fbpx

कास्कीमा नदि तथा खानीजन्य पदार्थको उत्खनन बन्द गर्ने निर्णय कडाइका साथ लागू गरिने

author

समाचारपाटी

१२ महिना अगाडि

पोखरा । कास्की जिल्लामा नदि तथा खानीजन्य पदार्थको उत्खनन कार्य बन्द गर्ने निर्णय गरिएको छ। नदि तथा खानीजन्य पदार्थ जिल्ला अनुगमन समिति अध्यक्ष एबम जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलको अध्यक्षतामा सम्पन्न समितिको बैठकले सो निर्णय गरेको हो।

बैठकबाट नदिजन्य पदार्थ उत्खनन सम्बन्धि संघिय मापदण्ड पहिलो संसोधन २०७९ को दफा ४ को १६ नम्बर बुदा बमोजिम आषाढ देखि भाद्र मसान्तसम्म सबै किसिमको उत्खनन कार्य बन्द गर्नुपर्ने उल्लेख भए अनुसार सो कार्य कडाइका साथ लागू गर्न जिल्ला प्रशासन कार्यालय र सबै स्थानीय तहहरूलाइ पत्राचार गर्ने निर्णय गरिएको छ।

साथै सम्पूर्ण पालिकाहरूलाई नदिजन्य पदार्थको मौज्दात प्रमाणित गराइ सो को जानकारी सात दिन भित्र जिल्ला अनुगमन समितिलाई उपलब्ध गराउन आग्रह गरिएको छ।

सात दिन भित्र मौज्दात विवरण उपलब्ध नगराएको पाइएमा बिक्रीवितरण गर्न नपाउने कार्यलाई कडाइका साथ लागू गर्ने निर्णय गरिएको जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले बताउनु भयो।

निर्णय कार्यान्वयन भए नभएको कडाइका साथ अनुगमन हुने भन्दै कास्कीका कतिपय स्थानमा उल्लेखित मापदण्ड बिपरित उत्खनन जारी रहेको पाइएको हुँदा नियम पालना नगर्नेलाई कानुन अनुसार कारबाहीको दायरामा ल्याइने जिल्ला अनुगमन समितिका सदस्य सचिव एबम कास्कीका जिल्ला समन्वय अधिकारी नवराज बरालले बताउनु भयो।


काठमाडौं

बिहिबार, असार ७, २०८१

२३.१५°

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

नगरसभामा कांग्रेस, एमालेको धङधङी बोकेर नआउनुस् : बालेन शाह

अमेरिकाले इजिप्टको विकासका लागि १३० मिलियन अमेरिकी डलर उपलब्ध...

‘सरकारले लगानी बोर्ड तत्काल खारेज गर्नुपर्छ’

समयमा नै किसानलाइ मल उपलब्ध गराउन रास्वपाको माग

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

अन्तरजातीय विवाहको कथामा फिल्म ‘ईश्वर’को ट्रेलर सार्वजनिक (भिडियो सहित)

गीतकार प्रमिला बस्नेतको हिन्दी गीत ‘बहुरानी’ सार्वजनिक

नेपाली चलचित्र ‘दान्भी’ को ट्रेलर सार्वजनिक

नेपाली चलचित्र ‘पुजार सार्की’को प्रिमियर शो

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन