जलवायु परिवर्तन अब कुनै क्षेत्र वा देश विशेषको रहेनः परराष्ट्रमन्त्री डा आरजु राणा

author

समाचारपाटी

१ महिना अगाडि

परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले जलवायु परिवर्तन अब कुनै क्षेत्र वा देश विशेषको नभएको बताउनुभएको छ । 


काठमाडौंमा शुक्रवारदेखि शुरु भएको सगरमाथा संवाद कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले जलवायु परिवर्तनको मुद्दा अब विश्वको समस्या भएकाले यसले सिंगो मानवतालाई नै संकटमा पारिरहेको उल्लेख गर्नुभयो । विश्वव्यापी संकटसँग जुध्नका लागि कुनैपनि देशको आफ्नो एक्लो प्रयास पर्याप्त नभएको मन्त्री राणाको भनाइ छ । उहाँले संयुक्त र सामुहिक प्रयासका साथ अघि बढ्नुपर्ने आवश्यकता रहेको जिकिर गर्नुभयो । अब विश्वले नै जलवायु परिवर्तनका समस्याहरुको पहिचान र तिनको निदानका लागि संयुक्त प्रयास गर्न आवश्यक रहेको बताउनु भयो । जलवायु परिवर्तनबाट नेपाल र विश्वकै वातावरण हाल जोखिममा रहेको भन्दै मन्त्री डा. राणाले इमान्दार संवाद र प्रभावकारी कार्यको अभावले मानवताको भविष्यलाई पनि ठूलो खतरामा पार्नसक्ने बताउनु भयो । मन्त्री डा. राणाले नेपालले हालैका वर्षहरूमा विनाशकारी तथा श्रृंखलाबद्ध गम्भीर मौसमी समस्याहरु भोगिरहेको बताउँदै बाढी र हिमनदी विस्फोटन, खडेरी, पानीको अभाव र वन डढेलोजस्ता समस्याले देशभर ठूलो क्षति भएको बताउनु भयो ।

—न्युज एजेन्सी नेपाल


काठमाडौं

शनिबार, असार ७, २०८२

२४.०३°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

कर्मचारीको तलब कम हुँदा भ्रष्टाचार बढ्योः सांसद अमनलाल मोदी

जसपा, नेपालको केन्द्रिय कार्यकारिणी समितिको बैठक शुरु

राष्ट्रिय स्वतन्त्र पार्टीको कालो वस्त्र र नीलो रिबनबारे प्रधानमन्त्रीको...

उपेन्द्र यादवलाई प्रदीप यादवको चुनौतिः मन्त्री भएर मेरो क्षेत्रमा...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

जन्मैदेखि विभेदमा महिला 

नेपालमा मात्रै नभएर विश्वभरी नै हेर्ने हो भने महिलाहरू पुरुषको तुलनामा पिछडिएको नै देखिन्छ। महिलालाई विभेद भ्रुण अवस्थादेखि नै भएको...

विचार

कविता :सब ठीक छ

सब ठीक छ, अझै पनि घाम पूर्वैबाट उदाउँछ, अझै पनि चन्द्रमा रातभरि मुस्काइरहन्छ, अझै पनि बाटो उस्तै उकालो छ, र...

विचार

कविता : एक भारी गर्हुङ्गो जिन्दगी

पोहोर पनि यसै भनेको थिएजब पुरानो सालसँग युद्द गरेर फर्कदै थियो नयाँ वर्षभनेको थिए वर्षौदेखी मेरा प्रगति पर्खिरहेका आखाँमाएक चिम्टी...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

फिल्म ‘रङ डेस्टिनेशन २’को गीत ‘ब्रेक डान्स’ सार्वजनिक

हिन्दी गीतको भिडियोमा टिकटक स्टार एआरके र सदीक्षा थापा...

पोखरामा देवेन्द्र केसी ‘देवु’ गजल साँझ

आश्रम गुरुङ र रुपी सिङ्जाली मगरको स्वरमा “खाडी छिर्ने...

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन