जलवायु परिवर्तनको नाममा अब लोन होइन ग्राण्ड लिने होः मन्त्री डा.वीरेन्द्रप्रसाद महतो

author

समाचारपाटी

२ years अगाडि

कृष्णा पौडेलःयुएई/दुबई/न्युज एजेन्सी नेपाल जलवायुजन्य विपद्मा नेपाल जस्ता कम विकसित र साना देश बढी पीडित बनेका छन् । संयुक्त अरब इमिरेट्सको दुबईमा जारी विश्व जलवायु सम्मेलनमा यसबारे धेरै छलफल भएको छ । जलवायुजन्य हानी नोक्शानीको लेखाजोखा हुने सहमति पनि जुटेको छ । यसले नेपालजस्तो जलवायुजन्य विपद्को चपेटामा रहेको देशलाई प्रत्यक्ष फाइदा पुग्नेछ । नेपालले पनि सम्मेलनमा ६ वटा प्राथमिकता क्षेत्र र वार्ताको लागि विषय तय गरेर निरन्तर छलफल गरिरहेको छ । सम्मेलनमा सहभागी हुनुभएका वन तथा वातावरणमन्त्री डा.वीरेन्द्रप्रसाद महतोले नेपाल जलवायुजन्य समस्या न्युनिकरण गर्ने कार्यक्रम सञ्चालन गर्न ऋण भन्दा पनि अनुदान र क्षतिपूर्ति पाउने गरी विभिन्न विषयका वार्तामा अडान राखिरहेको बताउनु भयो । सम्मेलनको पहिलो साताको अन्त्यसम्म समिक्षा गर्दा कुनैपनि ठोस सहमति नभएपनि आगामी हप्तामा धेरै उपलब्धि हासिल हुने मन्त्री महतोले बताउनु भयो । नेपालले जलवायु वित्तमा निःशर्त पहुँच पाउनुपर्छ भनेर निरन्तर दबाब बढाइरहेको पनि मन्त्री महतोले बताउनु भयो । प्रश्तुत छ वन तथा वातावरणमन्त्री डा. वीरेन्द्रप्रसाद महतोसँग न्युज एजेन्सी नेपालले जलवायु सम्मेलनस्थल दुबईमा गरेको अन्तर्वार्ताको सम्पादित अंश । 

प्रश्नः जलवायु परिवर्तन सम्बन्धी सम्मेलनमा अहिलेसम्म के प्रगति भयो ?

उत्तरः यसपालिको कोप २८ मा नेपालले आफ्नो मुद्दालाई स्थापित गर्न सकेको छ । युएनकै महासचिव नेपालमै गएर हिमालबाटै संसारको ध्यानाकर्षण गराउनु भयो । कोपमा भनाई राख्दा पनि नेपालको बारेमा चर्चा गर्नुभएको थियो । हाम्रो सम्माननीय प्रधानमन्त्रीज्युले पनि तिनै कुराहरु दोहोर्याउँदा विश्वको ध्यान खिचेको छ । यसपालिको उपलब्धि भनेको कोपमा विभिन्न देश र संस्था, पार्टनरसँग आफ्ना कुरा राख्न पाएका छौँ । उहाँहरुले हाम्रा कुरालाई गम्भीर रुपमा लिएको अनुभव भइरहेको छ ।

प्रश्नः नेपालले ल्याएको ६ वटा विषयगत एजेण्डामा कसरी समन्वय भइरहेको छ ?

उत्तरः हामीले विभिन्न संस्थाहरु,पार्टनरसँग आफ्नो कुरा राखिरहेका छौँ । यसपटक हामीले प्रभावकारी रुपमा नेगोसिएशनमा भाग लिइरहेका छौँ । हामीले निःशर्त जलवायु वित्त पाउनु पर्छ भन्ने एउटै आवाज छ र यो हाम्रो अधिकार हो । हामीले जलवायु अनुकुलनमा थप प्रतिवद्धता र कार्यान्वयन,कृषि र खाद्य सुरक्षा, जलवायु वित्त, हानी तथा नोक्शानी, पर्वतीय राष्ट्रहरुका समस्याको पहिचान र सम्बोधन लगायत हामीले अघि सारेका मुद्दाहरुमा प्रभावकारी ढंगले आफ्ना कुरा राखेका छौँ । आफ्ना मुद्दामा हामीले सबैको ध्यान आकर्षण गर्न सकेका छौँ ।

प्रश्नः जलवायु वित्तमा नेपालको पहुँच मुख्य विषयको रुपमा अघि सरेको छ, यसबाट नै हामीले न्युनिकरण र अनुकुलनको काम गर्ने हो, यसमा हाम्रो समन्वयकै कुरा छ, कसरी अघि बढेको छ ?

उत्तरः हामीले हालै वल्र्ड बैंक लगायतसँग प्रभावकारी ढंगले कुरा राखेका छौँ । उहाँहरुलाई हामीले अहिलेसम्म जलवायु परिवर्तनमा नेपालले केही पनि पाउन नसकेको कुरा बताएका छौँ । जबकी हामीले हरेक प्रतिवद्धतालाई अरु देशहरु भन्दा राम्रोसँग पालना गरेका छाँै । हामीले किन पाइरहेका छैनौँ र हामीले पाउनुपर्ने दाबीमा किन पछि परिरहेका छौँ भन्दा यो कुरा हामीले उहाँहरुसामु तथ्यांकसहित  राखेका छौँ । त्यसकारण यसपालि नेगोसिएशनमा हामीले पाउनुपर्ने र दाबी गर्नुपर्ने कुराहरुलाई प्रभावकारी रुपमा गरेका  छौँ । तत्काल केही भन्न सकिँदैन तर मलाई लाग्छ, यसपालि नेपालको उपलब्धि राम्रो हुन्छ ।

प्रश्नः हामी जलवायुजन्य विपद्को बहुआयामिक जोखिममा छौँ, यसको न्युनिकरणका लागि अनुकुलन र क्षतिपूर्तिमा काम गर्नुपर्नेछ, तर त्यसमा पर्याप्त बजेट छैन, ग्रिन फाइनान्समा हिस्सेदारी चाहियो भन्ने विज्ञहरुको आवाज छ, यसमा कुनै काम भएको छ  ?

उत्तरः यसमा उपलब्धि भन्दा पनि हामीले जायज कुराहरु राखेका छौँ । जलवायु परिवर्तन अहिले संसारकै एजेण्डा हो । हाम्रो नेपाल मात्रै होइन, संसारका धेरै देशहरु यसबाट प्रभावित भएका छन् । थुप्रै देशको यसमा ध्यानाकर्षण भएको छ । सबै देशहरु एउटै भनाइ र चिन्तनमा छन् । त्यसकारण यसपालि इंग्ल्याण्डकै प्रधानमन्त्रीले बोल्दा पनि अरु देशका प्रधानमन्त्रीले बोल्दा पनि राम्रोसँग प्रतिवद्धता जनाउनुभएको छ । नेपालमा जलवायु परिवर्तनले गरेको असर न्युनिकरणका लागि पर्याप्त बजेट छैन । सरकारले पनि त्यसमा ध्यान पुर याउन सकिरहेको छैन । यसमा सरकारको तर्फबाट पनि केही बजेट छुट्याउन सक्नुपर्छ । अब जलवायु परिवर्तनको बारेमा ऋण लिने दिन गयो । अब हामी ऋण लिँदैनौँ । यसमा हामी ग्राण्ड लिन्छौँ । ग्राण्डमा पनि हामीले सानोतिनो टालटुले काम गरिदिन्छौँ भन्नेकुरामा पनि फोकस गरेका छैनौँँ । हामीलाई ठोस प्रोजेक्ट चाहियो ।

प्रश्नः जलवायुजन्य विपद् तथा अनुकुलनका लागि आवश्यक पर्ने बजेट पनि सार्वजनिक गरिसकेका पनि छौँ, यसभित्र सरकार के काम गर्न चाहन्छ त ? प्रोजेक्ट बनिसकेको छ ?

