जर्जियाको राष्ट्रपतिमा मिखाइल काभलाश्भिलीले सपथ लिनुभएको छ । आईतवार संसद भवनमा आयोजित एक समारोहमा मिखाइल काभेलाश्भिलीले जर्जियाको छैटौं राष्ट्रपतिको रुपमा शपथ ग्रहण गर्नुभएको हो । आफ्नो उद्घाटन सम्बोधनमा काभेलाश्भिलीले जनताले देश बनाएको र सबैभन्दा महत्वपूर्ण कुरा मातृभूमि रहेको बताउनु भयो । उहाँले राष्ट्रिय शक्तिका लागि परिवार र परम्परामा निहित मूल्यमान्यता र एकता आवश्यक रहेकोमा जोड दिनुभयो । ५३ वर्षीय कावेलाश्भिली डिसेम्बर १४ मा प्रेसिडेन्टियल इलेक्टोरल कलेजबाट पाँच वर्षे कार्यकालका लागि निर्वाचित हुनुभएको थियो । अक्टोबरमा उहाँ तेस्रो पटक सांसद निर्वाचित हुनुभएको थियो ।
सिन्ह्वा