fbpx

कास्कीमा  तीन महिना नदिजन्य र खानिजन्य पदार्थको उत्खनन बन्द गर्ने निर्णय

author

समाचारपाटी

१ महिना अगाडि


पोखरा । ढुङ्गा, गिटि, बालुवा  तथा नदि तथा खानिजन्य  पदार्थको अनुगमन समिति कास्कीको  बैठक बुधबार सम्पन्न भएको छ। बैठकले  कास्कीमा तीन महिना नदिजन्य र खानिजन्य  पदार्थको उत्खनन बन्द गर्ने निर्णय गरेको छ । ढुङ्गा, गिटि, बालुवा  तथा नदि तथा खानिजन्य  पदार्थको संचालन मापदण्ड २०७७ ले ब्यवस्था गरे अनुसार  सो निर्णय गरिएको हो ।

 सो संचालन मापदण्ड अनुसार   असार ,साउन र भदौ महिनामा नदि तथा खानी जन्य पदार्थको उत्खनन  गर्न नपाइने ब्यवस्था अनुसार  उक्त निर्णय गरीएको  अनुगमन समितिका संयोजक समेत रहनु भएका जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले बताउनुभयो।

पौडेलले बिकास निर्माणका काममा बाधा नपुग्ने गरि बिद्यमान कानुन  र मापदण्डको पालना गर्नुको बिकल्प नरहेको भन्दै कडाइका साथ निर्णय  कार्यान्वयन  गर्न सरोकारवाला सरकारी निकायहरू र स्थानिय तहहरूलाइ आग्रह गर्नुभयो।
दर्ता नगरी अबैधरूपले मापदण्ड बिपरित  संचालित क्रशर उद्योगहरूका कारण बातावरणीय र पर्यावरणीय संरचनामा प्रतिकुल असर पारेको गुनासो अत्याधिक बढेको कारण त्यस्ता  उद्योगलाई  समेत  तत्काल बन्द गर्न पौडेलले आग्रह गर्नुभयो।
 उहाँले सबै पालिकाहरू मार्फत उद्योगहरूले जेठ मसान्तभित्र  स्रोत खुलाएर  स्टक प्रमाणिकरण गरेका सामाग्री यो  अबधिमा बिक्रीवितरण र उपभोगमा कुनै बाधा नपर्ने बताउनुभयो।

नियमको पालना गर्ने सबालमा कोहि पनि कुनै  प्रकारको प्रभाब र दबाबमा नपर्न आग्रह गर्दै अबैध उत्खनन कार्य भएको पाइएमा तत्काल  जिल्ला समन्वय ,प्रशासन र प्रहरीलाई सूचना दिन पौडेलले कास्कीबासी जनताहरूलाइ आग्रह समेत गर्नुभयो।
कार्यक्रममा पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य , जिल्ला समन्वय समिति  कास्कीका उप- प्रमुख सरिता माल,माछापुच्छ्रे गाउँपालिकाका प्रमुख मीन बहादुर गुरुङ , मादी गाउँपालिकाका अध्यक्ष देबिजङ्ग गुरुङ, रूपा गाउँपालिकाका प्रमुख नवराज ओझा ,  कास्कीका  प्रमुख जिल्ला अधिकारी तथा अनुगमन समितिका सह- संयोजक भरतमणी पाण्डे ,कास्कीका प्रहरी प्रमुख मोहन कुमार थापा,ससस्त्र प्रहरी बल कालिका गण मालेपाटनका प्रमुख अरूण शर्मा , क्रशर ब्यबसायी महासंघका केन्द्रिय उपाध्यक्ष लिलाधर बराल ,कास्कीस्थित पालिकाका  प्रमुख कार्यकारी अधिकृतहरू , अनुगमन समितिका सदस्यहरू  सहित विभिन्न सरोकारवाला ब्यक्तिहरूले ढुङ्गा ,गिटि ,बालुवा ,नदि तथा खानीजन्य  पदार्थको उत्खनन ,ओसार पसार र बिक्रीवितरण र उपभोगमा  देखिएका समस्या ,चुनौती र निराकरणका सम्बन्धमा  आ -आफ्नो धारणा ब्यक्त  गर्नुभएको थियो।

अनुगमन समितिका संयोजक एबम जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन जिल्ला समन्वय अधिकारी नवराज बरालले गर्नुभएको थियो।


काठमाडौं

आइतवार, साउन ६, २०८१

२२.१५°

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

प्रधानमन्त्री केपी शर्मा ओलीले पहिलो दिनमै गठन गरे २२...

प्रधानमन्त्री प्रचण्डको विश्वासको मत लिने प्रस्ताव बहुमतले अस्वीकृत

‘कांग्रेस–एमाले सहकार्य कसैले मिलाइदिएको हो’

‘सहकारी र राहदानी प्रकरणमा रविमाथि छानबिन गर्न उच्चस्तरीय छानबिन...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

चर्चामा संगीतकार कस्तुप पन्तको ‘बिजुली चमक्क’

आर्जन पाण्डेले ल्याए आधुनिक गीत ‘सम्झनाले सताइरह्यो’

गायिका सिम्रन परियार र कुशल वेल्वासेको स्वरमा ‘तातो पानी...

मिस पबि र भुवन को अभिनय मा “सिरसिर पिपल...