fbpx

सरकारले उखुको न्युनतम खरिद मूल्य प्रतिक्वीन्टल ६ सय ३५ रुपैयाँ तोक्यो

author

समाचारपाटी

१0 महिना अगाडि

सरकारले उखुको न्युनतम खरिद मूल्य प्रतिक्वीन्टल ६ सय ३५ रुपैयाँ तोकेको छ । बुधवार सिंहदरबारमा बसेको मन्त्रीपरिषद्को बैठकले उखुको न्युनतम खरिद मूल्य प्रतिक्वीन्टल ६ सय ३५ रुपैयाँ तोकेको हो । जसमा प्रतिक्वीन्टल पाँच सय ६५ रुपैयाँ उखु मिलले किसानलाई दिनुपर्नेछ भने प्रतिक्वीन्टल ७० रुपैयाँ सरकारले कृषकलाई अनुदान दिने सरकारका प्रवक्ता रेखा शर्माले बताउनु भयो । उहाँले बैठकमा सरकारको एक वर्षको कार्यप्रगतिबारे समीक्षा गरेको पनि बताउनु भयो । 

उहाँले भन्नुभयो, ‘यो नयाँ कार्यकक्षको निर्माण सम्पन्न भयो, क्याबिनेटको नयाँ बैठक हल उद्घाटन जस्तो भएकाले बैठक बोलाएको हो । सरकार गठनको प्रधानमन्त्रीज्युले पदभार ग्रहण गर्नुभएको करिव एक वर्ष पुग्दैछ । केही सामान्य समीक्षा, केही कुराका छलफल भयो । मुख्यसचिवले समग्र कामलाई अलि पिकअप लिनको हाम्रा कतिपय प्रक्रिया र इच्छाशक्तिमा भएका समस्याहरुदेखि लिएर हामीले सबै सुधार गर्नुपर्ने कतिपय कुराहरु छन् । तिनका निर्णय प्रक्रिया, ऐन, कानून निर्माणमा सुधार गर्नुपर्ने विषयमा पनि विस्तृत प्रेजेन्टेशन गर्नुभएको थियो । आजको क्याबिनेटको बैठकमा कृषि तथा पशुपंक्षी विकास मन्त्रालयको प्रश्तावमा उखुको न्युनतम खरिदमूल्य जुन छ, त्यसलाई उद्योगले रु पाँच सय ६५ प्रतिक्वीन्टल दिनुपर्ने त्यो कायम गर्ने भन्ने निर्णय भयो । उखु कृषकलाई ७० रुपैयाँ प्रतिक्विन्टल अनुदान दिने र यसरी किसानले उखुको प्रतिक्वीन्टल ६ सय ३५ रुपैयाँ प्राप्त गर्ने गरेर निर्णय भएको छ ।’

प्रवक्ता शर्माले बैठकमा मुख्यसचिव डा. वैकुण्ठ अर्यालले सरकारका कामकारबाही तिब्र गतिमा बढाउनुपर्ने, निर्णय प्रक्रिया, ऐन, कानून निर्माणमा सुधार गर्नुपर्ने विषयमा प्रश्तुति राख्नुभएको पनि बताउनु भयो । 


काठमाडौं

शनिबार, अशोज २६, २०८१

१८.१५°

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

पीडितका लागि निर्माण व्यवसायी विकास परिषदद्वारा एक करोड राहत

आगामी निर्वाचन एक्लै लड्ने संकल्प लिएका छौंः पुष्पकमल दाहाल

बाढीपीडितका लागि चिनियाँ रेडक्रसले दियो एक लाख अमेरिकी डलर

एउटा ठूलो पार्टी प्रतिपक्षमा बस्नुपर्छः सभापति लामिछाने

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

दशैतिहार गित आँशुका धारा बजारमा प्रभाको शसक्त अभिनय

पोखरामा नाटक जानकी मञ्चन हुँदै

चलचित्र ज्वाईं सावको ‘कसम बत्तीको’ बोलको गीत सार्वजनिक

लोकप्रिय गायक धिरज राईले काठमाडौंका दर्शकन चाउँने