उत्तरः मन्त्रालयले त सबैकुरा बनाइसकेको छ । मन्त्रालयले यसपालि धेरै अघिदेखि कोपको तयारी गरेको थियो । छ । हामीले कुनकुन मुद्दामा दाबी गर्ने भन्ने स्पष्ट रुपमो राखिरहेका पनि छौँ । नेपाललाई संसारले नै देख्ने किसिमको प्रोजेक्ट चाहिन्छ, त्यो प्रोजेक्टका लागि वल्र्ड बैंक, एडिभीसँग पनि कुरा गरेका छौँ। उहाँहरुको पनि ध्यानाकर्षण गराएका छौँ । पार्टनरहरुबाट प्रतिवद्धता पाएका छौँ ।

प्रश्नः नेपाललाई जलवायु परिवर्तन न्युनिकरणमा विश्वस्तरको राजनीतिक पतिवद्धता कस्तो पाउनु भयो ?

उत्तरः यस सम्मेलनमा विभिन्न मन्त्रालयका मन्त्रीज्युहरु पनि सहभागी हुनुभयो, आफ्नो प्लेटफर्मममा उहाँहरुले पनि आफ्नो कुरा राख्नुभयो । राजनीतिक रुपमा पनि एउटै आवाज र एजेण्डा उठाएका छौँ, संसारलाई ध्यानाकर्षण गराएका छौँ भने सबै मन्त्रालयबाट दाबीहरुमा एउटै किसिमको प्रश्तुती दिएका छौँ । त्यसैले यसमा कुनै किसिमको राजनीति भन्दा पनि प्राविधिक रुपमा पाउनुपर्ने कुरामा सबैजना सहमत छौँ र सबैको एउटै आवाज भएको हुनाले हाम्रो कुरा कोपले सुन्नैपर्ने हुन्छ र त्यही सुनाउन लागि परेका छौ । यसपालि नेपालको राम्रै उपलब्धि हुन्छ ।


काठमाडौं

बुधबार, असार ११, २०८२

२२.८४°

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

राजनीतिक समाचार

थप देखाउनुहोस्

सुनचाँदी, रत्न आभूषण व्यवसायीहरुको मर्काबारे अध्ययन गर्न उपसमिति बनाऔँः...

सरसफाइलाई राष्ट्रिय प्राथमिकतामा राख्न सबै राजनीतिक दलहरूले प्रतिवद्धता जाहेर...

ऊर्जा मानव जीवनको लागि अक्सिजन सरहः ऊर्जामन्त्री खड्का

अपराधी गिरोहसँग सरकारको साँठगाँठ रहेको रास्वपा सांसद नेपालीको आरोप

विचार/विविधा

थप देखाउनुहोस्
विचार

जन्मैदेखि विभेदमा महिला 

नेपालमा मात्रै नभएर विश्वभरी नै हेर्ने हो भने महिलाहरू पुरुषको तुलनामा पिछडिएको नै देखिन्छ। महिलालाई विभेद भ्रुण अवस्थादेखि नै भएको...

विचार

कविता :सब ठीक छ

सब ठीक छ, अझै पनि घाम पूर्वैबाट उदाउँछ, अझै पनि चन्द्रमा रातभरि मुस्काइरहन्छ, अझै पनि बाटो उस्तै उकालो छ, र...

विचार

कविता : एक भारी गर्हुङ्गो जिन्दगी

पोहोर पनि यसै भनेको थिएजब पुरानो सालसँग युद्द गरेर फर्कदै थियो नयाँ वर्षभनेको थिए वर्षौदेखी मेरा प्रगति पर्खिरहेका आखाँमाएक चिम्टी...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

फिल्म ‘रङ डेस्टिनेशन २’को गीत ‘ब्रेक डान्स’ सार्वजनिक

हिन्दी गीतको भिडियोमा टिकटक स्टार एआरके र सदीक्षा थापा...

पोखरामा देवेन्द्र केसी ‘देवु’ गजल साँझ

आश्रम गुरुङ र रुपी सिङ्जाली मगरको स्वरमा “खाडी छिर्ने...