fbpx

अमेरिकाले तत्कालका लागि मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सहयोग रोक्यो

author

समाचारपाटी

१ महिना अगाडि

अमेरिकाले तत्कालका लागि बहुचर्चित मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सहयोग रोकेको छ । अर्थ मन्त्रालयका अनुसार ९० दिनका लागि एमसीसी रोकिएको जानकारी आएको हो । ‘अमेरिकी सहायता संस्था मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)ले मिति  फागुन गतेको इमेल पत्रमार्फत नेपाल सरकार र उक्त निकायबिच सम्वत् २०७४ भदौ २९ मा सम्पन्न कम्प्याक्ट अन्तर्गत कार्यान्वयन भइरहेका आयोजनाहरूसँग सम्बन्धित एमसीसी फण्डबाट भुक्तानी हुने क्रियाकलापहरू अमेरिकी राष्ट्रपतिको जनवरी २०, २०२५ मा जारी ९० दिनको स्थगनसम्बन्धी कार्यकारी आदेशानुसार रोकिएको ब्यहोरा सरोकारवालाहरूलाई जानकारी गराइन्छ।’ अर्थ मन्त्रालयले मंगलबार प्रेस नाेटमार्फत भनेको छ।

केही दिनअघि युएसएड अन्तर्गतका सबै सहयोग रोकेको अमेरिकाले अहिले मिलिनियम च्यालेञ्ज कर्पोरेसन अन्तर्गतको सहयोग समेत रोकेको अर्थ मन्त्रालयका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए । 

उनका अनुसार एमसीसीले सहयोग रोक्नेसम्बन्धी पत्र गत फागुन २ गते नै पठाएको थियो । यसको जानकारी आज सार्वजनिक गरिएको हो ।

 नेपाल सरकार र उक्त निकायबिच २०७४ भदौ २९ गतेको सम्झौता अनुसार नेपालमा नुवाकोटको रातमाटेदेखि बुटवल हुँदै गोरखपुरसम्म ४०० केभीए क्षमताको प्रसारण लाइन निर्माण गालिएको थियो । त्यस्तै विभिन्न पाँचवटा सडकको स्तरोन्नति समेत यो परियोजना अन्तर्गत भएको थियो । सहयोग रोकिएसँगै यी आयोजना प्रभावित हुने निश्चित भएको छ । 

एमसीसीसँग सरकारको सम्झौता अनुसार कुनै एक पक्षले चाहेमा ९० दिनको समय दिएर सम्झौता रद्द गर्नसक्ने व्यवस्था छ । तर, अमेरिकाले स्थगनको पत्र पठाएर सहयोग तत्कालै लागू हुनेगरी सम्झौता स्थगन गरेको छ ।


काठमाडौं

मङ्लबार, चैत्र ११, २०८१

१२.१५°

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

संविधानप्रति पूर्ण प्रतिवद्ध छौँः नेपाली काँग्रेस

आजबाट प्रेस चौतारीको महाधिवेशन, महाधिवेशनको उद्घाटन शंखर पोखरेलले गर्ने

देश असफलताको दिशामा अग्रसर छ, खबरदारी गरौँः राजेन्द्र लिङदेन

सत्ताको बागडोर सम्हाल्नेको कुकृत्यका कारण लोकतान्त्रिक गणतन्त्र धरापमाः झलनाथ...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

साहित्यकार केसीको ‘हिउँफुल’ सार्वजनिक

काठमाडौं I साहित्यकार उषा  केसीको उपन्यास  हिउँफुल सार्वजनिक भएको छ। शनिबार  काठमाडौँको अनामनगरस्थित डालो रेष्टुरेण्टमा आयोजित पुस्तक विमोचन कार्यक्रममा प्रमुख...

विचार

डा.सन्दुक रूइत : ‘गड अफ लाइट’ 

नेपाली गौरव डा. सन्दुक रूइतले आँखाको मोतिबिन्दु उपचारमा विकसित गरेको सस्तो र सरल प्रविधि “रुइतेक्टोमी” ले विश्वभर लाखौंको दृष्टि फर्काएका...

विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

चितवनमा ‘गजलसँग’ को १०औँ शृङ्खला हुने

लिटिल मिस्टर एण्ड मिस पोखराको दर्ता खुल्ला

वालिङमा ‘व्याक टु नाइन्टिज’को सेकेण्ड एडिसन : दर्शकको अभूतपूर्व...

पोखरामा ‘द्रौपदी’ टोलीसँग पत्रकारको भेट, फिल्म चल्नेमा निर्माण पक्ष...