको अधिकार आफूले उपभोग गरेको अनुभुति हुनु पर्ने बताउनुभयो । महिलाहरुले आफूप्रति सम्मान र आत्मविश्वाससहित अघि बढ्नु पर्नेमा जोड दिनुभयो ।

–न्युज एजेन्सी नेपाल


काठमाडौं

मङ्लबार, चैत्र ११, २०८१

१३.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

राजनीतिक समाचार

थप देखाउनुहोस्

संविधानप्रति पूर्ण प्रतिवद्ध छौँः नेपाली काँग्रेस

आजबाट प्रेस चौतारीको महाधिवेशन, महाधिवेशनको उद्घाटन शंखर पोखरेलले गर्ने

देश असफलताको दिशामा अग्रसर छ, खबरदारी गरौँः राजेन्द्र लिङदेन

सत्ताको बागडोर सम्हाल्नेको कुकृत्यका कारण लोकतान्त्रिक गणतन्त्र धरापमाः झलनाथ...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

साहित्यकार केसीको ‘हिउँफुल’ सार्वजनिक

काठमाडौं I साहित्यकार उषा  केसीको उपन्यास  हिउँफुल सार्वजनिक भएको छ। शनिबार  काठमाडौँको अनामनगरस्थित डालो रेष्टुरेण्टमा आयोजित पुस्तक विमोचन कार्यक्रममा प्रमुख...

विचार

डा.सन्दुक रूइत : ‘गड अफ लाइट’ 

नेपाली गौरव डा. सन्दुक रूइतले आँखाको मोतिबिन्दु उपचारमा विकसित गरेको सस्तो र सरल प्रविधि “रुइतेक्टोमी” ले विश्वभर लाखौंको दृष्टि फर्काएका...

विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

चितवनमा ‘गजलसँग’ को १०औँ शृङ्खला हुने

लिटिल मिस्टर एण्ड मिस पोखराको दर्ता खुल्ला

वालिङमा ‘व्याक टु नाइन्टिज’को सेकेण्ड एडिसन : दर्शकको अभूतपूर्व...

पोखरामा ‘द्रौपदी’ टोलीसँग पत्रकारको भेट, फिल्म चल्नेमा निर्माण पक्ष...

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन