हाल मनसुनको न्यून चापीय रेखा (Axis of the Monsoon Trough) सरदर स्थान भन्दा उत्तरमा अवस्थित छ।
हाल कोशी प्रदेशमा सामान्य बदली रही बाँकी भू-भागमा आंशिक देखि सामान्य बदली रहेको छ। कोशी, मधेश र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा हल्का वर्षा भइरहेको छ।
जल तथा मौसम विज्ञान विभाग,मौसम पूर्वानुमान महाशाखाकानुसार आज दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ। देशका पहाडी भू-भागका केही स्थानहरुमा हल्का देखि मध्यम वर्षा र बाँकी भू-भागका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।
रातीमा देशभर आंशिक देखि सामान्य बदली रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागको थोरै स्थानहरूमा र बाँकी भू-भागको एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।