काठमाडौं । चीनमा जारी एसियाली खेलकुद प्रतियोगिताको पुरुष क्रिकेटमा नेपाल क्वार्टर फाइनलबाटै बाहिरिएको छ। भारतसँग २३ रनले पराजित भएसँगै नेपाल बाहिरिएको हो। मंगलबार बिहान सम्पन्न खेलमा भारतले दिएको २०३ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले ९ विकेट क्षतिमा १७९ रनमात्र बनाउन सक्यो।
यसअघि भारतले २० ओभर खेल्दै ४ विकेट क्षतीमा २०२ रन बनाएको थियो। टस जितेर ब्याटिङ थालेको भारतका लागि यशस्वी जैसवालले ४९ बलमा सतक प्रहार गरे। त्यस्तै रिङ्कु सिंहले १५ बलमा अविजित ३७ रन बनाएका थिए भने रितुराज गाइक्वाड र शिवम दुबेले २५–२५ रन बनाए भने तिलक बर्मा २ र जितेश शर्मा ५ रनमा पेभेलियन फर्किएका थिए।नेपालका दीपेन्द्रसिंह ऐरीले २, सन्दीप लामिछाने र सोमपाल कामीले समान १/१ विकेट लिएका थिए।नेपालले आश लाग्दो ब्याटिङ गरेपनि पराजित भएको हो।