पोखरा । सामाजिक रुपान्तरणमा स्काउटको भूमिका प्रशंसनिय रहेको गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री विन्दु कुमार थापाले बताउनुभएकाे छ । नेपाल स्काउटको ७३ औं स्थापना दिवसका अवसरमा प्रदेश स्काउट कार्यालय गण्डकी र प्रदेश मिलन स्काउट क्रियु पोखराले आयोजना गरेको दोस्रो एडभेन्चर फेस्ट—२०८१ को समापन कार्यक्रममा आज बोल्दै उहाँले यस्तो बताउनुभएकाे हाे ।
मन्त्री थापाले बालबालिकाका लागि स्काउटले प्रदान गर्दै आएको शिक्षा उपयुक्त रहेको उल्लेख गर्नुभयाे । “समाजमा नैतिक शिक्षाको अभाव हुँदै गएको समयमा स्काउटले बालबालिकालाई नैतिक शिक्षा प्रदान गर्नु सह्रानिय काम हो”, उहाँले भन्नुभयाे । थापाले प्राकृतिक विपत्का समय स्काउटको भूमिका महत्वपूर्ण रहेको बताउनुभयाे ।
प्राकृतिक प्रकोपबाट हुने क्षति न्यूनिकरणमा स्काउटले महत्वपूर्ण भूमिका खेलेको भनाई उहाँको छ । विभिन्न तालिम र प्रशिक्षणका लागि भनेर प्रदेश सरकारबाट स्काउटका लागि १५ लाख विनियोजन भएको जानकारी उहाँले गराउनुभएकाे छ । स्काउटका क्रियाकलापलाई निरन्तरता दिन प्रदेश सरकार सँधै प्रतिबद्ध रहेको उहाँले उल्लेख गर्नुभयाे ।
कार्यक्रममा स्काउट नेपालकी पूर्व अन्तर्राष्ट्रिय आयुक्त शारदा पराजुली, स्काउट लिडर माधव सिग्देल र प्रदेश स्काउट कार्यालय गण्डकीका अध्यक्ष सागर पौडेल लगायतले बोल्नुभएकाे थियाे । असार ५ गतेदेखि सुरु भएको कार्यक्रमको समापन शनिबार
भएको हो । कार्यक्रममा प्राकृतिक विपतका समय आफु र आफ्नो परिवार सहित समाजलाई कसरी सुरक्षित राख्ने विषयमा तालिम दिइएको थियो । गण्डकी प्रदेशकाकरिब ४ सय जना बालबालिकाको उक्त कार्यक्रम अवधिभर सहभागिता रहेको
आयोजकले जानकारी गराएको छ ।
Namaste ma Ramanand thru, maile sabbai ko bhabhissya sichdai xu Pura singo Nepal ko,tapai haru chai Pradesh ko yahaa school, mandir, business banako Chan, k kura garnu hunch tapai harule, Malai desh chahiyo, hamiharulai desh chahiyo thanks.