‘वडा नै नभएको ठाउँमा बजेट गयो’:- राष्ट्रिय सभा सदस्य रावल

author

समाचारपाटी

२ years अगाडि

राष्ट्रिय सभा सदस्य दिलकुमार थापा रावल पार्वतीले सरकारले नयाँ वडा सिर्जना गरेर बजेट विनियोजन गरेको भन्दै आपत्ति जनाउनुभएको छ । 

मंगलवार राष्ट्रिय सभाको बैठकमा विनियोजित बजेटबारे बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले चितवनको माडीमा ९ वटा वडा रहेको तर केन्द्र सरकारबाटै १० औं वडामा बजेट विनियोजित गरेको भन्दै आपत्ति जनाउनु भयो । उहाँले देश संघीयतामा गइसकेपछि पनि केन्द्रबाट नै लाखको योजनाहरु गइरहेकोप्रति उहाँको असन्तुष्टि थियो । उहाँले बिरामीहरुको उपचारलाई सहज बनाउनेतर्फ सरकार लाग्नुपर्ने बताउनु भयो । उहाँले निरोगी नागरिक उत्पादन गर्नेतर्फ सरकारले ध्यान दिनुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘एकातिर बिरामीहरुको उपचारलाई सहज बनाउनेतर्फ सरकारको दायित्व हो भने अर्को रोगै लाग्न नदिन निरोगी नागरिक उत्पादन गर्नेतर्फ सरकारले ध्यान दिनुपर्छ । औषधि उत्पादनतर्फ हेर्दा औषधिको उत्पादन, भण्डारण र गुणस्तरीयतामा सरकारले ध्यान दिनुपर्छ । अर्थ मन्त्रालय बजेट बाँडफाँट गर्ने मन्त्रालय हो, तर आज अर्थ मन्त्रालय अर्थ मन्त्रालयमा सबैभन्दा धेरै ५७ प्रतिशत बेरुजु भइरहेको छ । यो के भइरहेको छ ? योजना आयोग र वित्त आयोगहरुले सिफारिस गरेको कुरा किन कार्यान्वयन हुन सक्दैनन् । प्रधानमन्त्रीकै अध्यक्षतामा रहेको राष्ट्रिय योजना आयोग, संवैधानिक आयोग, प्राकृतिक तथा श्रोत वित्त आयोगको कार्यान्वयन भएको छैन । चितवनको माडीमा ९ वटा वडा छ तर १० औं वडामा संघ सरकारबाट बजेट विनियोजन भएको छ । १० लाख सिंचाई मन्त्रालय अन्तर्गत भएको छ । ९ किलो सडकका लागि भौतिक मन्त्रालयबाट ५ लाख विनियोजित भएको छ ।’

राष्ट्रिय सभा सदस्य रावलले औषधिको उत्पादन, भण्डारण र गुणस्तरीयतामा सरकारले ध्यान दिनुपर्ने बताउनु भयो । 


काठमाडौं

बुधबार, असार ११, २०८२

२०.९°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

सुनचाँदी, रत्न आभूषण व्यवसायीहरुको मर्काबारे अध्ययन गर्न उपसमिति बनाऔँः...

सरसफाइलाई राष्ट्रिय प्राथमिकतामा राख्न सबै राजनीतिक दलहरूले प्रतिवद्धता जाहेर...

ऊर्जा मानव जीवनको लागि अक्सिजन सरहः ऊर्जामन्त्री खड्का

अपराधी गिरोहसँग सरकारको साँठगाँठ रहेको रास्वपा सांसद नेपालीको आरोप

विचार/विविधा

थप देखाउनुहोस्
विचार

जन्मैदेखि विभेदमा महिला 

नेपालमा मात्रै नभएर विश्वभरी नै हेर्ने हो भने महिलाहरू पुरुषको तुलनामा पिछडिएको नै देखिन्छ। महिलालाई विभेद भ्रुण अवस्थादेखि नै भएको...

विचार

कविता :सब ठीक छ

सब ठीक छ, अझै पनि घाम पूर्वैबाट उदाउँछ, अझै पनि चन्द्रमा रातभरि मुस्काइरहन्छ, अझै पनि बाटो उस्तै उकालो छ, र...

विचार

कविता : एक भारी गर्हुङ्गो जिन्दगी

पोहोर पनि यसै भनेको थिएजब पुरानो सालसँग युद्द गरेर फर्कदै थियो नयाँ वर्षभनेको थिए वर्षौदेखी मेरा प्रगति पर्खिरहेका आखाँमाएक चिम्टी...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

फिल्म ‘रङ डेस्टिनेशन २’को गीत ‘ब्रेक डान्स’ सार्वजनिक

हिन्दी गीतको भिडियोमा टिकटक स्टार एआरके र सदीक्षा थापा...

पोखरामा देवेन्द्र केसी ‘देवु’ गजल साँझ

आश्रम गुरुङ र रुपी सिङ्जाली मगरको स्वरमा “खाडी छिर्ने...

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन