fbpx

राष्ट्रिय सभा बैठकमा मिटरब्याज सम्बन्धी विधेयक टेबल

author

समाचारपाटी

१ year अगाडि


काठमाडौं । राष्ट्रिय सभा बैठकमा मिटरब्याज सम्बन्धी ‘मुलुकी संहीता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको बिधेयक, २०८०’ टेबल भएको छ । 


बिहीवार बसेको राष्ट्रिय सभाको बैठकमा गत असार ३१ गते प्रतिनिधि सभाबाट पारित भएको विधेयक टेबल भएको हो । राष्ट्रिय सभाका सचिव सुरेन्द्र पाण्डेले विधेयक टेबुल गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘राष्ट्रिय सभाले पारित गरी सन्देशसहित प्रतिनिधि सभामा पठाएको ‘मुलुकी संहीता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको बिधेयक, २०८०’ प्रतिनिधि सभाबाट पारित गरी फिर्ता पठाएको सन्देश प्राप्त भएको छ । अध्यक्ष महोदयको अनुमतिले सन्देशको व्यहोरा सभा समक्ष जाकारी गराउँछु । २०८० साल असार ३१ गते आईतवार बसेको प्रतिनिधि सभाको बैठकले राष्ट्रिय सभामा उत्पत्ति भएको मुलुकी संहीता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको बिधेयक, २०८०’ लाई सभाले स्वीकार गरेको संशोधनसहित पारित गरेकाले प्रतिनिधि सभा नियमावली २०७९ को नियम १३३ को उपनियम ५ बमनेजिम सभाले स्वीकार गरेको उक्त संशोधनप्रति यसैसाथ राखि सन्देशसहित विधेयक फिर्ता पठाएको अनुरोध गर्दछु । सम्माननीय अध्यक्ष महोदय, राष्ट्रिय सभा नियमावलीको नियम १२३ को उपनियम १ बमोजिम उक्त सन्देश यस सम्मानित सभा समक्ष टेबल गर्दछु ।’


राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले आजै बस्नेगरी आधा घण्टाका लागि बैठक स्थगित गर्नुभएको छ ।  राष्ट्रिय सभाबाट आज नै यो विधेयक पारित गर्ने तयारी छ । सभाबाट पारित भएपछि राष्ट्रपतिले प्रमाणिकरण गरेपछि यो विधेयक ऐनको रुपमा लागू हुनेछ ।


काठमाडौं

बुधबार, मंसिर २६, २०८१

११.१५°

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

राजनीतिक समाचार

थप देखाउनुहोस्

रविलाई पोखरा लैजाँदा दुर्व्यवहार नभएको प्रहरीको दाबी

चीन भ्रमणले नेपालमा लगानीका सम्भावनालाई थप बलियो बनायो: अध्यक्ष...

बाबुराम भट्टराई र रवि लामिछानेबीच भेट, राजनीतिक प्रतिशोधको आरोप

१८ महिना सरकार चलाएर देउवालाई सत्ता हस्तान्तरण गर्ने ओलीको...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

‘फेस अफ क्लासिक डाइमन्ड २०२४’ का विजेता घोषणा

फिल्म ‘अग्निदहन’ ले समाजमा व्याप्त भयाबह कुरुतीलाई भयानक प्रहार...

चलचित्र ‘अग्निदहन’ मा महिलामाथिका हिंसाको कथावस्तु

चलचित्र ‘पूर्णबहादुरको सारंगी’को ट्रेलर सार्वजनिक