काठमाडौं । बुधबार देशभर सामान्य बदली रहनेछ। मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी र गण्डकी प्रदेश लगायत देशका पहाडी भूभागका केही र बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
कोशी , गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ।
बुधबार राति देशभर सामान्य देखि पूर्ण बदली रहनेछ। कोशी, मधेस, बागमती , गण्डकी र लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङसहित भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको छ।