fbpx

काठमाडौंको मिनिल्याण्ड  स्कुलको थाइल्याण्डमा उत्कृष्ट प्रदर्शन

author

समाचारपाटी

१0 महिना अगाडि

काठमाडौं । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका- ५ थलीस्थित मिनिल्याण्ड माध्यमिक विद्यालयले थाइल्याण्डमा भएको अन्तर्राष्ट्रिय सांस्कृतिक कार्यक्रममा उत्कृष्ट प्रदर्शन गरेको छ। २०२३ नोभेम्बर २४ देखि नोभेम्बर २९ सम्म थाइल्याण्डमा आयोजित थाइल्याण्ड अन्तर्राष्ट्रिय सांस्कृतिक कार्यक्रममा नेपालको प्रतिनिधित्व गर्दै मिनिल्याण्डले विभिन्न सांस्कृतिक नृत्य प्रस्तुत गरेको थियो।

कार्यक्रममा नेपालसहित भारत, इन्डोनेसिया, पोल्याण्ड, बुल्गेरिया, जापान, दक्षिण कोरिया, फिलिपिन्स, थाइल्याण्ड, किर्गिस्तान, हंगेरी, लाओसलगायत १८ वटा देशहरू सहभागी थिए। मिनिल्याण्डका विद्यार्थीहरूले थाइल्याण्डका विभिन्न सहरहरूमा नेपाली संस्कृति झल्काउने नृत्य प्रस्तुत गरेका थिए।

बैंकक नजिकको सहर नोंथाबुरीको रेउनलाडामा आयोजित पहिलो शोमा मिनिल्याण्डले तामाङ सेलो प्रस्तुत गरेको थियो। उक्त कार्यक्रमपछि सहभागी देशहरूका कलाकारहरूलाई बैंककको प्रख्यात कन्सर्ट थियटर शो डीसीमा थाई गायिका डा। युई शिखाकुराको एकल सांगीतिक शोमा भव्य स्वागत गरिएको थियो।

कॊरात प्रदेशको स्थानीय लुआंग पो चोक गुम्बामा भएको कार्यक्रममा मिनिल्याण्डका विद्यार्थीहरूले राष्ट्रिय झण्डा र गीतसहित परेडमा भाग लिनुको साथै नेपाली लोक नृत्य समेत प्रस्तुत गरेका थिए। उक्त कार्यक्रममा प्रदेश प्रमुख, नगरपालिका प्रमुख, भिक्षुहरू, प्रहरी, सेनाका विशिष्ट व्यक्तिहरूको उपस्थिति थियो।

कार्यक्रममा विद्यालयका संस्थापक अध्यक्ष जयराम वाग्लेले विश्व शान्तिको कामना गर्दै आफ्नो मन्तव्य राखेका थिए। हरमिटेज होटलमा साँझमा भएको कार्यक्रममा विद्यार्थीहरूले मेचे नाच प्रस्तुत गरेका थिए। यस्तै , शिखोराफुम जिल्लाको ल्नबलनपगबलन स्कुलमा आयोजित अर्को सांस्कृतिक कार्यक्रममा पनि नेपालको तर्फबाट दुईवटा नृत्य प्रस्तुत गरिएको थियो। यी दुवै नृत्यहरूले दर्शकको मन जितेको थियो ।

सोही अवसरमा विद्यार्थीहरूले थाइल्याण्डको सबै ठाउँमा मनाइने लाई क्राथोङ्ग पर्वमा भाग लिनुका साथै सुरिन प्रदेशमा अवस्थित हात्ती केन्द्रको समेत अवलोकन गरेका थिए । विद्यार्थीहरूले पत्तैयाको समुद्री तटमा पनि रमाइलो गर्ने मौका पाएका थिए।

उक्त कार्यक्रममा नेपालको प्रतिनिधित्व गर्ने मिनिल्याण्ड स्कुलका विद्यार्थीहरूले नृत्य प्रस्तुत गरेका थिए। उनीहरूले नृत्यमार्फत भ्हअभििभलअभ ब्धबचम, ३ वटा न्यमिभल भ्भिउजबलत ब्धबचम र म्ष्बmयलम या ब्कष्ब ब्धबचम पाउन सफल भए।विद्यालयका नृत्य शिक्षक रबिन रिजाल उत्कृष्ट नृत्य निर्देशकको रूपमा क्ष्लतभचलबतष्यलब िीभबमभचकजष्उ ब्धबचम बाट सम्मानित भएका थिए। कार्यक्रममा १७ जना विद्यार्थी र ३ जना शिक्षक सहभागी थिए।


काठमाडौं

आइतवार, अशोज २७, २०८१

१७.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

पीडितका लागि निर्माण व्यवसायी विकास परिषदद्वारा एक करोड राहत

आगामी निर्वाचन एक्लै लड्ने संकल्प लिएका छौंः पुष्पकमल दाहाल

बाढीपीडितका लागि चिनियाँ रेडक्रसले दियो एक लाख अमेरिकी डलर

एउटा ठूलो पार्टी प्रतिपक्षमा बस्नुपर्छः सभापति लामिछाने

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

दशैतिहार गित आँशुका धारा बजारमा प्रभाको शसक्त अभिनय

पोखरामा नाटक जानकी मञ्चन हुँदै

चलचित्र ज्वाईं सावको ‘कसम बत्तीको’ बोलको गीत सार्वजनिक

लोकप्रिय गायक धिरज राईले काठमाडौंका दर्शकन चाउँने

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन