fbpx

‘अहिले हामीले स्थानीय तहलाई औँला उठाएर देखाएका छौँ’:-मन्त्री अनिता देवी

author

समाचारपाटी

१२ महिना अगाडि

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री अनिता देवीले स्थानीय तहलाई हस्तक्षेप नगर्न सबै प्रतिवद्ध हुनुपर्ने बताउनुभएको छ । बुधवार प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै मन्त्री देवीले स्थानीय तहलाई हस्तक्षेप नगर्नका लागि सबै प्रतिवद्ध हुनुपर्ने बताउनुभएको हो । उहाँले भ्रष्टाचारको सन्दर्भमा स्थानीय तहलाई औँला ठड्याइने गरिएको भन्दै उहाँले स्थानीय तहमा आर्थिक अनुशासन कायम गर्ने जिम्मेवारी पनि सबैको भएको बताउनु भयो । स्थानीय तहलाई सही रुपले चलाउने जिम्मेवारी स्थानीय तहका जनप्रतिनिधिको मात्रै नभएर प्रदेश र संघको जनप्रतिनिधिको पनि भएको उहाँले बताउनु भयो । 

उहाँले भन्नुभयो – ‘अहिले हामीले स्थानीय तहलाई औँला उठाएर देखाएका छौँ । तर त्यो स्थानीय तह कस–कसको हो ? भनेर कहिल्यै हामीले भित्रबाट आत्मालोचना गरेका छौँ ? कहिले भन्छौँ कार्यपालिका मेरो हो, उपमेयर, मेयर मेरो हो ? स्थानीय तहको जिम्मेवारी हामी सबैको हो नि त । प्रदेशको बजेट पनि स्थानीय तहमा दिएका छौँ । संघको पनि हामी यहीँ दिएको छौँ । अनि जिम्मा चाहीँ स्थानीय तहलाई मात्रै दिने ? त्यो जिम्मेवारी हामी सबैको हो । त्यो कसरी चलाउने भन्ने । स्थानीय तहको जनप्रतिनिधि कुन–कुन दलको हो ? त्यसलाई हेरौँ न । उपभोक्ता समितिलाई हामी निर्देशित गरौँ न । हामी सिनियर नेता हौँ भने उनीहरुलाई सही बाटो हामी देखाउँ न । हामी देखाउनुपर्यो नि त । कमी, कमजोरी हामी सबैमा देखिरहेका छौँ । स्थानीय तहलाई मात्रै देखाउने ? आजैदेखि हामीले आत्मसाथ गरेर जाउँ कि हामी भोलिदेखि नै स्थानीय तहमा हामीले हस्तक्षेप गर्दैनौँ । गलत गरेको ठाउँमा सही बाटो देखाउँछौँ भनेर ।’मन्त्री देवीले कमी, कमजोरी स्थानीय तहमा मात्रै नभई सबै तहमा हुने गरेको बताउनु भयो ।   


काठमाडौं

मङ्लबार, अशोज २२, २०८१

२१.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

पीडितका लागि निर्माण व्यवसायी विकास परिषदद्वारा एक करोड राहत

आगामी निर्वाचन एक्लै लड्ने संकल्प लिएका छौंः पुष्पकमल दाहाल

बाढीपीडितका लागि चिनियाँ रेडक्रसले दियो एक लाख अमेरिकी डलर

एउटा ठूलो पार्टी प्रतिपक्षमा बस्नुपर्छः सभापति लामिछाने

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

दशैतिहार गित आँशुका धारा बजारमा प्रभाको शसक्त अभिनय

पोखरामा नाटक जानकी मञ्चन हुँदै

चलचित्र ज्वाईं सावको ‘कसम बत्तीको’ बोलको गीत सार्वजनिक

लोकप्रिय गायक धिरज राईले काठमाडौंका दर्शकन चाउँने

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन