fbpx

‘४० वटा कानून तत्काल निर्माण गर्नुपर्ने आवश्यकता छ’:- सांसद कमला पन्त

author

समाचारपाटी

९ महिना अगाडि

राष्ट्रिय सभा सदस्य कमला पन्तले ४० वटा कानून तत्काल निर्माण गर्नुपर्ने अहिलेको आवश्यकता रहेको बताउनुभएको छ ।


बिहीवारको राष्ट्रिय सभाको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले विगतका सकारात्मक अनुभवहरुबाट अघिल्ला पाइलाहरुलाई देश र जनताको पक्षमा परिणामदायी बनाउन संकल्प गर्नु अहिलेको आवश्यकता भएको बताउनु भयो । उहाँले समुन्नत नेपाल निर्माणको आधार खडा गर्न युद्धस्तरमा काम गर्नुपर्ने भएकाले विश्राम गर्ने छुट नरहेको जिकिर गर्नुभयो । 
उहाँले भन्नुभयो, ‘हाम्रा आफ्ना विगतका सकारात्मक अनुभवहरुबाट हामीले हाम्रा अघिल्ला पाइलाहरुलाई देश र जनताको पक्षमा परिणामदायी बनाउन संकल्प गर्नु अहिलेको आवश्यकता हो । हाम्रा सामुन्ने थुप्रै जिम्मेवारीहरु छन् । संविधान सभाबाट जारी भएको वर्तमान संविधानको पूर्ण कार्यान्वयनको सन्दर्भमा कानून निर्माण बाँकी छ । कानून पूर्ण भइसकेका छैनन् । संविधान निर्माण भइसकेपछि कानून कति निर्माण गर्न बाँकी छ, भन्नेकुरा पनि विधायन समितिले अध्ययन गरिसकेको छ । ४० वटा कानून तत्काल निर्माण गर्नुपर्ने अहिलेको आवश्यकता छ । शान्ति प्रक्रियाको लजिकल इन तथा समुन्नत नेपाल निर्माणको आधार खडा गर्न युद्धस्तरमा काम गर्नुपर्नेछ । हामीलाई विश्राम गर्ने छुट छैन ।’
उहाँले शक्ति निक्षेपणको सिद्धान्तका आधारमा स्थानीय तह र प्रदेश तहलाई थप शक्तिशाली साधन श्रोत सम्पन्न र दक्ष तुल्याइ संघीयताको अर्थपूर्ण अभ्यासलाई बिस्तार गर्न ढिला गर्नु नहुने बताउनु भयो ।

—न्युज एजेन्सी नेपाल


काठमाडौं

बुधबार, मंसिर २६, २०८१

५.१५°

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

रविलाई पोखरा लैजाँदा दुर्व्यवहार नभएको प्रहरीको दाबी

चीन भ्रमणले नेपालमा लगानीका सम्भावनालाई थप बलियो बनायो: अध्यक्ष...

बाबुराम भट्टराई र रवि लामिछानेबीच भेट, राजनीतिक प्रतिशोधको आरोप

१८ महिना सरकार चलाएर देउवालाई सत्ता हस्तान्तरण गर्ने ओलीको...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

‘फेस अफ क्लासिक डाइमन्ड २०२४’ का विजेता घोषणा

फिल्म ‘अग्निदहन’ ले समाजमा व्याप्त भयाबह कुरुतीलाई भयानक प्रहार...

चलचित्र ‘अग्निदहन’ मा महिलामाथिका हिंसाको कथावस्तु

चलचित्र ‘पूर्णबहादुरको सारंगी’को ट्रेलर सार्वजनिक