fbpx

पोखरा रंगशालामा हुने प्रथम अन्नपूर्ण ‘अध्यक्ष कप’ बास्केटबल प्रतियोगिताको तयारी पूरा

author

समाचारपाटी

२ महिना अगाडि

पोखरा । पोखराको रंगशालास्थित बास्केटबल कोर्टमा मंगलबार (आज) देखि सुरु हुने गण्डकी प्रदेश पालिकास्तरीय ‘प्रथम अन्नपूर्ण अध्यक्ष कप’ पुरुष तथा महिला बास्केटबल प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ । कास्कीको अन्नपूर्ण गाउँपालिका बास्केटबल संघको आयोजनामा हुने ‘प्रथम अन्नपूर्ण अध्यक्ष कप’ पुरुष तथा महिला बास्केटबल प्रतियोगिताको तयारी पूरा भएको अध्यक्ष कृपाश्वर गुरुङले जानकारी दिनुभयाे ।

उहाँका अनुसार यही २५ गतेदेखि २९ गतेसम्म हुने उक्त प्रतियोगिताको उद्घाटन खेलमा बेनी नगरपालिका र मादी गाउँपालिका भिड्नेछन् । उहाँले पुरुषतर्फ कुल १२ टिमको सहभागिता रहेको बताउनुभयाे । अध्यक्ष गुरुङका अनुसार लमजुङ बेसीशहर, अन्नपूर्ण म्याग्दी ‘ओरेन्ज’, रघुगंगा ‘ग्रे’, अन्नपूर्ण कास्की ‘ब्ल्याक’, रघुगंगा‘ह्वाइट’, मोदी गाउँपालिका पर्वत,अन्नपूर्ण कास्की ‘ह्वाइट’, अन्नपूर्ण म्याग्दी ‘ह्वाइट’, पोखरा महानगरपालिका,बेनी नगरपालिका, मादी गाउँपालिका कास्की र जलजला पर्वत गरि कुल १२ टिमको सहभागिता रहेको छ ।

यस्तै महिलातर्फ कुल ६ टिमको सहभागिता रहेको सहसचिव विश्वास गुरुङले जानकारी दिनुभयाे । उहाँका अनुसार ललितपुर, अन्नपूर्ण, ग्राण्डी, मर्दीखोला ‘ए’ र ‘बी’ तथा प्रतिभा गरि कुल ६ टिमको सहभागिता रहेको छ । लिक कम नकआउटको आधारमा सञ्चालन हुने महिला तथा पुरुष बास्केटबल प्रतियोगितामा पुरुषतर्फको विजेताले नगद १ लाख १५ हजार १ सय ११, उपविजेताले नगद ७० हजार र तेस्रो हुने टिमले ३० हजार रुपैयाँसहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

यस्तै महिलातर्फको विजेताले नगद ३० र उपविजेताले नगद१५ हजार रुपैयाँसहित मेडल,ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् ।विधागत पुरुषतर्फ बेस्ट डिफेन्सीप प्लेयर, बेस्ट अफेन्सीप प्लेयर र एमभिपीलाई नगद रु १५÷१५ सय र अनुशासित टिमलाई नगद रु ५ हजार रुपैयाँ पुरस्कार प्रदान गर्ने आयोजकले जनाएको छ । यस्तै महिला विधागतर्फ अफेन्सीप प्लेयर र एमभिपीलाई नगद रु १५ ÷१५ सय पुरस्कार प्रदान गर्ने आयोजनकले जनाएको छ ।

गण्डकी प्रदेशस्तरीय अन्तर पालिका पुरुष बास्केटबल प्रतियोगिता ५×५ हुनेछ भने महिलातर्फ ३×३ हुनेछ । प्रतियोगिताको उद्घाटन बिहान ११ बजे अन्नपूर्ण गाउँपालिका कास्कीका अध्यक्ष विष्णु बहादुर क्षेत्रीले गर्ने आयोजकले जनाएको छ ।


काठमाडौं

आइतवार, माघ १३, २०८१

१४.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

तेह्रौ पोखरा महोत्सव – २०८१

https://www.facebook.com/

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

अर्थतन्त्र चलायमान बनाउन सरकारले अध्यादेश ल्यायो

सभामुखले संवैधानिक परिषद् विधेयकमा खोजे सत्तापक्षको धारणा

पूर्वडीआईजी जोशी : बहस नसकिएपछि प्रहरी हिरासतमा

राष्ट्रिय परिचयपत्रलाई कार्यान्वयन रोक दायर रिट निवेदन सर्वोच्च अदालतले...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

ज्योतिराज राईको ‘नाक्छोङ’ ले मोरङबाट थाल्यो छायांकन

गायिका मेलिना राई विवाह बन्धनमा बाँधिने, मेलिना राईले गरिन इंगेजमेन्ट

नाटक ‘महासत्व’ टेकुस्थित कौशी थिएटरमा

नेपाली चलचित्र पीताम्बरको टिजर सार्वजनिक

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन