नेपालमा केही दिन अझै अधिकतम तापक्रम बढ्ने मौसमविद् भनाई

author

समाचारपाटी

२ years अगाडि

काठमाडौं । नेपालका अधिकांश स्थानमा अधिकतम तापक्रम अझै केही दिन रहने मौसमविद्हरुले बताएका छन् । 
केही दिनयता तातो हावा तथा लू देशभरका अधिकांश स्थानमा देखिएकोबारेमा आयोजना गरिएको छलफल कायक्रममा बोल्दै मौसमविद्हरुले यस्तो चेतावनी दिएका हुन् । कार्यक्रममा बोल्दै मौसमविद् शान्ति कँडेलले यस वर्ष अधिकांश भूभागमा सरदर भन्दा कम वर्षा हुने र सरदर भन्दा बढी अधिकतम तापक्रम हुने देखिएको बताउनु भयो । उहाँले न्युनतम तापक्रम पनि सरदर भन्दा धेरै बढी हुने देखिएको बताउनु भयो । उहाँले नेपालमा १३ जुनबाट मात्रै मनसुन प्रवेश हुने भएकाले अझै केही दिन नेपालमा हिट वेब हुने र त्यसपछिका केही दिनलगत्तै पुनः हिट वेब बढ्ने अवस्था रहेको बताउनु भयो । 


उहाँले भन्नुभयो, ‘यस वर्ष अधिकांश भूभागमा सरदर भन्दा कम वर्षा हुनेछ । वर्षा कम हुने देखिएको छ । अधिकतम तापक्रम सरदर भन्दा बढी अधिकतम तापक्रम हुने देखिएको छ । यो अझै धेरै समयसम्म रहन्छ । त्यस्तै न्युनतम तापक्रम पनि सरदर भन्दा धेरै बढी हुने देखिएको छ । नेपालमा मनसुन प्रवेश गर्ने भनेको १३ जुन हो, अब एक दुई दिनमा पूर्वी भूभागमा वर्ष हुनेछ भने १६ तारिखदेखि वर्षा हुने देखिएको छ । हिट वेब अझै केही दिन लम्बिनेछ ।’

कार्यक्रममा बोल्दै राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डा. अनिल पोखरेलले गर्मीबाट बच्नका लागि परोपकारी संस्थाहरुले ठाउँ ठाउँमा माटोको भाँडाहरुमा पानी राखेर खुवाउने, सातु खुवाउने, कागतीहरु हालेर पानी खुवाउने र मोहीहरु खुवाउने विधिलाई अघि बढाउन जरुरी रहेको बताउनु भयो । उहाँले यसमा सरकार र प्राधिकरणले पनि सहयोग गर्ने बताउनु भयो । उहाँले यस्तो स्थितिमा परोपकारी संस्थाहरुको भुमिका महत्वपूर्ण रहने बताउनु भयो । 
उहाँले भन्नुभयो, ‘परोपकारी संस्थाहरुले ठाउँ ठाउँमा माटोको भाँडाहरुबाट कपडाले बेरेर पानी खुवाउने, बरफहरु हालेर खुवाउने, सातु खुवाउने, कागतीहरु हालेर खुवाउने, मोहीहरु खुवाउने यो धर्मको हिसावबाट पनि गर्ने गरिन्छ । यसलाई पनि हामीले अघि बढाउनुपर्छ । यसमा परोपकारी संस्थाको ठूलो भुमिका हुन्छ, समुदायमा यस किसिमका गतिविधि गर्न जरुरी छ । पालिकामुखी भएर काम गर्न जरुरी छ । यसमा छिटो छरितो टिम बनाएर जानुपर्छ, हरियाली बनाउन बिरुवा रोप्ने काममा पनि हामी लाग्नुपर्छ ।’

त्यस्तै कार्यक्रममा अन्य मौसमसम्बन्धी विज्ञ र सरोकारवाला निकायका प्रतिनिधिहरुले पूर्वसूचना प्रणाली कमजोर रहेको बताए । गर्मीका कारण लू लाग्ने, वान्ता हुने, थकाइ लाग्ने, कमजोरी हुने, बढी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउँडिने,  चक्कर आउने, बेहोस हुने, मांसपेशीहरू दुख्नसक्ने विज्ञहरुले बताए । तातो हावाबाट बच्न बढी गर्मीको समयमा घरभित्र अर्थात चिसो स्थानमा रहने, बाहिरी वातावरणमा बढी नजाने हल्का लुगा लगाउने, सुती कपडा लगाउने, बाहिर निस्किँदा टाउको छोप्ने, टोपी लगाउने, नियमित पानी तथा झोल पदार्थ (जुस, सर्वत, आदि) प्रशस्त मात्रामा पिउने र स्वास्थ्यमा समस्या भएमा स्वास्थ्यकर्मीसँग नियमित सम्पर्कमा रही थप सल्लाह सुझाव लिनुपर्ने चिकित्सकहरुको सुझाव छ । छलफलका क्रममा अब शीतलहरका लागि पनि नयाँ कार्ययोजना बनाएर अघि बढ्नुपर्ने आवाज उठेको छ । उनीहरुले गर्मीबाट हुने क्षतिलाई न्युनिकरण गर्न तीन तहकै सरकारले समन्वयात्मक रुपमा काम गर्नुपर्नेमा जोड दिनुभयो । 


काठमाडौं

आइतवार, जेष्ठ ५, २०८२

१९.७१°

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

साँठगाँठे पुँजीवादले अर्थतन्त्र ध्वस्त बनायोः काँग्रेस उपसभापति धनराज गुरुङ

लोकतन्त्र र व्यवस्था विरोधी गलत सामग्री रोक्न दूरसञ्चार सेवा...

सरकारले वातावरण बनाइदिए दश वर्षमा मुलुकको कायापलट हुन्छः उमेश...

सरकारले नीति तथा कार्यक्रममै जनताको अभिव्यक्तिलाई निस्तेज पार्ने काम...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

कविता :सब ठीक छ

सब ठीक छ, अझै पनि घाम पूर्वैबाट उदाउँछ, अझै पनि चन्द्रमा रातभरि मुस्काइरहन्छ, अझै पनि बाटो उस्तै उकालो छ, र...

विचार

कविता : एक भारी गर्हुङ्गो जिन्दगी

पोहोर पनि यसै भनेको थिएजब पुरानो सालसँग युद्द गरेर फर्कदै थियो नयाँ वर्षभनेको थिए वर्षौदेखी मेरा प्रगति पर्खिरहेका आखाँमाएक चिम्टी...

विचार

‎नेपाल: सबै जातजातिको साझा फूलबारी हो?

‎‎हिन्दुराज्य देखि धर्मनिरपेक्षतासम्म: नेपालमा लामो समयसम्म इतिहासमा एउटै सम्प्रदायको वर्चस्व रहँदै आयो।पृथ्वीनारायण शाहको समय देखि नै हिन्दु धर्मकै आधारमा राज्य...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

पुर्खाको थलो : जेठ ३ गते पोखरामा प्रदर्शन, हङकङ,...

गुणस्तरीय संगीतको समृद्ध विरासत निर्माण गर्ने उद्देश्यले स्थापना भएकाे...

चलचित्र ‘उनको स्विटर’को प्रिमियरः नेता र कलाकार भन्छन्‘हेर्न नछुटाउनुस्’

‘नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव स्कटल्याण्ड’का लागि चलचित्र आव्हान