fbpx

केन्टकीमा एनआरएन भेलासँगै मेम्बरसीप ड्राइभ अभियान सुरु

author

समाचारपाटी

१ year अगाडि

अमेरिकाको केन्टकीमा गैर आवासीय नेपाली सङ्घ अमेरिकाको भेला कार्यक्रम सुरु भएको छ । यो भेलाले मेम्बर सीप ड्राइभ कमिटीले केन्टकीको लेक्जिन्टनबाट सदस्यता विस्तार कार्यक्रमलाई अघि बढाएको छ ।

सो क्षेत्रमा रहेका सबै नेपालीलाई गैर आवासीय नेपाली संघमा अबद्ध गर्न यो भेला आयोजना गरिएको हो । (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् एनसीसी अमेरिकाका उपाध्यक्ष एवं सदस्यता विस्तार कमिटीका संयोजक दिलु पराजुलीले भेलासँगै सदस्यता वितरण अभियान चलाएका छन् । केन्टकीमा १९मा भएको भेलाबाट यो अभियान सुरु गरेका हुन् ।

सदस्यता खुल्ला गरेको तीन सातामा सो क्षेत्रका एक सय बीस जनाले मात्र आवेदन दिएको बताउदै संयोजक पराजुलीले आफु बस्दै आएको राज्य केन्टकीको लेक्जिन्टन शहरबाट बाट विषेश अभियान शुरु गरेको जानकारी गराउनुभयाे ।
मेम्बर सीप ड्राइभ कमिटीका चेयर पराजुलीले मातृभूमि नेपाललाई संगठनमार्फत एकजुट भएर योगदान गर्न संस्थाको सदस्य बन्न आबश्यक रहेको बताउनुभयाे । उहाँले विगतको भन्दा धेरै सदस्य बनाउने गरि लागि परेको बताउनुभयाे । उहाँका अनुसार अमेरिका अहिले विश्वमा नै धेरै सदस्य रहेको एनसीसी हो । बीस हजार भन्दा बढी अहिले एनआरएनए अमेरिकाको सदस्य छन् । यो सदस्यता विस्तार कार्यक्रम लिएर उनी नेपालीहरु बसोबास गर्ने अरु शहरमा भ्रमण गर्दै छन् ।

कार्यक्रममा नेपाली जन सम्पर्क समिति केन्टकी च्याप्टर सभापति सुधीर ओझा, प्रवासी मञ्च नेपालका केन्टकी च्याप्टर सभापति टेकराज भट्टराईको सहभागिता रहेको थियो । त्यसैगरि स्थानीय समाजका अग्रज शेष नारायण तिवारी, एन्काका वरिष्ठ उपाध्यक्ष श्याम पराजुली , चर्चित कलाकार इनास अमेरिकाका वरिष्ठ उपाध्यक्ष गोपाल नेपाल, सुदूर पश्चिम समाज केन्टकीका सभापति उद्धव उप्रेती लगायतको समेत कार्यक्रममा उपस्थिति रहेको थियो ।

एनआरएनए अमेरिकाले मार्च ६ तारिक देखि सदस्यता खुल्ला गरेको थियो । एनआरएनए अमेरिकाको सदस्यता लिन अनलाइनबाट मात्र सम्भव छ । सदस्यता लिने अन्तिम दिन मे महिना को १५ तारिख सम्म तोकिएको बताइएको छ ।
उपाध्यक्ष एवं सदस्यता विस्तार कमिटीका संयोजक पराजुलीले गैरआवासीयहरुको विश्वास भयो भने आफु भावी नेतृत्व लिन समेत पछि नपर्ने बताउनुभयाे । उहाँले भन्नुभयाे, ‘सबैको साथ सहयोग भएमा आगामी नेतृत्वको दौडमा आफुलाई सामेल गरेर अघि बढ्नेछु ।’


काठमाडौं

बुधबार, अशोज २, २०८१

२९.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

नेपालको संविधानले राजनीतिक व्यवस्थामा ठूलो परिवर्तन गरेको छ :...

काँग्रेस र एमाले मिल्दा आत्तिनुपर्दैनः काँग्रेस सांसद रोकाय

सहकारीको रकम अपचलनमा रविको संलग्नता पुष्टि

मेयर बालेनले भने: नयाँ मापदण्ड अन्तर्गत कुनै घर भत्किने...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

पोखरामा नाटक जानकी मञ्चन हुँदै

चलचित्र ज्वाईं सावको ‘कसम बत्तीको’ बोलको गीत सार्वजनिक

लोकप्रिय गायक धिरज राईले काठमाडौंका दर्शकन चाउँने

गीतकार प्रमिला बस्नेतको मौलिक तीज गीत “माया बस्यो संगिनी...

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन