शान्तिवाटिकामा धर्नामा बसेकाहरुलाई महानगरीय प्रहरीले हटायाे

author

समाचारपाटी

१ year अगाडि

काठमाडौं । शान्तिवाटिकामा धर्नामा बसेकाहरुलाई महानगरीय प्रहरीले हटाएको छ । आज बिहान करिब साढे आठ बजेतिर पुगेको नगर प्रहरीको टोलीले धर्नामा बसेकाहरुलाई लछारपछार गर्दै हटाएको पीडितहरुले बताएका छन्। शान्तिवाटिकामा मिटरब्याज पीडित, आरती साहको परिवार लगायत धर्नामा बस्दै आएका थिए ।

मिटर ब्याज तथा ठगीविरुद्ध किसान मजदुर संघर्ष समितिको केन्द्रीय सदस्य आकाश क्षेत्रीले भन्नुभयाे, ‘हामी करिब २५ जना बसिरहेका थियौं । आज बिहान करिब साढे ८ बजेतिर महानगरीय प्रहरी प्रमुख राजुनाथ पाण्डेसहित नगर प्रहरीहरु आएर हाम्रो सामान फालिदियो । पकाएको भात पनि खान दिएन । दुर्व्यवहार पनि गर्‍यो ।’उनीहरुलाई हटाउने क्रममा ठूलो संख्यामा प्रहरीहरु पनि परिचालन गरिएको थियो ।

यसअघि माइतीघरमा धर्नामा बसेकाहरुलाई प्रहरी प्रशासनले हटाएको थियो । माइतीघरमा निषेधित क्षेत्र घोषणा गरेर धर्ना र प्रदर्शन गर्नेहरुका लागि भृकुटीमण्डपमा स्थान तोकिएको थियो । तर मिटरब्याज पीडित लगायतका समूह शान्तिवाटिकामा धर्नामा बस्दै आएका थिए ।

विभिन्न माग राख्ने समूहरु ११ महिनादेखि शान्ति बाटिका कब्जा गरेर बसेको र त्यसका कारण रानीपोखरीसमेत फोहोर हुन थालेकाले उनीहरुलाई हटाउनु परेको काठमाडौं महानगरपालिकाका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले बताउनुभयाे । उहाँले शान्ति बाटिकामा धर्नामा बस्नेहरु भान्छा र बिस्तारसहित स्थायी रुपमै बसेको भन्ने सूचना आएपछि उनीहरुलाई हटाउन महानगरले आदेश दिएको बताउनुभयाे ।


काठमाडौं

मङ्लबार, बैशाख ३०, २०८२

१८.८९°

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

सरकारले नीति तथा कार्यक्रममै जनताको अभिव्यक्तिलाई निस्तेज पार्ने काम...

संक्रमणकालीन न्याय छिटो टुंग्याउनुपर्नेमा काँग्रेसको जोड

वर्तमान व्यवस्था भ्रष्टहरुको उत्पादन गर्ने कारखानामा परिणत भयोः कमल...

‘देशका लागि केही गर्छु भन्ने हुटहुटी भएको युवाको आवश्यक...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

कविता :सब ठीक छ

सब ठीक छ, अझै पनि घाम पूर्वैबाट उदाउँछ, अझै पनि चन्द्रमा रातभरि मुस्काइरहन्छ, अझै पनि बाटो उस्तै उकालो छ, र...

विचार

कविता : एक भारी गर्हुङ्गो जिन्दगी

पोहोर पनि यसै भनेको थिएजब पुरानो सालसँग युद्द गरेर फर्कदै थियो नयाँ वर्षभनेको थिए वर्षौदेखी मेरा प्रगति पर्खिरहेका आखाँमाएक चिम्टी...

विचार

‎नेपाल: सबै जातजातिको साझा फूलबारी हो?

‎‎हिन्दुराज्य देखि धर्मनिरपेक्षतासम्म: नेपालमा लामो समयसम्म इतिहासमा एउटै सम्प्रदायको वर्चस्व रहँदै आयो।पृथ्वीनारायण शाहको समय देखि नै हिन्दु धर्मकै आधारमा राज्य...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

गुणस्तरीय संगीतको समृद्ध विरासत निर्माण गर्ने उद्देश्यले स्थापना भएकाे...

चलचित्र ‘उनको स्विटर’को प्रिमियरः नेता र कलाकार भन्छन्‘हेर्न नछुटाउनुस्’

‘नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव स्कटल्याण्ड’का लागि चलचित्र आव्हान

वैशाख २० गते दीप श्रेष्ठ सांगीतिक साँझ हुने