कृषि तथा पशुपंक्षी विकासमन्त्री रामनाथ अधिकारीले हिमाली क्षेत्रमा याक र चौँरी पालन संरक्षण र प्रवद्र्धनमा संगठित प्रयास गर्नुपर्ने बताउनुभएको छ ।
याक दिवसको अवसरमा ललतिपुरमा आयोजित कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो । उहाँले पछिलो समय जलवायु परिवर्तन तथा युवापुस्ताको बसाईंसराई जस्ता कारणले याक र चौँरी पालन घट्दो अवस्थामा रहेको बताउनु भयो । उहाँले हिमाली क्षेत्रमा बसोबास गर्ने समुदायको आर्थिक आयआर्जनको प्रमुख स्रोत चाँैरी पालन भएको बताउनु भयो । चौरीको दूधबाट बन्ने छुर्पी, छेनालगायतका वस्तु हिमाली क्षेत्रका समुदायको खानपानको मेरुदण्ड भएको उहाँको भनाइ छ । याक र चौरी पर्यटन प्रवद्र्धनको समेत आकर्षण केन्द्र भएको बताउनु भयो । उहाँले याकको छाला र पुच्छरबाट निर्माण हुने वस्तुहरु विदेशमा निर्यात गरेर विदेशी मुद्रा आर्जन गर्न सकिने बताउनु भयो । उहाँले चौरी पालनले हिमाली समुदायको आयआर्जन, खाद्य पोषण सुरक्षा, प्राङ्गारिक खेती, वातावरण सन्तुलन लगायतमा महत्वपूर्ण योगदान गरेको बताउनु भयो । याक र चौँरी नेपालको पहिचान, गौरव र धरोहर भएको उहाँको भनाइ छ ।
उहाँले भन्नुभयो, ‘कठोर हिमाली परिवेशमा पनि सहजै अनुकुलन गर्नसक्ने सिमित आहार र प्रतिकुल मौसमका बाबजुत उत्पादन दिन सक्ने र गोठालासँग जीवन बाँड्दै दिनरात चरणमा घुम्ने याक चौँरी हाम्रा पहिचान, गौरव र धरोहर हुन् । नेपालको हिमाली क्षेत्रले देशको करिव ३५ प्रतिशत भूभाग ओगटेको छ । त्यहाँ बसोवास गर्ने समुदायको जीविकोपार्जनको मुल आधार नै याक चौँरी पालन हो । हिमाली जनजीवनमा याक चौरँी बहुउपयोगी पशु हुन् । नाकको दुध र त्यसबाट बन्ने छुर्पी, छेनालगायतका परिकार हिमाली समुदायको खानपानको मेरुदण्ड हो । तिनका अलावा याकको छाला र पुच्छरबाट बन्ने वस्तुहरुसमेत निर्यातको प्रचुर सम्भावना बोकेका उत्पादनहरु हुन् । याक पर्यटन प्रवद्र्धनको पनि आकर्षणको केन्द्र बनेका छन् । तिनले सामान ढुवानीदेखि खेतबारी जोत्नेसम्मका कार्यमा सहयोग पु¥याइरहेका छन् । अझ भन्नुपर्दा याक र चौँरी बिनाका हिमाली पारिस्थितिक प्रणाली अपुरो हुनेकुरा पनि हामीले अध्ययन गर्नुपर्ने जरुरी देखिन्छ । याक चौँरी पालनले हिमाली समुदायको आयआर्जन, खाद्य पोषण सुरक्षा, प्राङ्गारिक खेती र वातावरण सन्तुलनमा महत्वपूर्ण योगदान पु¥याइरहेका कुरा यहाँहरुको बीचमा निवेदन गर्न चाहन्छु । तर दुःखको कुरा पछिल्लो समयमा नेपालको याक चौँरीको संख्या घट्दो क्रममा छ । यस अवस्थाको पछाडी धेरै कारणहरु हुन सक्छन् । हामीलाई जानकारी नहुन पनि सक्छ । भौगोलिक अवस्थिति, भौगिलिक चुनौति, युवा पुस्ताको बसाईंसराई चरण क्षेत्रको अभाव, प्रजनन्सम्बन्धि समस्या, जंगली जनावरको आक्रमण, जलवायु परिवर्तन जस्ता विविध विषय हुन सक्छन् । अब हामीले याक र चौँरी पालनको संरक्षण र प्रवद्र्धनमा संगठित प्रयास गर्नु जरुरी भएको छ ।’
कृषि तथा पशुपंक्षी मन्त्रालयका सचिव डा. राजेन्द्रप्रसाद मिश्रले नेपालमा शुरु गरिएको याक दिवसलाई अन्तर्राष्ट्रिय दिवस बनाउनुपर्ने बताउनु भयो । उहाँले याक तथा चाँैरी पालन गर्ने देशहरुको साझा संस्कृति र साझा सम्पतीको रुपमा विकास गर्नुपर्ने बताउनु भयो । उहाँले याक पालनलाई सम्बन्धित देशहरु नेपाल, भारत, चीन तथा भूटानले आन्तर्राष्ट्रिय सरोकारको विषय बनाउनुपर्नेमा जोड दिनुभयो । दिवस मनाउँदा याक पालन क्षेत्रमै गएर मनाउनुपर्ने उहाँको भनाइ छ ।
उहाँले भन्नुभयो, ‘यसलाई अन्तर्राष्ट्रिय याक दिवसको रुपमा शुरु गरिसकेका छौँ । र हामी याक पाल्ने जति पनि देशहरु छौँ एउटा साझा दिनको रुपमा यसैलाई घोषणा गरेर जाऔँ वैशाख ७ गते, अप्रिल २० लाई याक दिवसको रुपमा घोषणा गरेर जाऔँ । र आजको यस पहिलो याक दिवसले यो पनि निर्णय गरोस् हामी सबै देशलाई अनुरोध गरेर पठाउँछौँ कि यो दिनलाई अन्तर्राष्ट्रिय याक दिवसको रुपमा हामी सबैले मनाऔँ । र हिमाली साझा संस्कृति साझा सम्पतिको रुपमा यसलाई संरक्षण गरौँ भन्नेकुरा पनि यस समारोहले घोषणा गरोस् भन्ने मन्त्रालयको तर्फबाट अनुरोध गर्न चाहेँ । ताकि अर्को पटक हाम्रो जमघट हुँदा अन्तर्राष्ट्रिय दिवस नै भइसक्यो सबै याक पालन गर्ने देश भएका छौँ भने अर्को पटक याक दिवस मनाउँदा कुनैबेला हिमाञ्चलमा मनाऔँला, कुनैबेला अरुणाञ्चलमा मनाऔँला, कुनैबेला भूटानमा मनाऔँला, कुनैबेला माथि तिब्बतमा मनाऔँला ताकि हामीले यसलाई अन्तर्राष्ट्रिय सरोकारको विषयमा रुपान्तरण गर्नसकौँ ।’
याकप्रतिको आकर्षण बढाउन तथा जैविक तथा आर्थिक महत्व उजागर गर्न सरकारले वैशाख ७ गतेलाई याक दिवस घोषणा गरेको थियो ।
–न्युज एजेन्सी नेपाल