fbpx

मन्त्री डिगबहादुर लिम्बुको नेतृत्वमा १२ वर्षपछि नेपाल स्काउटमा निर्वाचन

author

समाचारपाटी

५ महिना अगाडि

नेपाल स्काउटमा सुशासन पुनस्थापना गर्न लामो समयदेखि प्रतिक्षा गरिएको निर्वाचन यहि मिति २०८० माघ २२ र २७ गते हुने भएको छ । नेपाल स्काउट भित्र लोकतान्त्रीक व्यवस्थाको पुनस्थापना गर्ने प्रशंसनीय प्रयासमा युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बुले १२ वर्षको अन्तरालपछि निर्वाचन गराउन महत्वपूर्ण कदम चाल्नुभएकाे छ । यो कदमले नेपालमा पबित्र स्वयमसेवी संगठनको छबि बनाएको नेपाल स्काउटको १२ बर्षे लामो संक्रमण अन्त्य हुनेभएको छ ।

नेपाल स्काउट ऐन २०५० बमोजिम युवा तथा खेलकुद मन्त्री नेपाल स्काउटको प्रमुख स्काउट र राष्ट्रिय परिषद्को अध्यक्ष हुने व्यवस्था रहेको छ । राजनितिबाट अलग हुनुपर्ने बिश्वव्यापी मान्यता बोकेको स्काउट अभियान, कुनै समय नेपालका प्राय सबै बिद्यालयमा पुगीसकेको थियो तर गणतन्त्र स्थापना पछि भने नेपाल स्काउट राजनैतिक खिचातानिको चंगुलमा नराम्ररी फस्न पुग्यो । २०६८ सालमा निर्बाचन भएको समितिले २०७० मा राजिनामा दिएपछि नेपाल स्काउट बिभिन्न सरकारले गठन गरेको तदर्थवादमा चल्दै आएको छ । यसै बिच मन्त्री लिम्बुले गत २०८० पौष २३ गते राष्ट्रिय परिषद्को बैठक बोलाएर स्काउटका तीनै तहको निर्वाचन तोकेका हुन् ।

नेपाल स्काउट जस्तो परोपकारी छवि बोकेको संस्थामा आइपरेका पारदर्शिता, जवाफदेहिता र लोकतान्त्रिक मूल्यमान्ता, समावेशी र सहभागितामूलक शासन संरचनाको आवश्यकतालाई बुझ्दै सुशासनका समस्याहरू समाधान गर्ने दिशामा मन्त्री लिम्बुले चालेको यो कदम प्रशंसायोग्य छ । १२ बर्ष पछि हुन लागेको निर्वाचनले आम स्काउट सदस्यहरु, सरोकारवाला र अन्तराष्ट्रिय समुदायले व्यापक रूपमा प्रशंसा गरेका छन् । यस कदमले भर्खरै मात्र एक लाख सदस्य संख्या पुर्याएको नेपाल स्काउटको लागि सामान्य अवस्थामा फर्किने मात्र होइन, युवा तथा बालबालिकालाई अनुशासित, कर्मठ, स्वाभलम्वी र राष्ट्रप्रेमी नागरिक उत्पादनको अभियानमा थप दृढ र मझबुत बनाउने जानकारहरु बताँउछन् ।

युवा तथा खेलकुद मन्त्रालयका अन्य धेरै महत्वपुर्ण बिषय सम्बोधनका हकमा मन्त्री लिम्बु खरो उत्रिन नसकिरहेको वर्तमान अवस्थामा नेपाल स्काउटमा रहेको दशकलामो संक्रमणलाई सम्बोधन गर्न मन्त्री डिगबहादुर लिम्बुले गरेको यो पहलले युवा सशक्तिकरण र लोकतान्त्रिक मूल्यमान्यताको प्रवद्र्धनमा सरकारको प्रतिबद्धता केहीहद सम्म सकारात्मक बनाउन सक्छ । साथै मन्त्रीपरिषद्को सदस्यको रुपमा मन्त्री लिम्बुको कार्यसम्पादनमा हरियो बत्ती बाल्न मद्दत पुग्न सक्छ ।


काठमाडौं

आइतवार, असार ३, २०८१

२७.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

नगरसभामा कांग्रेस, एमालेको धङधङी बोकेर नआउनुस् : बालेन शाह

अमेरिकाले इजिप्टको विकासका लागि १३० मिलियन अमेरिकी डलर उपलब्ध...

‘सरकारले लगानी बोर्ड तत्काल खारेज गर्नुपर्छ’

समयमा नै किसानलाइ मल उपलब्ध गराउन रास्वपाको माग

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

गीतकार प्रमिला बस्नेतको हिन्दी गीत ‘बहुरानी’ सार्वजनिक

नेपाली चलचित्र ‘दान्भी’ को ट्रेलर सार्वजनिक

नेपाली चलचित्र ‘पुजार सार्की’को प्रिमियर शो

कालोकालो कपालमा खैरो..’मा प्रियंका रगम्भिरको रोमान्स

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन