fbpx

सार्वजनिक विदा न्युनिकरण गर्न सरकारलाई सांसद विन्दु कुमार थापाको ध्यानार्कषण

author

समाचारपाटी

२ years अगाडि

पोखरा । गण्डकी प्रदेश सरकारका सांसद एवम् पूर्व कानून,संचार तथा प्रदेश सभा मामिला मन्त्री विन्दु कुमार थापाले सार्वजनिक विदालाई न्युनिकरण गर्न सरकारलाई ध्यानार्कषण गराउनुभएकाे छ । बुधबार सदनमार्फत उहाँले ध्यानार्कषण गराउनुभएकाे हाे ।

प्रदेश सभाको शुन्य समयमा बोल्दै थापाले नेपालमा सरकार परिवर्तन सँगै सार्वजनिक विदा थप्ने होडबाजी नै चलिरहेको उल्लेख गर्नुभयाे । ‘नेपालमा सरकार परिवर्तन सँगै सार्वजनिक विदा थप्ने होडबाजी नै चलेको छ । जसको न्युनिकरण हुनुपर्ने आवश्यकता छ । कुनै दिन विशेष दिवसमा सार्वजनिक विदा दिएर मात्र कसैको सम्मान तथा मर्यादा हुन्छ भन्ने भाष्य हामीले निर्माण गर्दै गयौं भने हामी कहाँ पुग्छौं?’,उहाँले भन्नुभयाे ।

फागुन महिनामा मात्रै १० दिन सार्वजनिक विदा हुँदा सर्वसाधारणहरु मारमा परेको अभिव्यक्ति उहाँको छ । अनावश्यक रुपमा थपिएको सार्वजनिक विदाले विनास मात्रै गर्ने विकास नगर्ने हुँदा घटाउनुपर्ने उहाँले बताउनुभयाे ।

‘सार्वजनिक विदा एक किसिमको अघोषित नेपाल बन्द जस्तै हो । अनावश्यक रुपमा थपिएको सार्वजनिक विदाले विकास होइन विनास गर्छ । विदालाई न्युनिकरण गर्न सभामुख र प्रदेश सरकार मार्फत संघीय सरकारलाई ध्यानार्कषण गराउँछु।’,उहाँले भन्नुभयाे ।


काठमाडौं

बुधबार, चैत्र ५, २०८१

१३.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

राजनीतिक समाचार

थप देखाउनुहोस्

पुल्चोक क्याम्पसमा २ हजार ९७९ मत खस्यो

झडप भएपछि पाटन संयुक्त क्याम्पसको चुनाव स्थगित

काठमाडौं उपत्यकाका ११ क्याम्पसमा स्ववियु नेतृत्वका लागि मतदान हुँदै

आरआर क्याम्पस बाहिर विद्यार्थीहरुले गरे विरोध स्वरुप मतदान

विचार/विविधा

थप देखाउनुहोस्
विचार

साहित्यकार केसीको ‘हिउँफुल’ सार्वजनिक

काठमाडौं I साहित्यकार उषा  केसीको उपन्यास  हिउँफुल सार्वजनिक भएको छ। शनिबार  काठमाडौँको अनामनगरस्थित डालो रेष्टुरेण्टमा आयोजित पुस्तक विमोचन कार्यक्रममा प्रमुख...

विचार

डा.सन्दुक रूइत : ‘गड अफ लाइट’ 

नेपाली गौरव डा. सन्दुक रूइतले आँखाको मोतिबिन्दु उपचारमा विकसित गरेको सस्तो र सरल प्रविधि “रुइतेक्टोमी” ले विश्वभर लाखौंको दृष्टि फर्काएका...

विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

लिटिल मिस्टर एण्ड मिस पोखराको दर्ता खुल्ला

वालिङमा ‘व्याक टु नाइन्टिज’को सेकेण्ड एडिसन : दर्शकको अभूतपूर्व...

पोखरामा ‘द्रौपदी’ टोलीसँग पत्रकारको भेट, फिल्म चल्नेमा निर्माण पक्ष...

डि–मर्चा, लेकाली, मध्याह्न, देउराली, ब्रोसिस र भेगाबोण्ड एउटै मञ्चमा...

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन