सिन्धुलीमा माइक्रो बस दुर्घटना हुँदा सात जना घाइते,दुई जना गम्भीर

author

समाचारपाटी

२ years अगाडि

सिन्धुली । सिन्धुलीमा माइक्रो बस दुर्घटना हुँदा सात जना घाइते भएका छन्। काठमाडौंबाट सिन्धुली तर्फ गइरहेको म.प्र.०२–००१.ज.००४२ नम्बरको माइक्रो बस शुक्रबार विपी राजमार्ग अन्तगरत सुनकोसी गाउँपालिका ५ साइटार नजिकै दुर्घटना भएको हो। 

घाइते हुनेमा कमलामाई नगरपालिका १ सिन्धुलीका १८ वर्षीय शोभ घिमिरे, सोही नगरपालिका वडा नम्बर २ का १९  वर्षीया सन्ध्या घिमिरे, गोलन्जोर गाउँपालिका ४ सिन्धुलीका ६५ वर्षीय तेजबहादुर बस्याल र वडा नम्बर १ का २१ वर्षीय रामधोज पाख्रिन रहेका छन्। 

यस्तै विराटनगर नगरपालिका १२ मोरङका ३२ वर्षीय सत्यप्रकाश ठाकुर, गौशला नगरपालिका ४ महोत्तरीका ६१ वर्षीय पर्शुराम ठाकुर र काठमाडौं महानगरपालिका ८ का ३८ वर्षीय महेश डंगोल रहेका छन्। 

घाइते मध्ये शोभा र सन्ध्या घिमिरे गम्भीर छन्। उनीहरुलाई टाउको र शरीरका भित्री भागहरुमा चोट लागेको पाइएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक चिरञ्जिवी दाहालले जानकारी दिनुभयाे । 

घाइतेहरुको गोलन्जोर गाउँपालिका ७ खुर्कोट स्थित शुभजिवन अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । गाडीका चालक कमलामाई नगरपालिका ५ का सुमन श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएको छ । तीव्र गतिमा रहेको गाडी सडकको नालामा खस्दा दुर्घटना भएको हो । गाडीमा दश जना सवार थिए ।


काठमाडौं

शनिबार, साउन ४, २०८२

२९.७१°

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

पूर्वराष्ट्रपति भण्डारीलाई पार्टीमा सम्मानजनक ढंगबाट सेटल गर्छौंः योगेश भट्टराई

सरकारले एक वर्षमा भ्रष्टाचार, घुसखोरी र जनविरोधी कामको नांगो...

टिआरसी विधेयक पास गर्नुबाहेक सरकारले अरु कुनै राम्रो काम...

पार्टीमा कोतपर्व जस्तै अनुशासन पर्व चलाइयो, यो गलतः गगन...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

च्यातिदेऊ त्यो प्रेम पत्र !

च्यातिदेऊ त्यो प्रेम पत्र !जो सँगालेर राख्नलाईकुनै विशेष छैनजो हिफाजत गर्नलाईकुनै किमती छैनजो अटाएर राख्नलाईकुनै स्थान छैनजसको न कुनै मोल...

विचार

नास्तिकता: विवेक, विज्ञान र मानवतामा उन्मुख चेतनाको यात्रा

“नास्तिक हुनु भनेको केवल ईश्वरको अस्तित्व अस्वीकार गर्नु होइन, त्यो हो भ्रमको अवसान र विवेकको उदय हो। यो एउटा सरल...

विचार

जन्मैदेखि विभेदमा महिला 

नेपालमा मात्रै नभएर विश्वभरी नै हेर्ने हो भने महिलाहरू पुरुषको तुलनामा पिछडिएको नै देखिन्छ। महिलालाई विभेद भ्रुण अवस्थादेखि नै भएको...

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

मिस कास्की नेपाल २०२५ को भव्य ग्राण्ड फिनाले भोलि...

”को कवि ”

टेक विसी र विमला लामाको स्वरमा लोक–पप गीत ‘छमिया’...

मुस्ताङमा छायांकन गरिएको ‘मिस कास्की नेपाल’ को म्युजिक भिडियो...