fbpx

आज राति नेपालबाट मिथुन उल्का वर्षाको रमाइलो दृष्य देख्न पाइने खगोलविद्को भनाई

author

समाचारपाटी

१0 महिना अगाडि

काठमाडौं । आज राति नेपालबाट मिथुन उल्का वर्षाको रमाइलो दृष्य देख्न पाइने खगोलविद्ले बताएका छन् । नेपालबाट आकाश खुलेको बेलामा उल्का वर्षा अवलोकन गर्न सकिने छ ।

नेपालको जुनसुकै ठाउँबाट बेलुका ८ बजेदेखि भोलि बिहान साढे ५ बजेसम्म उल्का वर्षालाई अवलोकन गर्न सकिने नेपाल एष्ट्रोनोमिकल सोसाइटी नासो का अध्यक्ष सुरेश भट्टराईले जानकारी दिनुभयो । उहाँका अनुसार उल्का वर्षालाई खाली आँखाले नै हेर्न सकिन्छ । यो वर्ष मंसिर १८ गतेदेखि शुरु भएको मिथुन उल्कावर्ष पुस १ गतेसम्म सक्रिय रहने भट्टराईले बताउनुभयो ।

अत्यधिक सक्रिय भने आज राति हुने र अत्यधिक सक्रिय भएका बेला प्रतिघण्टा १५० वटासम्म उल्का देखिन सक्ने उहाँको भनाइ छ । उल्का वर्षाको समयमा उल्काहरु मिथुन राशिबाट निस्किए जस्तो देखिने हुनाले यसलाई मिथुन उल्कावर्षा नामकरण गरिएको हो ।

उल्का वर्षा हेर्न चाहनेले आफ्नो घरबाट वा प्रकाश प्रदूषण उज्यालो प्रकाशका कारण आकाशमा हुने प्रदूषण कम भएको ठाउँबाट अवलोकन गर्न तथा फोटो खिच्न सक्नेछन् ।


काठमाडौं

मङ्लबार, अशोज २२, २०८१

२१.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

पीडितका लागि निर्माण व्यवसायी विकास परिषदद्वारा एक करोड राहत

आगामी निर्वाचन एक्लै लड्ने संकल्प लिएका छौंः पुष्पकमल दाहाल

बाढीपीडितका लागि चिनियाँ रेडक्रसले दियो एक लाख अमेरिकी डलर

एउटा ठूलो पार्टी प्रतिपक्षमा बस्नुपर्छः सभापति लामिछाने

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

दशैतिहार गित आँशुका धारा बजारमा प्रभाको शसक्त अभिनय

पोखरामा नाटक जानकी मञ्चन हुँदै

चलचित्र ज्वाईं सावको ‘कसम बत्तीको’ बोलको गीत सार्वजनिक

लोकप्रिय गायक धिरज राईले काठमाडौंका दर्शकन चाउँने

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन