स्याङ्गजा फेदीखाेलाकाे ‘हिम शिखर क्लब’द्वारा चैते दशैँ मेला तथा पुरुष भलिबल प्रतियाेगिताकाे आयोजना

author

समाचारपाटी

२ महिना अगाडि

स्याङ्गजा फेदीखाेला गाउँपालिकाकाे सबैभन्दा पुरानो युवा क्लब 'हिम शिखर क्लब'ले फेदीखाेला राम नवमी तथा चैते दशैँ मेला २०७९ आयाेजना गरेकाे छ । साथै हिमशिखर क्लबको आयोजनामा फेदीखाेला रङ्गशालामा चैतको १३ देखि १६ गतेसम्म जिल्ला स्तरीय पुरुष भलिबल प्रतियाेगिता हुन लागेको हो ।

हिम शिखर क्लब फेदीखोलाले विगतका वर्षहरुमा मनाउँदै आएको फेदीखोलाको पहिचान र गौरवको रूपमा रहेको फेदीखोला राम नवमी तथा चैते दशैं मेला पुन यस वर्ष २०७९अझैं बृहत र भव्य रूपमा मनाउने तयारी भएकाे प्रतियाेगिता आयोजकले बताएकाे हाे ।

पुरूष भलिबल प्रतियाेगितामा प्रथम हुने टोलीले एक लाख ११ हजार एक सय ११ र दोस्रो हुने टोलीले ७१ हजार एक सय ११ रुपियाँ पुरस्कार पाउनेछन् । मेडल ट्रफी र प्रमाणपत्र पनि प्रदान गरिने खेल संयाेजकले बताउनुभयाे ।

प्रतियोगितामा सहभागी हुनका लागि ५ हजार रुपियाँ प्रवेश शुल्क तिर्नुपर्ने छ । प्रतियोगिताको दौरान ४० वर्ष भन्दामाथिका खेलाडीहरूको भेट्रान्स खेल समेत हुने छ ।

भेट्रान्सतर्फ प्रथम हुने टोलीले लोकल खसी पुरस्कार प्राप्त गर्ने आयोजक क्लबका कोषाध्यक्ष कृष्णबहादुर गुरुङले जानकारी दिनुभयो । प्रतियोगितामा २० भन्दा बढी टोलीको सहभागिता रहने आयोजकले जनाएको छ ।

भलिबल प्रतियाेगिताका साथै राम नवमी तथा चैते दशैँ मेला छेलाे फाल्ने , घैटाे फुटाउने, डाेरी तान्ने प्रतियाेगिता,राष्ट्रिय स्तरका दाेहाेरी कलाकारहरूकाे प्रस्तुतीका साथै विभिन्न साँस्कृतिक कार्यक्रमहरू रहेका छन् ।

शुभचिन्तक तथा सम्पूर्ण फेदीखोला बासीहरुले यस मेलालाई भव्यताका साथ सम्पन्न गराउन सहकार्य र सहयोग गर्नका लागि हिम शिखर क्लब फेदीखोला आशावादी रहेकाे बताएकाे छ ।

खेलक्षेत्रमा फेदीखोलाको एउटा गौरवशाली इतिहास बाेकेकाे गाउंपालिकाको सबैभन्दा पुरानो युवा क्लब हिम शिखर क्लबको सकृयतामा गठन भएको भलिबल टिमले विगतका दिनमा जिल्ला भित्र र बाहिरका कैयौं खेल प्रतियोगिताहरूमा विजय हासिल गरेर फेदीखोलालाई चर्चा मा ल्याउन सफल भएको थियो ।

वि.सं २०५० सालमा स्थापना भएको हिमशिखर क्लबले नियमित रूपमा यस्ता खेलकुद कार्यक्रमको आयोजना गर्दै आइरहेको छ । प्रतियोगिता सम्पन्न गर्न १० लाँख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । यस प्रतियाेगिताका लागि देश विदेशमा रहनुभएका आफ्नाे मातृभुमिलाइ प्राण भन्दा प्याराे ठान्ने फेदीखाेलाबासीले यस्ता प्रतियोगिताहरूलाइ प्राेत्साहान गर्न १ सय ७० भन्दा बढिले आर्थिक सहयाेग समेत गर्नुभएकाे छ ।

प्रतिक्रिया दिनुहोस्

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।


चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

101 Talks Coming Soon | The Voice of Ideas

https://www.youtube.com/

राजनीतिक समाचार

थप देखाउनुहोस्

प्रधानमन्त्रीलाई विज्ञको सुझाव, भारत भ्रमणमा मेन्यु लिएर नजानुस्

रेशम चौधरीलाई आममाफी दिने सरकारको निर्णय स्वीकार्य हुन्न :...

पछाडि परेका क्षेत्र, समूह, वर्गलाई लक्षित गरेर बजेट आउँने...

विश्व अर्थतन्त्रमा आएको मन्दीको असर नेपाली अर्थतन्त्रमा पनि पर्‍यो...

खेलकुद समाचार

थप देखाउनुहोस्

ICC Cricket World Cup League

UAE

310

:

319

Nepal

FULL TIME

ICC Cricket World Cup League

PNG

95

:

100

Nepal

FULL TIME

ICC Cricket World Cup League

Nepal

248

:

77

UAE

FULL TIME

ICC Cricket World Cup League

PNG

249

:

190

UAE

FULL TIME

विचार/विविधा

थप देखाउनुहोस्
विचार

राजनीतिक समाजीकरण, अपराधिकरण र देशद्रोह

केहि देशद्रोहीहरुको मुखुण्डो उत्रिएको अवस्था र अनुसन्धान प्रक्रिया चलिरहेको भए पनि मुद्दालाई कमजोर पारिन्छ कि भन्ने आम आशंका उत्पन्न भएको...

विचार

अल्पविकसित देशहरुमा सार्वजनिक प्रशासनको भूमिका र नेपालको सन्दर्भ

सार्वजनिक प्रशासनले लक्षित व्यक्तिहरूको हितको लागि असल र प्रभावकारी नीति निर्माणका लागि राजनीतिक नेतृत्वलाई आवस्यक मद्दत गर्दछ। समाजको सामाजिक र...

विचार

आज अन्तर्राष्ट्रिय महिला दिवस, कसरी सुरु भयो नारी दिवस ?

अन्तर्राष्ट्रिय महिला दिवसमा महिलाहरू सामाजिक चेतना विकासमा जोड दिने, राजनीतिक पहुँच बढाउने, न्यायलयमा समानताको हक खोज्ने आर्थिक र उत्पादनको क्षेत्रमा...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

मिस नेपाल-२०२३ को उपाधि जितीन श्रीच्छा प्रधानले

चलचित्र टुल्की शुक्रवारबाट प्रदर्शनमा

जेठबाट रिलिज हुने फिल्म ‘हुक्काः एन एब्सर्ड ड्रिम’को गीत...

नेपाल अफ्रिका फिल्म फेस्टिबल असार १ बाट सुरू हुने

नेप्से

Index Name
Index Value
Change Percentage

Nepse

2162.92

-0.73%

Sensitive

412.90

-0.52%

Float

152.28

-0.67%

Sen. Float

138.79

-0.49%

Banking

1416.52

1.06%

Development Bank

3834.83

-2.43%

Finance

1807.44

-0.36%

Life Insurance

10626.73

-0.81%

Non Life Insurance

9093.21

-1.31%

Microfinance

4779.86

-1.01%

Mutual Fund

15.04

0.54%

Hotels And Tourism

3225.73

-2.25%

Investment

69.40

-1.96%

HydroPower

2630.68

-2.79%

Manu.& Pro.

5220.28

-1.36%

Trading

2310.13

-0.09%

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

काठमाडौं

आइतवार, जेष्ठ १४, २०८०

२२.७२°

-
Clouds