मुस्ताङको मेसोकोन्दोपास फेदीमा दुई विदेशी महिलाको मृत्यु

author

समाचारपाटी

२ years अगाडि

सुन्दर कुमार थकाली, मुस्ताङ । मुस्ताङको मेसोकोन्दोपास फेदीमा दुई विदेशी महिलाको मृत्यु भएको छ। शुक्रबार बिहान थाइल्याण्डकी ४९ वर्षीया राटाया फिलाइसेङगसुरी र ३७ वर्षीया पेनी अरनलुमको मृत्यु भएको आरसल्याण्ड ट्रेकिङ एजेन्सी कम्पनीले जनाएको छ।

नोभेम्बर ११ मा लमजुङको बेसी सहरदेखि मनाङ हुँदै राउण्ड चक्रिय अन्नपूर्ण पदमार्ग यात्रामा निस्किएका १२ जना विदेशी, ८ जना भरिया र २ जना प्रथप्रर्दशक टोली गरी २२ जना समुह नोभेम्बर १७ मा तिलिचो ताल आइपुगेका थिए। विश्वकै अग्लो उचाइमा रहेको ताल तिलिचो समुन्द्री सतहदेखि ४९१९ मिटरको उचाइमा अवस्थित छ। पदमार्गमा निस्किएको सो टोली बेसी सहरबाट ६ दिनको पदयात्रापछि तिलिचो तालमा आइपुगेका थिए।

मनाङबाट तिलिचो ताल हुँदै मेसोकोन्दो पासको अग्लो पहाड छिचोलेर मुस्ताङको ठिनी गाउँ झर्ने क्रममा समुन्द्री सतहदेखि ४२ सय मिटर अग्लो उचाइको मेसोकोन्दो पासको फेदीमा थाइल्याण्डका दुई पर्यटकको मृत्यु भएको आरसल्याण्ड ट्रेकिङ एजेन्सी कम्पनीका प्रतिनिधि कुङ्गा शेर्पाले जानकारी दिनुभयाे।

उहाँका अनुसार तिलिचो ताल हुँदै मुस्ताङ झर्ने क्रममा दुई विदेशी महिला पर्यटक बिरामी परेर घाइते भएका थिए। अत्यधिक चिसो र हाईअल्टिच्युडले बिरामी भएका ३७ वर्षीया फनिता नाकासिङ र ४२ वर्षीया महिला पर्यटक माथुरा टसाईकानानको शुक्रबार दिउँसो एअर डाइनोष्टिकको माउण्टेन हेलीले मुस्ताङबाट उद्दार गरेको थियो।

अन्नपूर्ण पदमार्गमा हिंडेका २२ जनामध्ये एक विदेशी र एक नेपाली तिलिचो तालबाट पूनः मनाङ फर्किएका छन् भने सकुशल रहेका १४ जना विदेशी पर्यटक र भरियाहरु शुक्रबार साँझ जोमसोम आइपुगेका थिए। मेसोकोन्दोपासमा मृत्यु भएको दुई विदेशी महिलाको लाश कुर्न दुई भरिया मेसोकोन्दोपासको फेदीमै बसेका छन्।

हिउँदयामसँगै अहिले तिलिचो ताल र मेसोकोन्दापास आसपास अत्यधिक चिसो बढेको छ। त्यहाँ हिमपातका कारण पुरै पदमार्ग सडक हिउँले सेताम्मे छ। मुस्ताङतर्फ पर्ने मेसोकोन्दोपास समुन्द्री सतहदेखि करिव ५ हजार मिटरको उचाइमा पर्छ।

अन्नपूर्ण पदमार्गमा निस्किएका विदेशीसहित नेपाली टोली शुक्रबार दिउँसो मुस्ताङ प्रशासनको सम्पर्कमा आएका थिए। प्रतिकुल मौसमका कारण मेसोकोन्दोपासमा मृत्यु भएका दुई विदेशी महिला लाश लिन मुस्ताङ प्रशासनसँग समन्वय भएको आरसल्याण्ड ट्रेकिङ एजेन्सीका प्रतिनिधि शेर्पाले बताउनुभयाे।

मेसोकोन्दो रहेको लाशको उद्दार गर्न एअरडोइनोष्टिकको हेली त्यसतर्फ लैजाने तयारी भइरहेको शेर्पाले जानकारी दिए। यता, जिल्ला प्रहरी कार्यालय मुस्ताङले तिलिचो पदमार्गको मेसोकोन्दोपासमा दुई विदेशी महिलाको मृत्यु भएको जानकारी आएको बताएको छ। जिल्ला प्रहरी कार्यालय मुस्ताङका सूचना अधिकारी गोपीकृष्ण सुवेदीले विदेशी शव व्यवस्थापन तथा उद्दार गर्न काठमाडौंबाट हेली आउने र प्रहरीले घटनाको विवरण संकलन गर्ने बताउनुभयाे।


काठमाडौं

आइतवार, बैशाख १४, २०८२

१६.१५°

विचार/विविधा

थप देखाउनुहोस्
विचार

कविता :सब ठीक छ

सब ठीक छ, अझै पनि घाम पूर्वैबाट उदाउँछ, अझै पनि चन्द्रमा रातभरि मुस्काइरहन्छ, अझै पनि बाटो उस्तै उकालो छ, र...

विचार

कविता : एक भारी गर्हुङ्गो जिन्दगी

पोहोर पनि यसै भनेको थिएजब पुरानो सालसँग युद्द गरेर फर्कदै थियो नयाँ वर्षभनेको थिए वर्षौदेखी मेरा प्रगति पर्खिरहेका आखाँमाएक चिम्टी...

विचार

‎नेपाल: सबै जातजातिको साझा फूलबारी हो?

‎‎हिन्दुराज्य देखि धर्मनिरपेक्षतासम्म: नेपालमा लामो समयसम्म इतिहासमा एउटै सम्प्रदायको वर्चस्व रहँदै आयो।पृथ्वीनारायण शाहको समय देखि नै हिन्दु धर्मकै आधारमा राज्य...

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

‘देशका लागि केही गर्छु भन्ने हुटहुटी भएको युवाको आवश्यक...

प्रधानमन्त्रीको प्रश्नः जंगली प्रवृत्ति देखाएर जनतामाथि कस्तो शासन गर्न...

युवा कार्यतकर्तालाई प्रधानमन्त्रीको आग्रहः मिसन ०८४ मा लाग्नुस्

परिणाम नदेखिने आयोजनाहरूमा कैँची लगाऔँः डा. प्रकाशशरण महत

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

‘नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव स्कटल्याण्ड’का लागि चलचित्र आव्हान

वैशाख २० गते दीप श्रेष्ठ सांगीतिक साँझ हुने

बिहिबारबाट ‘जोगिन्दरको पान दुकान’ सिजन २ प्रसारणमा आउने

लमजुङमा गुञ्जियो ‘व्याक टु नाइन्टिज’

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन