fbpx

गण्डकीका संचारमन्त्री विन्दु कुमार थापा र भारतीय अभिनेता विवेक ओवरायबीच भेटवार्ता

author

समाचारपाटी

२ years अगाडि

पोखरा । गण्डकीका कानून, संचार तथा प्रदेश सभा मामिला मन्त्री विन्दु कुमार थापा र भारतीय अभिनेता विवेक ओवरायबीच भेटवार्ता भएको छ । शुक्रबारदेखि पोखराका विभिन्न पर्यटकीय क्षेत्रमा घुमघाममा रहेका ओवरायले मन्त्री थापालाई
मंगलबार मन्त्रालयमा नै भेटघाट गर्नुभएकाे हाे ।

भेटमा गण्डकी प्रदेशको पर्यटन प्रवद्र्धनका विषयमा कुराकानी भएको छ । ओवरायले पोखराको सुन्दरताको बयान गर्नुभएकाे छ । स—परिवार सहित नेपाल आएका ओवरायले पोखराको रमणीय पर्यटकीय स्थलको भ्रमणले आफु लालयित भएको
अभिव्यक्ति दिनुभयाे ।

गण्डकी प्रदेशको पर्यटन क्षेत्रको प्रवद्र्धनमा भारतीय सिनेमा मार्फत हुन सक्ने सहयोग आफुले गर्ने बताउनुभयाे । मन्त्री थापासँगको भेटमा उहाँले भन्नुभयाे, ‘हजारौं वर्षदेखि नेपाल र भारतको सुन्दर सम्बन्ध तथा एकता छ । म नेपालमा आउन पाउँदा एकदमै खुशी छु। किनकी नेपाल यस्तो देश हो जहाँ भारतसँग मिल्दोजुल्दो धार्मिक, संस्कृति, इतिहास छ ।

नेपालको मान्छे हाम्रै हुन्, हामी उनीहरूकै हौं। पोखराको मनोरम दृश्यले मन छोयो । प्रदेशको पर्यटन क्षेत्रमा टेवा पुग्ने गरी भारतीय सिनेमा मार्फत हुन सक्ने सहयोग गरिनेछ ।’ मन्त्री थापाले सिनेमा मार्फत प्रदेशको पर्यटकीय क्षेत्रको प्रचारप्रसार गर्न मदत पुग्ने भएकोले सिनेमामैत्री ऐन निर्माणमा प्रदेश सरकारले तयारी गरिरहेको जानकारी गराउनुभयाे । गण्डकी प्रदेश सिनेमा छायाँकनका लागि उत्कृष्ट प्रदेश भएको बताउँदै भारतीय सिनेमा मार्फत प्रदेशको पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने विश्वास
उहाँको छ ।

मन्त्री थापाले नेपालमा छायाँकन गरिएको भारतीय सिनेमा उचाईलाई राम्रो सफलता मिलेको बताउनुभयाे । उहाँले नेपालमा छायाँकन गरिएका भारतीय सिनेमाहरुले समेत राम्रो सफलता प्राप्त गर्दा खुशी लागेको अभिव्यक्ति दिनुभयाे । ‘सिनेमा छायाँकनका लागि गण्डकी प्रदेश उत्कृष्ट प्रदेश हो । नेपाल र भारतको सम्बन्धलाई थप प्रगाढ बनाउन सिनेमा क्षेत्रले टेवा पुग्ने विश्वास लिएको छु । यहाँका चलचित्रकर्मी र भारतीय चलचित्रकर्मीहरु बीच समन्वय भई काम गर्न सकेमा दुवै देशलाई लाभ हुनेछ । नेपालमा छायाँकन गरिएका भारतीय सिनेमाले राम्रो सफलता प्राप्त गर्दा खुशी लागेको छ’, उहाँले भन्नुभयाे ।

प्रदेश सरकार बाह्य मुलुकबाट सिनेमा छायाँकनका लागि आउने कलाकर्मीहरुलाई स्वागत गर्न सदैव तत्पर रहेको अभिव्यक्ति उहाँको थियो । भेटमा मन्त्री थापाले ओवरायलाई मायाको चिनो स्वरुप नेपालको पहिचान झल्किाउने ढाका खुकुरी
दिनुभएकाे थियाे ।


काठमाडौं

सोमवार, फाल्गुन ५, २०८१

१२.१५°

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

सुमना श्रेष्ठले कलिंगा घटनाबारे प्रतिनिधिसभा बैठकमा बोल्न पाउनुभएन

खोटाङका सांसदद्धारा सरकारसँग दमकल माग

भारतमा नेपाली विद्यार्थीको मृत्युबारे कूटनीतिक तवरले बुझिरहेको छु :...

सरकारले उच्च शिक्षा विधेयकको सट्टा मापदण्ड ऐन बनाउँने

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

राष्ट्रिय रनिङ्ग शिल्ड दोहोरीगीत प्रतियोगिताको ८ औं संस्करण फागुन...

प्रकाश सपुत निर्देशित फिल्म ‘वसन्त’को टिजर सार्वजनिक

रिलिज भएको डेढघण्टामै बालेनको गीत युट्युव ट्रेन्डिङमा

भ्यालेन्टाइन सप्ताह आजबाट सुरु, पहिलो दिन रोज डे

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन