कोदो नेपालको रैथाने बाली, तर बर्सेनि ७५ करोडको आयात

author

समाचारपाटी

९ महिना अगाडि

काठमाडौं । कोदोलाई नेपालको रैथाने खाद्य बाली भनिन्छ । प्रत्येक १५ साउनमा नेपालका विभिन्न ठाउँमा ‘कोदो दिवस’ अनौपचारिक रूपमा मनाउने गरिन्छ । कोदो रोप्ने मुख्य सिजन साउन भएकाले अनौपचारिक रूपमा १५ साउनलाई कोदो दिवसका रूपमा मनाउँदै आएको कृषि मन्त्रालयले जनाएको छ ।

मुलुकका ७७ जिल्लामा कोदो खेती गरिएको पाइए पनि यो उत्पादनका हिसाबले अत्यन्तै कम छ । नेपालमा सबैभन्दा धेरै यसको खेती हुने जिल्ला खोटाङ, सिन्धुपाल्चोक, बाग्लुङ, स्याङ्जा, कास्की, ओखलढुंगा, गोरखा र सिन्धुली हुन् । कोदो कम वर्षा हुने क्षेत्र, कम उर्वर भूमि, सिञ्चित र असिञ्चित दुवै अवस्थामा पनि उब्जिन सक्ने भए पनि यसको व्यावसायिक उत्पादन हुन नसकेको कृषि मन्त्रालयका अधिकारीहरू स्विकार्छन् ।

तर, कोदो नेपालको रैथानै बाली भनिरहँदा नेपालले करोडौंको आयात गरेको तथ्यांक भेटिन्छ । भन्सार कार्यालयको तथ्यांक अनुसार गत आर्थिक वर्ष २०८०र८१ मा मात्रै १ करोड ५२ लाख ९२ हजार किलो अर्थात् ७५ करोड ४१ लाख रुपैयाँको कोदो आयात भएको छ । यस्तै कोदोको बिउ २ लाख २८ हजार रुपैयाँ बराबर आयात भएको छ । यसो त नेपालले कोदो आयात मात्रै नभई निर्यात पनि गर्छ, तर थोरै मात्रामा ।

गत आव नेपालले आठ देशमा कोदोको बिउ निर्यात गरेको थियो । यसले नेपाली कोदोको बिउ अस्ट्रेलिया, हङकङ, जापान, क्यानडा, इटाली, कोरिया, अमेरिका, वेलायतमा निर्यात भएको देखिन्छ । जसमा सबैभन्दा धेरै दक्षिण कोरियामा २८ लाख ६५ हजार रुपैयाँ बराबर निर्यात भएको छ । यस्तै अस्ट्रेलिया, हङकङ र कोरियालाई थोरै भए पनि कोदो निर्यात गरेको देखिन्छ ।

कृषि मन्त्रालयका एक अधिकारीका अनुसार यसरी कोदो निर्यात हुनु नेपाली बिउको विश्व बजारमा माग रहेकाले नमुनाका रूपमा गइरहेको हो । ‘हाम्रो रैथाने बिउलाई धेरै देशले परीक्षण गर्न लगेको पनि देखिन्छ, अर्को चाहिँ नेपालीहरू धेरै रहेको देशमा त्यहाँका स्थानीय पसलेहरूले पनि लगेका हुन्, व्यावसायिक रूपमा कोदो खासै निर्यात हुँदैन,’ उनले भने ।

ब्रान्डिङ ढिला हुँदा उत्पादनमा आकर्षण भएन :- कृषि अर्थशास्त्री

कृषि अर्थशास्त्री अभिनाश सिलवाल नेपालको रैथानै बाली ब्रान्डिङ गर्न ढिला हुँदा कोदो आयात गर्नुपर्ने अवस्था आएको बताउँनुहुन्छ । ‘हाम्रो सरकार र किसान दुवैको फोकस नगदे बाली र तरकारीमा मात्रै भयो, तर संसारभरि नै हुने कुरामा फोकस गरिएन, कोदो–फापरमा ध्यान दिइएन यसको असर हो करोडौंका आयात हुनु,’ सिलवालले भन्नुभयाे ।

उहाँले अहिले नै बेलैमा नेपालमा कोदो खेतीलाई ब्रान्डिङ गरेर उत्पादन नलिए केही समयपछि नेपालको रैथाने भन्ने अस्तित्व नै नरहने बताउनुभयाे । नेपालको बिउ विदेश गइरहनुलाई उहाँले कोदोको महत्त्व संसारभरि हुँदा नेपालले मार्केटिङ गर्न नजानेको बताउनुभयाे ।


काठमाडौं

शुक्रबार, बैशाख ५, २०८२

२५.१५°

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

एकले अर्काेलाई निषेध गर्नुभन्दा एक अर्काका गुण सिकेर अघि...

विचौलियाहरुको पहुँच प्रधानमन्त्रीको बेडरुमसम्म छः महामन्त्री गगन थापा

व्यवस्था परिवर्तन गर्न नपाउने गरी संविधान संशोधन गर्ने धृष्टता...

प्रधानमन्त्री ओलीद्वारा थाई व्यवसायीलाई नेपालमा लगानी गर्न आग्रह

विचार/विविधा

थप देखाउनुहोस्
विचार

कविता : एक भारी गर्हुङ्गो जिन्दगी

पोहोर पनि यसै भनेको थिएजब पुरानो सालसँग युद्द गरेर फर्कदै थियो नयाँ वर्षभनेको थिए वर्षौदेखी मेरा प्रगति पर्खिरहेका आखाँमाएक चिम्टी...

विचार

‎नेपाल: सबै जातजातिको साझा फूलबारी हो?

‎‎हिन्दुराज्य देखि धर्मनिरपेक्षतासम्म: नेपालमा लामो समयसम्म इतिहासमा एउटै सम्प्रदायको वर्चस्व रहँदै आयो।पृथ्वीनारायण शाहको समय देखि नै हिन्दु धर्मकै आधारमा राज्य...

विचार

साहित्यकार केसीको ‘हिउँफुल’ सार्वजनिक

काठमाडौं I साहित्यकार उषा  केसीको उपन्यास  हिउँफुल सार्वजनिक भएको छ। शनिबार  काठमाडौँको अनामनगरस्थित डालो रेष्टुरेण्टमा आयोजित पुस्तक विमोचन कार्यक्रममा प्रमुख...

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

बिहिबारबाट ‘जोगिन्दरको पान दुकान’ सिजन २ प्रसारणमा आउने

लमजुङमा गुञ्जियो ‘व्याक टु नाइन्टिज’

आज गीत, गजल र शीतल शृंखलासहित विशेष साहित्यिक साँझ

अरुणा लामा र तारादेवीलाई ट्रिब्यूट दिदै पोखरामा गुञ्जियो कालजयी...